कारोना कोष स्थापना गर्न राजनितिक दलहरुको दबाब ।

2020-04-18 मा प्रकाशित

राजनितिक दलका मेचीनगरका अध्यक्षहरुले संयुक्त रुपमा नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीलाई भेट गरी कोरोना भाइरसको विपदसंग लड्नका लागि एउटा अलग्गै कोष निर्माण गरी पूर्व तयारीमा लाग्न दबाब दिएका थिए ।

नेकपा मेचीनगरका अध्यक्ष माधब आर्यालले बिश्वब्यापी महामारीका रुपमा रहेको भाइरसको रोकथामका लागि नगरले अलग्गै कोष खडा गरेर मात्र काम गर्न सक्ने भन्दै नगरपालिकालाई कोष खडा गर्न दबाब दिएको बताए ।

देशकै पूर्वी नाका भएकाले पनि मेचीनगर बढी संवेदनशील क्षेत्र भएकाले पनि नगरसरकारले विपदको ब्यवस्थापनका लागि आर्थिक रुपमा बलियो बन्न पनि अलग्गै कोषको आवश्यकता देखिएकाले कोरोनाका लागि कोष खडा गर्न नगरप्रमुख र उपप्रमुखलाई भेटेरै भनेको नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले बताए ।

कोरोनासंग लड्न पहिलो आर्थिक ब्यवस्थापन नै भएकाले पनि नगरलाई कोष स्थापना गर्न माग गरेको राप्रपा मेचीनगरका अध्यक्ष शुशिल आचार्यले बताए । समाजबादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङले विपदको तयारीमा कमी कमजोरी हुन नदिन पनि आर्थिक रुपमा मेचीनगरले बलियो उपस्थिति देखाउन पनि नगरपालिकालाई सुझाव दिएको बताए ।

बिहीबारनै नेपाली काँग्रेस झापाको सूचना संचार तथा प्रचार विभागले पूर्वीनाकालाई सम्वेदनशिल अवस्थामा हेर्न र उच्च सतर्कता अपनाउदै सुझाव दिदै

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु