Author: मेची आवाज डेक्स

मेची अभियानले गर्याे हिसाब सार्वजनिक

काँकरभिट्टा,१ साउन । मेची अभियानले विभिन्न क्षेत्रमा गरेको सहयोगको हिसाब बिहीबार सार्वजनिक गरिएको छ । कोरोनाको दोस्रो लहरको समयमा मेची अभियानले सञ्चालन गरेको सहयोग कार्यक्रमको असार मसान्तसम्मको सम्पूर्ण खर्च बिवरण सार्वजनिक गरिएको अभियानका संयोजक विजय डालमियाले बताए । अभियानका सदस्य तथा मेचीनगर प्रमुख विमल आचार्यसमेतको विशेष उपस्थितिमा अभियानका तर्फबाट संयोजक डालमियाले आयब्यय सार्वजनिक गरेका थिए […]

पूरा पढ्नुहोस्

झापामा पुनः एक साता थपियो निषेधाज्ञा

मेचीनगर । झापामा पुनः एक साता निषेधाज्ञा थप गरिएको छ । प्रमु्ख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्धारा बिहीबार जारी आदेशमा जिल्लामा हाल जारी रहेको निषेधाज्ञालाई थप एक साता लम्ब्याउँदै साउन ७ गतेसम्म पु¥याइएको छ । निषेधाज्ञामा यस अघि गरिएको अधिकांश व्यवस्थालाई यथावत राखिएको छ । सवारी साधन सञ्चालनको हकमा जोर बिजोर प्रणाली अन्तर्गत सञ्चालन गर्ने भनिएको […]

पूरा पढ्नुहोस्

अर्थमन्त्री शर्माको पहिलो निर्णय : खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई ५ अर्ब बजेट

काठमाण्डौ ३० असार । अर्थ मन्त्रालयले खोप खरिदका लागि ५ अर्ब बजेट दिने भएको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज पदभार ग्रहणको क्रममा चार वटा फाइल सदर गर्दै खोप खरिदको लागि स्वास्थ्य मन्त्रालयलाई बजेटको सहमति दिएका हुन् । यसबाहेक अर्थ मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य […]

पूरा पढ्नुहोस्

मेचीनगर कराते संघको अध्यक्षमा अर्जुन लम्साल

मेचीनगर,३०असार ।मेचीनगर सितोरियो कराते संघको अध्यक्षमा अर्जुन लम्साल चयन भएका छन् । मेचीनगरका कराते खेलसँग सम्वद्ध खेलाडी तथा प्रशिक्षकहरुको धुलाबारीमा बुधाबार सम्पन्न भेलाले करातेका वरिष्ठ प्रशिक्षक अर्जुन लम्सालको अध्यक्षतामा ११ सदस्यीय मेचीनगर सितोरियो कराते संघ गठन भएको हो । समितिको उपाध्यक्षमा मनबहादुर धिमाल, सचिवमा बिनोद श्रेष्ठ, सहसचिवमा मुक्तिनाथ काफ्ले र कोषाध्यक्षमा सम्झना सारु मगर चयन […]

पूरा पढ्नुहोस्

कांग्रेसले गर्याे धुलावारीमा दीप प्रज्ज्वलन

मेचीनगर, २० असार । प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको नियुक्ति र बिघटित संसद्को पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै आज साँझ धुलावारीमा कांग्रेस कार्यकर्ताले खुशीयाली साट्दै दीपावली गरेका छन् । धुलावारी मोडको धरहरा चोकमा भेला भएका कांग्रेसका नेता तथा कार्यकताले मैनबत्ती बालेर दीपावली गरेका थिए । कार्यक्रमको नेतृत्व नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् धुलावारी क्याम्पसका […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाले लिए शपथ

काठमाडौं,२९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति […]

पूरा पढ्नुहोस्

कांग्रेसले गर्याे धुलावारीमा दीप प्रज्ज्वलन

मेचीनगर, २० असार । प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको नियुक्ति र बिघटित संसद्को पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै आज साँझ धुलावारीमा कांग्रेस कार्यकर्ताले खुशीयाली साट्दै दीपावली गरेका छन् । धुलावारी मोडको धरहरा चोकमा भेला भएका कांग्रेसका नेता तथा कार्यकताले मैनबत्ती बालेर दीपावली गरेका थिए ।कार्यक्रमको नेतृत्व नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् धुलावारी क्याम्पसका प्रमुख […]

पूरा पढ्नुहोस्

पत्रकार मुक्ति पौडेललाई भानु साहित्यिक पत्रकारिता पुरस्कार

काँकरभिट्टा,२९ असार । पत्रकार मुक्ति पौडेल भानु साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । जन९संसद् दैनिकका प्रधान सम्पादक समेत रहेका पौडेललाई आज २०८ औं भानु जन्मजयन्तीको अवसरमा पुरस्कृत गरिएको हो । काकरभिट्टास्थीत भानु साहित्यिक प्रतिष्ठानले आयोजना गरेको भानु जन्मजयन्तिको कार्यक्रमका बीच प्रमुख अतिथि संघीय सांसद राम कार्की सहित अन्य अतिथिहरुले पत्रकार पौडेललाई २१ हजार नगद […]

पूरा पढ्नुहोस्

शपथ ग्रहण स्थलमा देउवाको पर्खाइ

काठमाडौं,२९ असार । राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि शेरबहादुर देउवा सपथ ग्रहण स्थलमा पुगेका छैनन् ।राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै उनले सच्याउन भनेका छन् । र, नसच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राखेका छन् ।देउवाको अडानपछि कार्यालयका कर्मचारीहरुले विज्ञप्ति सच्याउन थालेका छन् । शपथ ग्रहण स्थलमा उपराष्ट्रपतिसहित विभिन्न दलका नेता, […]

पूरा पढ्नुहोस्

माओवादीबाट जनार्दन अर्थमन्त्री, ऊर्जामा पम्फा

काठमाडौं,२९ असार । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ । मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले सरकारलाई कसलाई पठाउने […]

पूरा पढ्नुहोस्