Author: मेची आवाज डेक्स

मतदाता खोज्दै नेकपा एमाले चिया बगानमा

झापा, २२ कात्तिक । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नी खरेलले नेकपा एमालेले किसान र मजदूरलाई विर्सेर अघि नबढ्ने बताए । उनले मंगलबार नकलबन्दा टि–स्टेटका मजदूरहरुका समस्या बुझ्दै बर्गीय असमानताको पक्षविरुद्ध लडेको एमाले तल्लो वर्ग र समुदायसँग जोडिएको पार्टी भएको धारणा व्यक्त गरे । “जब एमालेको सरकार बन्छ, श्रमिकको न्यूनतम ज्याला, सामाजिक […]

पूरा पढ्नुहोस्

पार्टी प्रवेशको लहरले गठबन्धनका उम्मेद्वार थप उत्साही

काँकरभिट्टा, २२ कात्तिक । झापा क्षेत्र नं. १ मा एमाले पार्टीमा सक्रिय नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गर्ने लहर जारी छ । गठबन्धनका उम्मेद्वारलाई जिताउन एमाले पार्टी परित्याग गरेको उनीहरु बताउँछन् । सोमबार मेचीनगर–२ मा एमालेका सयौँ नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गरेका थिए भने मंगलवार (आज) मेचीनगर–६ काँकरभिट्टामा ५० जना एमालेका सक्रिय […]

पूरा पढ्नुहोस्

जोगी गाउँका स्थानीय भन्छन्– विश्वप्रकाशले पानी दिए, अब भोट दिन्छौं

झापा, २२ कात्तिक । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा त्यति नै धेरै उम्मेदवार मतदाताको घर–घरमा पुगेर बुढापाकाको आशिर्वाद तथा युवाको साथ अनि सहयोगसँगै भोट माग्न व्यस्त छन् । झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर […]

पूरा पढ्नुहोस्

उम्मेदवारलाई सुकुमबासीले सोधे – हाम्रो लालपूर्जा कहिले आउँछ ?

मेचीनगर, २१ कात्तिक । मेचीनगर–८ स्थित समावेशी सुकुमबासी टोलका भूमिहिन जनताले उम्मेदवारलाई अहिलेसम्म लालपूर्जा नपाएकोमा गुनासो पोखेका थिए । सोमबार नेकपा एमाले र राप्रपा मेचीनगर–८ ले आयोजना गरेको संयुक्त चुनावी घरदैलो कार्यक्रममा हिडेका उम्मेदवारहरुलाई समावेशी सुकुमबासी टोलका जनताले लालपूर्जा नपाएकोमा गुनासो पोखेका हुन् । झापा–१ का प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइराला र […]

पूरा पढ्नुहोस्

दुना–टपरी उद्योगमा आगलागी

मेचीनगर, २१ कार्तिक । मेचीनगर–९ स्थित लिफ प्लस प्रालिको दुना–टपरी उद्योगमा गए राति भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले […]

पूरा पढ्नुहोस्

सामुदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहिताका बारेमा अन्तरक्रिया

भद्रपुर,२१ कात्तिक । कुनै पनि राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ता र कुनै पनि उम्मेदवारको प्रचार संयन्त्रका रुपमा सामुदायिक रेडियो रेडियोकर्मी र सञ्चालकलाई प्रस्तुत हुन नपाईने सहितको निर्वाचन आचारसंहिता २०७९ सामुदायिक रेडियो प्रसारक संघले सार्वजनिक गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि संघले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ सातवटै प्रदेशका एक […]

पूरा पढ्नुहोस्

निरगञ्जा–लिम्बूटारका जनताको एउटै स्वर ‘यसपटक गठबन्धनलाई हेर्छौं’

झापा । झापा र इलामको संगमस्थल भौगोलिक रुपमा विकट मेचीनगर–३ बेसी बजार, निरगञ्जा, खयरगौँडा र लिम्बूटारका जनताले यसपटक आफ्नो क्षेत्रको विकासले गति लिने विश्वास गरेका छन् । वर्षाैंदेखि चुनावी एजेण्डा बन्दै आएको यस क्षेत्रको सुकुम्बासी समस्या समाधान, सडक, खानेपानी, स्वास्थ्य, निन्दा खोलाको पुल, सुकेनिन्दा खोलामा तटबन्धन गर्ने विषय उम्मेदवारले मतदातालाई चुनावमा देखाउने मिठो ललिपप जस्तो […]

पूरा पढ्नुहोस्

आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यकछ : शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको समृद्धिको खाका आफैले कोरेकोले अव आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यक रहेको बताएका छन् । झापा– १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शर्माले सोमबार मेचीनगर  – २ स्थित दीपज्योति टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । पार्टीमा युवाले […]

पूरा पढ्नुहोस्

जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधि छनौट सम्बन्धी सूचना

पूरा पढ्नुहोस्

जनताले चाहे जस्तै विकासको लहर ल्याउँछु : बजगाई

दुहागढी, २० कार्तिक । झापा १ प्रदेश (ख)की उम्मेद्वार सबिना बजगाईले अब जनताले चाहेजस्तो विकासको लहर ल्याउने बताएकी छन् । आइतबार मेचीनगर–१४ को रंगिया बस्तीमा मत माग्दै घरदैलोमा पुगेकी बजगाईसमक्ष स्थानीयबासीले आफ्नो गाउँको सडक कालोपत्रे नभएको लगायतका समस्या सुनाएका थिए । ‘तपाईहरुकी गाउँकी छोरी हुँ, यहाँको सडकलाई कालोपत्रे गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ’–उनले स्थानीयबासीसमक्ष प्रतिवद्धता […]

पूरा पढ्नुहोस्