Author: मेची आवाज डेक्स

सप्तकोशीमा पानीको बहाव बढ्यो

विराटनगर,२६ असार । अविरल बर्षा पछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो […]

पूरा पढ्नुहोस्

पहिरोमापरी ३२ जना बेपत्ता, उद्दारमा कठिनाइ

पोखरा,२६ असार । म्याग्दीका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन् । धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा ३२ जना हराइरहेको म्याग्दी प्रहरीले जानकारी दिएको छ । धौलागिरीको मराङमा मात्र २२ जना पहिरोमा हराइरहेको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । ‘धौलागिरिकै ताकममा २ जनाको ज्यान गइसकेको खबर आएको छ,त्यहाँका […]

पूरा पढ्नुहोस्

प्यारीभिट्टा यूवा क्लवको सचेतना कार्यक्रम

डम्बर बराल मेचीनगर ।कोरोनाको संक्रमणबाट बच्न माक्सअनिवार्य रुपमा प्रयोग गर्नु पर्नै भन्दै बिहीबार प्यारीभिट्टा यूवा क्लवको अगुवाईमा मेचीनगरको इटाभट्टामा सचेतना अभियान सम्पन्न भएको छ । यूवा क्लवको अगुवाईमा भएको कार्यक्रममा काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेत तथा सदस्यहरु र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगरअध्यक्ष खडानन्द भण्डारी ,प्रहरी बिट इटाभट्टाका प्रहरीलगायतको सहभागिता रहेकोथियो । […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट १ अर्व २० करोड ६७ लाख, १४ करोड ७ लाख रुपैयाँ घाटा बजेट

लक्ष्मी उप्रेती मेचीनगर ÷ मेचीनगर नगरपालिकाले  आगामी आर्थिक वर्ष ०७७÷०७८ को लागि १ अर्व २० करोड ६७ लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ ।प्रस्तुत बजेटमा सामाजिक सुरक्षा अन्तर्गतको रकम उल्लेख गरिएको छैन् । बजेटमा सामाजिक सुरक्षा कार्यक्रमको ४० करोड रुपैयाँ समावेश नभएको नगरप्रमुख विमल आचार्यले जानकारी गरए । १४ करोड ७ लाख रुपैयाँ घाटा […]

पूरा पढ्नुहोस्

अबछोटो दूरीका सार्वजनिक यातायात संञ्चालन हुने

झापा, २५ असार । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर […]

पूरा पढ्नुहोस्

मेचीनगरले गर्याे ४ जना स्वास्थ्यकर्मीलाई सम्मान

मेचीनगर । मेचीनगर नगरपालिकाले कोरोनाको महामारीका बेला नगरबासीको हितमा अहोरात्र खटिएका ४ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । विहीबार छैठौँ नगरसभामा नगर स्वास्थ्य शाखाकी प्रमुख शशिकला राई, टिकाराम ढकाल, कमला राजवंशी र एम्बुलेन्स चालक जंगबहादुर खड्कालाई सम्मान गरिएको हो । चारै जनालाई जनहि ५ हजारका दरले प्रशंसापत्रसहित सम्मना गरिएको थियो ।सम्मानितहरुलाई नगरप्रमुख विमल आचार्य, उपप्रमुख […]

पूरा पढ्नुहोस्

मेचीनगरको नीति तथा कार्यक्रम सार्वजनिक

लक्ष्मी उप्रेती मेचीनगर, २४ असार ÷ मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा नोवल कोरोना भाइरस कोभिड १९ ले पाररेको प्रभाव र निराकरणका उपायका साथै आर्थिक, समृद्घि, सुशासन, सामाजिक समावेशिता, वातावरण, तथा पर्यावरणमैत्री कार्यक्रम, स्वरोजगार एवम् गरीवी निवारण सम्बन्धी नीतिलाई प्रमुख आधार […]

पूरा पढ्नुहोस्

साउन ७ भित्रमा विद्युत् महसुल तिरेमा जरिवाना नलाग्ने

झापा २४ असार । नेपाल विद्युत् प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १९ असारमा ७ साउनभित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ […]

पूरा पढ्नुहोस्

नेकपाको स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित

काठमाण्डौ,२४ असार ।आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित भएको छ। पार्टीमा जारी गतिरोध अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक स्थगित भएको हो। पार्टी एकताका लागि दुई अध्यक्ष मिल्नुपर्ने बताइएपछि ओली र प्रचण्ड आइतबार यता नियमित छलफलमा छन्। प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

गिरीको ठाँउमा अब सिटौला बन्नेभईन सांसद

झापा २४ असार । समाजवादी पार्टीले समानुपातिक कोटाबाट लिला सिटौलालाई सासद बनाउने भएको छ । पार्टीको निर्देशन र ह्वीप विपरीत नक्सा परिवर्तन सम्बन्धि सविधान शसोधनको बिरुद्ध अर्को संसोधन दर्ता गरेकी सासद सरीता गिरीलाई पार्टीले ससद र पार्टीबाट निस्कासन गरे पछि उनको ठाँउमा सिटौलालाई समानुपातिक सासद बनाउने भएको हो । समानुपातिक सुचीमा गिरी पछि सिटौलाको नाम […]

पूरा पढ्नुहोस्