स्व।अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न  खेलमा, शिवसताक्षी धाम फुटबल क्लब फाईनलमा प्रवेश

2021-01-19 मा प्रकाशित

मेचीनगर, ६ माघ  । मेचीनगरको काँकरभिट्टामा जारी स्व।अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न पहिलो सेमीफाईनल खेलमा शिवसताक्षी धाम फुटबल क्लब विजयी भएको छ । शिवसताक्षीले काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको छ ।  खेलमा शिवसताक्षी धाम फुटबल क्लबका रेजिन माझीले खेलको पहिलो हापको १९औं मिनेटमा गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । शिवसताक्षीका प्रविन राइृले २१औं मिनेटमा गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए ।पहिलो हापको २२औ मिनेटमा काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका विशाल दर्जीले गोल गर्दै टिमलाई लयमा फर्काए । विशाद दर्जीले पहिलो हापको ३६औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।प्रतियोगिताको दोस्रो हापमा दुवै टिमले आक्रमक खेल खेलेका थिए । तर १२औ मिनेटमा शिवसताक्षी क्लबका रोहन कार्कीले एक गोल गर्दै टिमलाई फेरी अग्रता दिलाए । ३९औ मिनेटमा विजेता टिमको तर्फबाट प्रविन राईले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित पक्का गरे ।

मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा आज भएको प्रतियोगितामा उत्कृष्ट खेल्दै एक गोल गर्न सफल विजयी टिम शिवसताक्षी धाम फुटबल क्लबका रोहन कार्की म्यान अफ दि म्याच घोषित भए । उनलाई नेपाल धुवानी सेवा समितिका केन्द्रिय सदस्य श्याम प्रसाईले एक हजार पाँच सय नगद सहित ट्रफि प्रदान गरे ।भोलिको अन्तिम सेमीफाईनल खेल गार्डेन फुटबल क्लब धरान र डुडाबारी फुटबल क्लब बीच दिनको २ः३० बजे हुने आयोजकका सल्लाहकार डिल्लिराम अधिकारीले जानकारी दिए ।तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका छन् ।प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि पाउने छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु