Author: मेची आवाज डेक्स
महासंघ झापाको वार्षिक साधारण सभा: सञ्चारमाध्यममाथि अंकुश नलगाउन निर्वाचन आयोगलाई अध्यक्ष पोखरेलको आग्रह
बिर्तामोड । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गर्नु भएको हो । सञ्चार माध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदा हुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै अध्यक्ष पोखरेलले त्यसको विरोध गर्नु भएको हो । नेपाल पत्रकार महासंघ झापा शाखाको […]
पूरा पढ्नुहोस्
बौद्धमोड इङ्लिस स्कुलमा विज्ञसँग विद्यार्थी कार्यक्रम आजबाट सुरु
बौद्धमोड । बौद्धमोड इङ्लिस बोर्डिङ स्कुलले किरात धर्मका धर्मगुरु,समाज सुधारक तथा राष्ट्रिय विभूति माहागुरु फाल्गुन्नद को १३८ औं जन्मजयन्ति बिबिध कार्यक्रमका साथ मनाएको छ। विद्यार्थीहरुको सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयले विज्ञसँग विद्यार्थी कार्यक्रम आजबाट सुरु गरेको छ । मेचीनगर वडानम्बर –२ का वडाध्यक्ष दीपक बराल प्रमुख आतिथ्य रहेको कार्यक्रममा वडाध्यक्ष बराल सँग स्थानीय तहको बारेमा […]
पूरा पढ्नुहोस्
‘गठबन्धनको जित नै जनताको जित हो’
झापा, २५ कात्तिक । बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नं. १ र क्षेत्र नं. ३ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वारले मंसिर ४ गते जनताको जित हुने बताएका छन् । त्यसका लागि सम्पूर्ण जनताले गठबन्धनलाई विजयी गराउन आ–आफ्नो ठाउँबाट तलमाथि नगरी आफ्ना उम्मेद्वारलाई मतदान गर्न अपिल गरेका छन् । शुक्रवार चन्द्रगढीमा आयोजित गठबन्धनको संयुक्त […]
पूरा पढ्नुहोस्
गठबन्धनको जित नै जनताको जित हो’
झापा, २५ कात्तिक । बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नं. १ र क्षेत्र नं. ३ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वारले मंसिर ४ गते जनताको जित हुने बताएका छन् । त्यसका लागि सम्पूर्ण जनताले गठबन्धनलाई विजयी गराउन आ–आफ्नो ठाउँबाट तलमाथि नगरी आफ्ना उम्मेद्वारलाई मतदान गर्न अपिल गरेका छन् । शुक्रवार चन्द्रगढीमा आयोजित गठबन्धनको संयुक्त […]
पूरा पढ्नुहोस्
जेष्ठ नागरिकले भने – वृद्वभत्ता पाएका छौं भोट हाल्छौं
मेचीनगर । मेचीनगर–१५ स्थित भाङगोलाका ७६ वर्षीय टीकाराम दाहालले मनमोहनले सुरु गरेको वृद्वभत्ता अहिलेसम्म पाइरहेकोमा एमालेका उम्मेदवारप्रति खुसी व्यक्त गरेका छन् । मेचीनगर–१५ को विभिन्न टोलमा चुनावी घरदैलो कार्यक्रममा एमालेका तर्फबाट झापा–१ प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइरालालाई दाहालले अहिलेसम्म वृद्वभत्ता पाइरहेकोमा एमाले पार्टीको ऋणि रहेको बताएका हुन् । ‘वृद्वभत्ता दिने पार्टी एमाले […]
पूरा पढ्नुहोस्
सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र
झापा । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याइएको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न […]
पूरा पढ्नुहोस्
आरक्षणले बिभेदअन्त्य हुँदैन :ओली
झापा, २४ कातिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातीय बिभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सीपबाटमात्र हुने बताए । झापाको दमकमा एमाले निकट नेपाल उत्पिडित जातीय मुक्ति समाजले बिहीबार आयोजना गरेको प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन् । आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न सक्दैन । त्यसले अन्य […]
पूरा पढ्नुहोस्
तामाङको नेतृत्वले काँकरभिट्टा खानेपानी दर्बिलो बनायो
मेचीनगर । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्था मेचीनगरकै दर्बिलो संस्थाको रुपमा उभिएको छ । उपभोक्तालाई सहजरुपमा स्वच्छ खानेपानी वितरण गर्दै आएको यस संस्था यहाँसम्म आइपुग्नका लागि कार्यसमितिको प्रमुख योजना नै सफलताको कडी हो । काँकरभिट्टा खानेपानी संस्थाले विगतमा सीमित क्षेत्रका उपभोक्तालाई लक्षित गरी खानेपानी विस्तार गरेको थियो । पछि आएर खानेपानी विस्तार योजनाले व्यापकता लिएको […]
पूरा पढ्नुहोस्
झापा-१ का मतदाता भन्छन : गठबन्धनलाई जिताउन आतुर छौं
मेचीनगर । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आउन १० दिन बाँकी रहँदा गठबन्धन दलका उम्मेदवार थप उत्साहका साथ मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् । मतदान गर्ने दिन नजिकिँदै जाँदा मतदातासमेत गठबन्धनलाई भरोसा गर्न थालिसकेका छन् । उनीहरु आफ्ना समस्यालाई गठबन्धनले सम्बोधन गरे आफूहरुको पूर्ण सहयोग रहने उम्मेदवारलाई विश्वास दिलाइरहेका छन् । झापा क्षेत्र नम्बर १ […]
पूरा पढ्नुहोस्
हेल्दुबारीका स्थानीयले मागे स्वास्थ्य चौकी
मेचीनगर । मेचीनगर–१५ को हेल्दुबारीका स्थानीयले उम्मेद्वारसँग स्वास्थ्य चौकी स्थापनाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा त्यहाँ पुगेका लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङसमक्ष स्थानीयले स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । ‘मेचीनगरको हेल्दुबारी विकासमा पछि परेको छ,’ स्थानीय वृखलाल राजवंशीले भने, ‘यसका लागि गठबन्धनका उम्मेद्वारसँग समस्या […]
पूरा पढ्नुहोस्