स्थानीय खबर

कनकाई खेलकुद प्रतिष्ठानले गर्याे, सन्थाल मेलाको आयव्यय सार्वजनिक

कनकाई, २१ माघ ÷ कनकाई खेलकुद प्रतिष्ठानले यस अघि बडादशैंको अवसरमा फुलपातीका दिन सञ्चालन गरेको जिल्लास्तरीय सन्थाल मेला२०७९ को आयव्यय विवरण सार्वजनिक गरेको छ । खेलकुदसँगै सामाजिक क्षेत्रमा अतिरिक्त क्रियाकलापका गतिविधिहरु संचाालन गर्दै आएको प्रतिष्ठानले यस अघि बडादशैंको अवसरमा फूलपातीका दिन(असोज१६गते) कनकाई मावि सुरुङ्गाको खेल मैदानमा जिल्लास्तरीय प्रतियोगितात्मक सन्थाल नृत्यको आयोजना गरेको थियो । प्रतिष्ठानले […]

पूरा पढ्नुहोस्

मेची उद्योग बाणिज्य संघको मतदान सम्पन्न, मतगणना भोलि

मेचीनगर, २१ माघ । मेची उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । शनिबार राधास्वामीको भवनमा विहान ८ वजेदेखि सुरु निर्वाचन दिउँसो ४ वजे सम्पन्न भएको हो । निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलले मतदान सम्पन्न भएको बताए । उनले कुल १ हजार ७६८ मतदाता मध्ये १ हजार ३८९ जना मतदाताले मतदान गरेको बताए । आइतबार […]

पूरा पढ्नुहोस्

व्यवसायमा निरन्तर कञ्चन

मेचीनगर । व्यावसायिक क्षेत्रमा परिचित नाम हो, मेचीनगर–७ इटाभट्टाका कञ्चन बराल । सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय बराल १९ वर्ष अघि २२ वर्षको उमेरदेखि व्यवसायमा होमिएका हुन् । बरालले हाल मेची उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । १० वर्ष अघि उद्योग वाणिज्य संघको सदस्य पदमा तथा त्यसपछि सचिव पदमा सफलतापूर्वक […]

पूरा पढ्नुहोस्

व्यवसायसँगै सामाजिक अनुभव बटुलेका दिनेश शाक्य

व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय दिनेश शाक्य मेची उद्योग वाणिज्य संघको महासचिव बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी शाक्य लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन् । २०४० सालदेखि व्यवसाय सुरु गरेका शाक्यसँग व्यापार गर्दाका तिता र मिठा दुवै अनुभव छ । सुरुवाती रेडियो र घडीको व्यापार गरेका शाक्यले ती व्यवसायबाट हात धुए । किनकी प्रविधिको […]

पूरा पढ्नुहोस्

महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याणकारी कोषको पदहस्तान्तरण तथा सफथग्रहण

काँकरभिट्टा । महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको पदहस्तान्तरण तथा सफथग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कोषको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन संयोजक डिल्लीराम घिमिरेले नव निर्वाचित अध्यक्ष मोहन रिजाल लगायत पदाधिकारी तथा सदस्यहरुलाई सफद ग्रहण गराएका थिए । निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेको सभापतित्व तथा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा […]

पूरा पढ्नुहोस्

मेचीनगर –९ मा माघ २७ बाट प्रथम वडा अध्यक्ष कप हुने

मेचीनगर, २० माघ ।  मेचीनगर वडा नं ९ मा प्रथम वडा अध्यक्ष कप अन्तर टोल फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । मेचीनगर वडा नं ९ खेलकुद विकास समितिको आयोजनामा माघ २७ गतेदेखि कविशिरोमणि माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने भएको हो । समितिले शुक्रवार प्रतियोगिता तयारी बारे छलफल गरेको छ । मेचीनगर वडा नं […]

पूरा पढ्नुहोस्

साना मझौला व्यवसायी साकोसको निशुल्क आँखा शिविर

कनकाई । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि.ले एकदिवसीय निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । संस्थाको सुरूङ्गा स्थित सेवा केन्द्रको आयोजनामा कनकाई –३ को जनचेतना आधारभुत विद्यालय परिसरमा भएको आँखा शिविरबाट ५ सय बढी स्थानीयबासी लाभान्वीत भएको सेवा केन्द्रका संयोजक राजेन्द्र उप्रेतीले जानकारी दिए । बचत […]

पूरा पढ्नुहोस्

नागरिक उन्मुक्ति पार्टीको २४ घन्टे अल्टिमेटम

काठमाडौं,१९ माघ । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । जिल्ला अदालत कैलालीबाट कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बाँकेमा पक्राउ गरेको थियो ।

पूरा पढ्नुहोस्

प्रेस चौतारी झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र अग्रज पत्रकारलाई सम्मान गर्ने

झापा । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने भएको हो । त्यस्तै जिल्लाका अग्रज पत्रकार नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान गर्ने […]

पूरा पढ्नुहोस्

धुलाबारीसँग मिसियो मागुरमाडी खानेपानी समिति

मेचीनगर, १८ माघ । मेचीनगर–९ मा सञ्चालित माथिल्लो मागुरमाडी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र धुलाबारी खानेपानी उपभोक्ता समितिबीच एकीकरण भएको छ । २०७२ सालमा स्थापना भई २७६ जना उपभोक्तालाई खानेपानीको सेवा दिँदै आएको माथिल्लो मागुरमाडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आफ्नो सम्पूर्ण स्वामित्व धुलाबारी खानेपानी समितिलाई हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच माथिल्लो […]

पूरा पढ्नुहोस्