खेलकुद
प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
भद्रपुर १६ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४– ३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ । टाइब्रेकरमा […]
पूरा पढ्नुहोस्
त्रिभुवन आर्मी फाइनलमा प्रवेश
झापा । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । निर्धारित ९० मिनेटको समय गोल रहित बराबरीमा टुंगिएपछि […]
पूरा पढ्नुहोस्
घरेलु टोलीलाई हराउँदै संकटा सेमीफाइनलमा
भद्रपुर, ९ फागुन । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा […]
पूरा पढ्नुहोस्
उपाधि न्यू स्टार क्लबलाई
मेचीनगर, ९ फागुन । नवज्योति फुटबल कपको उपाधि न्यू स्टार क्लब बुद्धशान्तिले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक नवज्योति युवा क्लबलाई ३–० को गोल अन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि उचालेको हो । बुद्धशान्तिका जर्सी नं १७ का अनुज भट्टराई, जर्सी नं ५ का प्रशान्त लिम्बु र जर्सी नं १० आयुश राईले एक÷एक […]
पूरा पढ्नुहोस्
नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज क्वाटरफाइनलमा
भद्रपुर, फागुन ८ । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३ – ० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे […]
पूरा पढ्नुहोस्
उपप्रधानमन्त्री लिङदेनले गरे मुस्ताङ भद्रपुर–झापा गोल्डकपको उद्घाटन, आयोजक भद्रपुर ब्लेजर्स विजयी
भद्रपुर, ७ फागुन । मुस्ताङ भद्रपुर–झापा गोल्डकप आइतबारबाट सुरु भएको छ । भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गरे । उद्घाटन गर्दै लिङ्देनले मेची रंगशालाको अवस्था सुधारका लागि गोल्डकपको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले मेची रंगशालाको विकासमा आफू सधैँ लाग्ने बताए । उद्घाटन समारोहमा […]
पूरा पढ्नुहोस्
प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले उचाल्यो
मेचीनगर, फागुन ६ । मेचीनगर –९ मा आयोजित प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले हात पारेको छ । आज भएको फाइनल खेलमा माथिल्लो मागुरमाडीलाई ३– २ को गोलअन्तरले हराउँदै धुलाबारीले उपाधि उचालेको हो । स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा पहिलो हाफको ८ मिनेटमै १ गोलको अग्रता लिएको माथिल्लो मागुरमाडीले अग्रतालाई कायम राख्न […]
पूरा पढ्नुहोस्
प्रथम भद्रपुर गोल्डकप – २०७९ को तयारी पूरा
मेचीनगर, ६ फागुन । मेचीनगरस् प्रथम भद्रपुर झापा गोल्ड कप – २०७९ को तयारी पूरा भएको छ। बिगत १८ बर्ष यता राष्ट्रिय स्तरको कुनैपनि फुटबल प्रतियोगिता हुन नसकेको यस मेची रंगशाला भद्रपुरमा फागुन ७ गतेदेखि १६ गतेसम्म अन्तराष्ट्रिय स्तरको “मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९” सञ्चालन गर्ने तयारी पूरा भएको छ। अहिले प्रतियोगिताका लागि खेल […]
पूरा पढ्नुहोस्
न्यू स्टार सेमी फाइनलमा प्रवेश
मेचीनगर । पेनाल्टी सुट आउट मार्फत रोमाञ्चक जित निकाल्दै न्यू स्टार बुद्धशान्ति मेचीनगरमा जारी नवज्योति फुटबल कपको सेमी फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा जिर्मले फुटबल क्लब इलाम विरुद्ध पेनाल्टी मार्फत ५-४ गोलअन्तरको जित निकाल्दै बुद्धशान्ति सेमी फाइनल समिकरणमा स्थान बनाउन सफल बनेको हो । निर्धारित समयमा दुवै तर्फबाट १-१ गोल भएपछि खेल […]
पूरा पढ्नुहोस्
मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधि, धुलाबारी माविको पोल्टामा , आदर्श बन्यो दोस्रो
मेचीनगर । मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधी धुलाबारी माविले हात पारेको छ । फागुन १ देखि सुरु भएको प्रतियोगितामा मेचीनगरका ४२ वटा सामुदायिक विद्यालयहरुले सहभागिता जानाएका थिए । प्रतियोगितामा सहभागी विद्यालयहरुलाई पछि पार्दै बिभिन्न विद्यामा ३२ स्वर्ण र ६ कास्य गरी ३८ पदक सहित धुलाबारी मावि प्रथम भएको हो । प्रतियोगितामा आदर्श विद्यामन्दिरले दोस्रो […]
पूरा पढ्नुहोस्