Author: मेची आवाज डेक्स

महेन्द्रद्वारले सुरु गर्यो दशगजामा जडिबुटी खेती

मेचीनगर । मेचीनगर–६ स्थित महेन्द्रद्वार सहकारी संस्थाले व्यावसायिक रुपमा जडिबुटी खेती सुरु गरेको छ । वन मन्त्रालय, डिभिजन वन कार्यालयर र सहकारीको साझेदारीमा किसानकै सहभागितामा खेती गरिएको हो । खेती गर्दा लाग्ने किसान लागत सहकारी संस्थाले नै बेहोर्ने र उत्पादित कच्चा पदार्थ (वनस्पति) सहकारीले नै खरिद गर्ने योजना रहेको सहकारीका अध्यक्ष राजु दाहालले बताए । […]

पूरा पढ्नुहोस्

गठबन्धनको कोणसभा– चुनावदेखि विरोधी शक्तिहरु डराए

मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलहरुले झापा क्षेत्र नंं. १ को चुनावी प्रचार शैलीलाई परिवर्तन गरेका छन् । यसअघि मतदाताको घरदैलोमा पुगेका उम्मेद्वारहरुले मंगलबारबाट कोणसभामार्फत प्रचार अभियान सुरु गरेका हुन् । गठबन्धन दलहरुले उम्मेदवार उपस्थित गराएर मंगलबार एकैदिन तीन ठाउँमा कोणसभा गरेका छन् । गठबन्धनमा यसकारण मत दिने कारणसहित कोणसभा आयोजना गरिएको हो । झापा […]

पूरा पढ्नुहोस्

सपना बाँड्ने होइन, काम गर्छाै– शर्मा

मेचीनगर, २८ कात्तिक । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले जनताको एकमत पनि खेर नजाने गरी काम गर्ने विश्वास दिलाएका छन् । चुनावी घरदैलो अभियानका क्रममा सोमबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै शर्माले जनताले ठूलोभन्दा पनि साना कुराको अपेक्षा गरेको बताए । ‘जनताले स–साना कुराहरु खोजिरहेका छन्,’ उनले भने, ‘त्यसैले […]

पूरा पढ्नुहोस्

म रुचाइएको उम्मेद्वार– खापुङ

काँकरभिट्टा । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट झापा क्षेत्र न. १ (ख) का उम्मेद्वार ओमप्रकाश खापुङले चुनाव जित्नेमा आफू आशावादी रहेको बताएका छन् । चुनावी प्रचारलाई तीब्र पारिरहेका उम्मेद्वार खापुङले शनिबार पत्रकारसँगको भेटघाटका क्रममा आफ्नो जित निश्चित भएको दाबी गरे । ‘म यतिखेर मतदाताको घरदैलोमा पुगिरहेको छु,’ खापुङले भने, ‘यसपाली मतदाताले समाजमा केही गर्न […]

पूरा पढ्नुहोस्

गठबन्धनलाई जिताउन सिंगो टोल काँग्रेसमा

मेचीनगर, २७ कात्तिक । झापा क्षेत्र नं. १ का उम्मेद्वार तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो क्षेत्रले समग्र देशको नेतृत्व गर्ने बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं. १ को आइतबार मेचीनगर–२ मा सम्पन्न टोल पैदल यात्राका क्रममा साझा उम्मेद्वार शर्माले राष्ट्रियव्यापी रुपमा गठबन्धनले जनताको जीवनयापन सहज बनाउन नेतृत्वदायी भूमिका खेल्ने बताए […]

पूरा पढ्नुहोस्

२०९ जनाले गराए निशुल्क आँखा परिक्षण

मेचीनगर । मेचीनगर–९ स्थित स्व.लिलाकुमार र कौशल्यादेवि श्रेष्ठ स्मृति प्रतिष्ठान तथा स्थित आदर्श विद्या मन्दिर अंग्रेजी मा.वि.को संयुक्त आयोजनामा दृष्टि जोगाओैं, अन्धोपन हटाओैं भन्ने मुल नाराको साथ शनिबार निशुल्क आँखा शिविरू सम्पन्न भएको छ । मेचीनगर–३, स्थित् बलभद्र आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा मेची नेत्रालय काकडभिट्टाको प्राविधिक सहयोग रहेको थियो । शिविरमा मेचीनगर–३ र बुद्धशान्ति–५ […]

पूरा पढ्नुहोस्

नयाँ र सबल नेतृत्व गोपाल तामाङ

मेचीनगर । सामाजिक अभियन्ताका रुपमा फराकिलो परिचय स्थापित गरेका युवा गोपाल तामाङ झापा क्षेत्र नं १ ‘क’ प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरेर यस भेगका नागरिकमाझ उँचो छवि बनाएका तामाङ आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनको आशा र भरोसा गरिएका युवा उम्मेद्वार हुन् । प्रतिनिधि तथा प्रदेश […]

पूरा पढ्नुहोस्

योग ध्यान साधना सप्ताहव्यापी शिविर सम्पन्न

मेचीनगर । आदर्श मावि २०४२ (एसएलसी) समूहको आयोजनामा योग–ध्यान साधना सप्ताहव्यापी शिविर कार्यक्रम शनिबार सम्पन्न भएको छ । मेचीनगर–८ स्थित किरात याक्थुम चुम्लुङ सामुदायिक भवनमा कात्तिक २० गतेदेखि शुरु भएको शिविरमा स्थानीय समुदायका लागि जीवन विज्ञान र आदर्श माविका कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि नव प्रतिभा विज्ञान योग ध्यान कार्यक्रम सम्पन्न भएको हो […]

पूरा पढ्नुहोस्

समय, राजनीति र सत्ता

खेमराज थाम्सुहाङ्ग समय एक अदृश्य वस्तु जुन अझै बगिरहने अतभूत जिनिस भनेर बुझ्नुपर्छ । यसरी समय परिवर्तन हुँदै जाँदा मानव जातीको जीवनस्तर र जिउनेशैलीमा पनि परिवर्तन आउनु पर्ने हुन्छ । मौसम, जलवायु फेरबदल हुने क्रममा प्रकृतिका उद्भव र प्राणी जगतमा समेत रंग–रुप बदलिने र स्थानतर प्रक्रिया वास्तविक नियम तथा अटुट भइरहने अनिवार्य प्रणाली बुझिन्छ । […]

पूरा पढ्नुहोस्

निर्वाचनलाई गठबन्धनले उत्सवको रुपमा लिएको छ–शर्मा

मेचीनगर । झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले गठबन्धनको पक्षमा देशभर जनलहर बढीरहेको बताएका छन् । शनिवार मेचीनगर तथा बुद्धशान्तिका बिभिन्न वडामा मतदाता भेटघाटमा शर्माले आफूहरु जितको नजिक पुगेको बताएका हुन् । मेचीनगर ८ स्थित पालिया गंगा टोलमा आयोजित घरदैलो कार्यक्रम पछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै शर्माले निर्वाचनमा प्रतिष्पर्धा हुनु स्वाभाविक […]

पूरा पढ्नुहोस्