राजनीति

बुद्धशान्ति अध्यक्षमा कांग्रेसका प्रसाई र उपाध्यक्षमा एमालेका खतिवडा बिजयी

बुद्धशान्ति, ६ जेठ । बुद्धशान्ति गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मनोज प्रसाई अध्यक्षमा बिजयी भएका छन् । उनले ११,४०३ मत प्राप्त गरेका छन् । अध्यक्षमा नेकपा एमालेकी मीरा भूर्तेल पराजित भएकी छन् । भूर्तेलले ८,३०२ मत ल्याएकी छन् । उपाध्यक्ष पदमा भने नेकपा एमालेले जितेको छ । एमालेका भवानी खतिवडा ८,०७४ मत ल्याएर बिजयी भएका […]

पूरा पढ्नुहोस्

मेचीनगर १५ मा गठबन्धनका राजन भट्टराई विजयी

मेचीनगर । मेचीनगर १५ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका गुणराज भट्टराई राजन) अध्यक्षमा विजयी भएका छन् । यस अघि पनि वडाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका भट्टराईले एमालेका उम्मेद्वार मुरलीधर कोइरालालाई ३५१ मतको फराकिलो अन्तरले पछि पारेका हुन् । भट्टराईले १५३५ मत ल्याएका छन् भने एमालेले ११८४ मत प्राप्त गरेको छ ।

पूरा पढ्नुहोस्

मेचीनगर ३ मा एमालेको प्यानलै विजयी

मेचीनगर, ४ जेठ । मेचीनगरको वडा नम्बर ३ मा पाँच दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । मेचीनगर ३ को वडाध्यक्षमा हकृबहादुर वस्नेत, खुला महिला सदस्यमा गीता पोखरेल, दलित महिला सदस्यमा फुलमाया रोक्का, खुला सदस्यतर्फ किशोर भट्टराई र ख्याम सावाँ निर्वाचित भएका हुन् । यसअघि एमालेले मेचीनगर–१ […]

पूरा पढ्नुहोस्

मेचीनगर–२ मा एमाले बिजयी

मेचीनगर, ५ जेठ । मेचीनगरको वडा नं २ को वडा अध्यक्षमा नेकपा एमालेका दिपक बराल बिजयी बनेका छन् । सो वडामा गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका गोपीकृष्ण रिजाल निकटतम् प्रतिष्पर्धी भएका छन् । नेकपा एमालेबाट बागी बनेका उम्मेद्वार तिलक न्यौपाने र मंगोल नेसनल अर्गनाइजेसनले समेत यस वडामा उल्लेख्य मत प्राप्त गरेका छन् ।  

पूरा पढ्नुहोस्

मेचीनगर–१४ मा माओबादीले जित्यो वडा अध्यक्ष

मेचीनगर । मेचीनगरमा नेकपा माओबादी केन्द्रले बिजयको खाता वडा नं १४ बाट खोलेको छ । सो वडाको अध्यक्ष पदमा गठबन्धनका उम्मेद्वार बाबुलाल सुब्बा बिजयी भएका छन् । उनको निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका शंकर पोखरेल रहेका छन् । पोखरेल निवत्र्तमान वडा अध्यक्ष हुन् । २०७४ को चुनावमा सुब्बा पोखरेलसँग पराजित भएका थिए । एमालेको किल्लाको रुपमा […]

पूरा पढ्नुहोस्

भद्रपुरमा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा राप्रपा बिजयी

झापा, ४ जेठ । भद्रपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका गणेश पोखरेल र उपमेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की बिजयी भएकी छन् । मेयर पदमा निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका असारु राजबंशी र उपमेयरको निकटतम् प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका शिवराज राजभण्डारी भएका छन् । यस अघि दुबै पदमा नेकपा एमालेले जितेको थियो । एमालेको किल्ला […]

पूरा पढ्नुहोस्

कनकाईमा मेयर पदमा एमालेका राजेन्द्र, उपमेयरमा कांग्रेसकी आशा निर्वाचित

सुरुंगा, ४ जेठ । कनकाई नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल पुनःनिर्वाचित भएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् । कनकाईको ९ वटा वडामध्ये वडा नं।७ र ८ मा कांग्रेसले र बाँकी ७ वटा वडमा नेकपा एमालेले जितेको छ । पोखरेलले ८ हजार ६ सय ७३ मत ल्याएका […]

पूरा पढ्नुहोस्

हल्दिबारीमा अध्यक्ष र उपाध्यक्ष दुबै राप्रपाले जित्यो

हल्दिवारी, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको छ । राप्रपाले दुई वडा अध्यक्ष र ११ सदस्य समेत जितेको छ । गाउँपालिकाको अध्यक्ष रवीन्द्र लिङदेन पुनः निर्वाचित भएका छन् । उनी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनका भाइ हुन् । उनले ६८५६ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका […]

पूरा पढ्नुहोस्

मेचीनगरमा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

मेचीनगर, ३ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर २, १४ र १५ मा एमालेको मेयरमा १२६ र उपमेयरमा ९८८ मतको अन्तरले अग्रता बढ्दै गएको छ । मंगलबार दिउसो ४ः३० वजे सम्मको नतिजा अनुसार ६४५१ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले २५७१ मत ल्याएका छन् । मेयरमा एमालेको १२६ मतको फरक रहेको छ […]

पूरा पढ्नुहोस्

मेचीनगर–१ मा एमालेको प्यानलै विजयी

मेचीनगर । मेचीनगरको वडानम्बर १ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । मेचीनगर १ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा खुला सदस्यतर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी भएका हुन्। यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीकरुपमा घोषणा गर्न […]

पूरा पढ्नुहोस्