स्थानीय खबर
काँकरभिट्टा खानेपानीको २९ औं वार्षिक साधारण सभामा सम्मान
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दुई जना बयोवृद्धासहित उत्कृष्ट सेवाग्राही तथा कर्मचारीलाई सम्मान गर्दै २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले बिगतमा खानेपानीको अभाव हुँदा टिनको भारमा पानी बोकेर बितरण गर्ने स्थानीय दुई जना बयोवृद्धाहरु मेचीनगर(६ का धुम्मलाल राजबंशी र कप्तान राजबंशीलाई नगदसहित सम्मान गरेको हो । २०३५ सालपछि काँकरभिट्टामा पानीको […]
पूरा पढ्नुहोस्
मेची मासु उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभामा सम्मान
मेचीनगर, । काँकरभिट्टा स्थित मेची मासु उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानीको सभा हलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले सहकारी भुईमान्छे र गरिवहरुको जिवीकोपार्जनको ‘सञ्जिवनी’ सावित भएको बताए । ‘सहकारीलाई कालो धन लुकाउने ठाउँ बनाउनु […]
पूरा पढ्नुहोस्
मेची चेम्बर अफ कमर्सको आयोजनामा धुलाबारीमा माघ ४ गतेदेखि ‘दोस्रो मेची महोत्सव’ आयोजना हुने
मेचीनगर । मेची चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ ४ गतेदेखि नौ दिनसम्म धुलाबारीको कोलेनीमा ‘दोस्रो मेची महोत्सव’ लाग्ने भएको छ । आयोजकले धुलाबारी स्थित छहारी होटलमा पत्रकार सम्मेलन गरेर आगामी माघ ४ गतेदेखि १२ गतेसम्म ‘दोस्रो मेची महोत्सव’ आयोजना गर्न लागेको जानकारी दिएको हो । मेची चेम्बर अफ कमर्शका अध्यक्ष रविनकुमार वस्नेतले कृषि, व्यापार, […]
पूरा पढ्नुहोस्
महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको ३० औं वार्षिक साधारण सभा सम्पन्न
काँकरभिट्टा । मेचीनगर –६ स्थित महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको ३० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाथोकीले यातायात देखिएका विकृतिलाई अन्त्य गर्दै मर्यादित बनाउ आवश्यक रहेको बताए “यो सेवाको क्षेत्र हो यात्रुहरुलाई सेवा […]
पूरा पढ्नुहोस्
नेपाल मानव धर्म सेवा समितिद्वारा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर २ स्थित बौद्धमोडमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। आराध्या माताजीको जन्मोत्सवको पावन अवसर पारेर नेपाल मानव धर्म सेवा समितिसामाजिक उत्तरदायित्व अन्तरगत एकदिने निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । नेपाल मानव धर्म सेवा समितिका सुवर्ण बाइजी सन्त महात्माको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर २ का […]
पूरा पढ्नुहोस्
मेचीनगर –८ मा बुबाको दशगात्र किरिया सके छोरीले
डम्बर बराल मेचीनगर । छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई यहाँका आठ दिदी–बहिनीले तोडेका छन् । दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् । विगत आठ महिना अघि मृगौलामा समस्या देखिएपछि डाइलोसिस गराइरहेका मेचीनगर – ८ निवासी ५८ वर्षीय लोकबहादुर खड्काको मिति २०८१ पुस ९ गते मंगलबार निधन भएपछि उनका आठ छोरीहरु काजकिरियामा बसे । […]
पूरा पढ्नुहोस्
दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा सन्तोष मेचे
मेचीनगर । दुर्गेश्वरी कृषि सहकारी संस्थाको अध्यक्षमा सन्तोष मेचे निर्वाचित भएका छन् । संस्थाको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट ४ वर्षका लागि अध्यक्षमा मेचे सर्वसम्मत चयन भएका हुन् । मेचीनगर–८ का निवर्तमान वडा सदस्य समेत रहेका नवनिर्वाचित अध्यक्ष मेचे सफल युवा व्यवसायी पनि हुन् । संस्थाको सभाहलमा सम्पन्न अधिवेशनबाट १३ सदस्यीय समिति चयन भएको […]
पूरा पढ्नुहोस्
साहारा नेपाल साकोस इटाभट्टाको एकाईगत साधारणसभा सम्पन्न
मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा अन्तर्गत बिभिन्न क्षेत्रमा एकाईगत साधारणसभा सञ्चालन भइरहेको छ । पौष १५ गते सोमबारबाट सुरु भएको एकाईगत साधारणसभा २१ गते आइतबार सम्पन्न हुने छ । यसै क्रममा संस्थाले आज बिहीबार मेचीनगरको इटाभट्टा, काँकरभिट्टा, धुलाबारी बौद्धमोड तथा बिर्तामोड, गौरीगञ्ज […]
पूरा पढ्नुहोस्
हाम्रो नेपाल साकोसको क्षेत्रगत साधारणसभा सुरु
मेचीनगर । हाम्रो नेपाल साकोसको इकाइगत साधारणसभा मंगलबारबाट सुरु भएको छ । मेचीनगर स्थित चारआलीमा आयोजित पहिलो इकाइगत साधारण सभामा मेचीनगरका चारवटा शाखा, चारआली, धुलाबारी, इटाभट्टा, काँकरभिट्टा तथा बुधबार र हर्कटे क्षेत्रका साखाका सदस्यहरुको सहभागिता रहेको थियो । साधारण सभाको उद्घाटन गर्दै सहकारी संस्थाका अध्यक्ष भवानी दंगालले सदस्यहरुलाई बढी भन्दा बढी रकम लगानी गरेको सहकारीले […]
पूरा पढ्नुहोस्
मेचीनगरमा अपाङ्गता लक्षित स्वास्थ्य परीक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रम सम्पन्न
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शारीरिक अशक्त एवम् अपांगता भएको मानिसहरुका लागि नगरपालिकाले विशेष कार्यक्रम मार्फत सेवा प्रदान गर्ने बताएका छन् । मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले अपाङ्गताको क्षेत्रमा पहिलो चरणको कार्यक्रम अन्तर्गत मेचीनगरले सञ्चालन गरेको अपाङ्गता लक्षित स्वास्थ्य […]
पूरा पढ्नुहोस्