स्थानीय खबर

तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता आजदेखि

मेचीनगर । धुलाबारीमा आजदेखि तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मेलित प्रतियोगिताको आज हुने उद्घाटन खेलमा आयोजक धुलाबारी भेट्रान फुटबल र डि भि एफसी सुनसरी प्रतिष्पर्धा गर्दैछन् । धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता दिउँसो २ः३० बजेदेखि सञ्चालन हुने आयोजकका सचिन्द्र धिमालले जानकार दिए […]

पूरा पढ्नुहोस्

लाल–भागिरथा बानियाँ प्रतिष्ठानद्वारा‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत

मेचीनगर, १७ माघ । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मान गरिएको छ । आज मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले आयोजना गरेको चौथो बार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक […]

पूरा पढ्नुहोस्

कविता – एउटा श्रद्धाञ्जली

स्पन्दन विनोद कल्ले देख्ला शव सडकमा ढल्छ आँखै अगाडि एउटा यस्तो मुलुक छ यहाँ ज्योति जोत्स्ना पछाडि गंगामाया नियमित मरिन् खै त नन्दप्रसाद एउटा श्रद्धाञ्जली म सुरुमै लेख्छु आफ्नै प्रसङ्ग॥१ के के गर्छन् शिर कवचले आत्म नै दाह गर्दा हेर्छन् सारा सुजन रमिता विश्व ब्रह्माण्ड जल्दा सोचे जस्तै सुखद कनुका धैर्य गर्छिन् र कल्प एउटा श्रद्धाञ्जली म […]

पूरा पढ्नुहोस्

धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण कार्यक्रम

धुलाबारी ।  धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी टाउनहलमा आइतबार धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण र जुनियर जेसीजको ५औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । वर्ष २०२० का अध्यक्ष सागर खनाल निर्वाचन आयुक्त रहेको निर्वाचन समितिबाट संचालित निर्वाचन प्रक्रियाबाट सन् २०२३ का लागि अध्यक्षमा योगेश राजवंशी त्यस्तै कार्यकारिणी उपाध्यक्ष भुमि […]

पूरा पढ्नुहोस्

मेची उद्योग बाणिज्य संघको निर्वाचन: १६ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता

मेचीनगर, १६ माघ । मेची उद्योग बाणिज्य संघको यहि माघ २१ गते हुने निर्वाचनमा १६ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता भएको छ । आज मनोनयन दर्ताको अन्तिम दिन कार्यसमितिको २१ पदमध्ये १६ जनाको प्रत्यक्ष निर्वाचन हुनेछ । १ जना सचिव र ४ जना सदस्यपछि मनोनित हुनेछन् । त्यसका लागि ३४ जनाको उम्मेद्वारी परेको हो […]

पूरा पढ्नुहोस्

युनियनको प्रदेश अध्यक्षमा नवोदित, उपाध्यक्षमा निरौला

झापा, १६ माघ । नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा मीनकुमार नवोदित निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले पत्रकार नवोदितलाई प्रदेशको अध्यक्षका रूपमा सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् । कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्षतर्फ जयन्तीकला […]

पूरा पढ्नुहोस्

मेची उद्योग वाणिज्य संघको निर्वाचन : साझा गठबन्धनका उम्मेदवारले गरे १६ बुँदे संकल्प

धुलाबारी, १६ माघ । माघ २१ गते हुने मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीका दुईवटा प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस निकट व्यवसायी र सत्ता गठबन्धन दलहरुका व्यवसायीले अलग–अलग उम्मेद्वारी दर्ता गराएका छन् । १६ पदका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका खेम प्रसाईंले अध्यक्ष पदमा […]

पूरा पढ्नुहोस्

प्याब्सन अन्तरगत सञ्चालित विद्यालयमा आजबाट एसईई प्रीबोर्ड परीक्षा सुरु

मेचीनगर । प्याब्सन केन्द्रले सञ्चालन गरेको एसईई प्रीबोर्ड परीक्षा आज वाट सुरु भएको छ । प्याब्सन प्रदेश तथा जिल्लाको प्राविधिक सहयोगमा सञ्चालन भएको परीक्षा देशभरमा स्थानीय तहमा सुरु भएको हो । परीक्षा माघ २३ गते समापन हुनेछ । मेचीनगर प्याब्सन अन्तरगत नगरका ६ वटा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । मेचीनगरमा रहेका परीक्षा केन्द्र अन्तरगत […]

पूरा पढ्नुहोस्

आरध्य सहकारीको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

मेचीनगर । आरध्य बचत तथा ऋण सहकारी संस्था लि मेचीनगरको सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर ७ मदनबस्तीमा प्रधान कार्यालय रहेको संस्थाले  मेचीनगर ६ स्थित गंगा मेमोरियल स्कुल नकलबन्दामा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गरेको हो । संस्थाले प्रधान कार्यालयसंगै मेचीनगर ६ स्थित नकलबन्दा र मेचीनगर १५ स्थित वंशलबाट शाखा कार्यालय मार्फत पनि […]

पूरा पढ्नुहोस्

मेचीनगरले गर्याे खोरमा थुनेर राखेका युवाको उद्धार, उपचारको लागि चितवन पठाइयो

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । नगरपालिकाले मेचीनगर १२ स्थित खोरमा थुनिएर बस्न बााध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर महिला शाखा प्रमुख जयन्ती खरेललगायतको टोलिले उपचारका लागि चितवन पठाएको छ । मानसिक रोगी हिडडुल समेत […]

पूरा पढ्नुहोस्