Author: मेची आवाज डेक्स
मेचीनगरमा मेलमिलापकर्ता, जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण
मेचीनगर । झापा जिल्ला अदालतका न्यायधीश तेजबहादुर खड्काले मेचीनगरका मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई मेलमिलाप सम्बन्धी कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण दिएका छन् । मेचीनगर नगरपालिकाको न्यायिक समितिले बुधबार र विहीबार आयोजना गरेको मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई कानुनी प्रक्रियाका बारेमा उनले सचेतना मुलक प्रशिक्षण दिएका हुन् । मेचीनगरका १५ वटै वडाका ८१ जना मेलमिलापकर्ता, १५ […]
पूरा पढ्नुहोस्
बुद्धशान्तिका सबै सामुदायिक विद्यालयमा ‘ई’ हाजिरी प्रणाली
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी ( ई’ हाजिरी) जडान गरिएको छ । पालिका भित्र रहेका सबै सरकारी कार्यालय साथै १६ वटै सामुदायिक विद्यालयमा ‘ई’ हाजिरी मेसिन जडान गरिएको गाउँपालिका सूचना प्रबिधि शाखाका प्रमुख तोषराज ठाकुरले बताएका छन् । उनका अनुसार सवै विद्यालयहरुमा मेसिन जडान सकिएसँगै डिभाइस राख्ने काम पनि सकिएकाले […]
पूरा पढ्नुहोस्
खोलाको पानी खान बाध्य जनतालाई अब निःशुल्क धारा वितरण गछौं : नगरप्रमुख बुढाथोकी
मेचीनगर, १४ चैत । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले खोल्सी, पैनी र खोलाको पानी खान विवश अति विपन्न परिवारलाई अब निःशुल्क धारा जडान गरिने बताएका छन् । आज मेचीनगर–४ नम्बर वडा कार्यालयमा ‘नगरप्रमुखसँग टोल विकास समिति’ शिर्षकको अन्तरक्रियामा उनले यस्तो कुरा बताएका हुन् । खानेपानीको धारा जडान गर्न नसकेर खोल्सी, पैनी र खोलाको पानी खान […]
पूरा पढ्नुहोस्
काठमाडौंमा भोलि गणतन्त्रबादी र राजाबादीको शक्ति प्रदर्शन हुने
झापा, १४ चैत । गणतन्त्र र राजतन्त्रको पक्षमा भन्दै शुक्रवार काठमाडौंमा अलग अलग शक्ति प्रदर्शन हुने भएको छ । नेकपा माओबादी केन्द्रको अगुवाईमा समाजबादी मोर्चाले गणतन्त्रको पक्षमा र राष्ट, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको नेतृत्वमा राजतन्त्रको पक्षमा शक्ति प्रदर्शन हुन लागेको हो । काठमाडौंमा एकैदिन दुई विपरीत राजनीतिक शक्तिको […]
पूरा पढ्नुहोस्
बालविकास आधारभूत विद्यालयका ६२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान
मेचिनगर । नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र धुलाबारी युवा संगठनले बुधबार मिसन एजुकेशन अन्तर्रगत मेचिनगर – १ स्थित बालविकास आधारभूत विद्यालयमा अध्यनरत ६२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लेखराज राईको सभापतित्व तथा समाजसेवी हिम्मत क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेची क्षेत्र प्रखर सन्त माता धर्मिता वाईजी, […]
पूरा पढ्नुहोस्
अझै नियन्त्रणमा आएन इटहरीको आगलागी, १२ वटा दमकल र हेलिकप्टर परिचालन
झापा १३ चैत, । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैनसुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, अहिले आगोलागीको नियन्त्रण प्रयास भइरहेको छ । उनका अनुसार लगभग ८० प्रतिशत आगो नियन्त्रणमा आए पनि पूर्ण रुपमा नियन्त्रण भने भइसकेको छैन । प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागी […]
पूरा पढ्नुहोस्
इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्यचोकमा रहेको सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ । बुधबार बिहान १० बजेतिर सुरु भएको बगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारीअनुसार, नेपाल प्रहरी, बारुण यन्त्र कर्मचारी र स्थानीयले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । इटहरी उपमहानगरपालिका, दुहबी, बराहक्षेत्र र रामधुनी नगरपालिकाबाट आएका […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा – बाहुनडाँगी सडक कालोपत्रे सुरु
मेचीनगर, १३ चैत । मेचीनगर नगरपालिकाको गौरवको योजना सहिद विश्वनाथ मार्गको आजदेखि काँकरभिट्टाबाट कालोपत्रे गर्ने काम सुरु भएको छ । विश्व बैंकको आयोजना अन्तरगत नगरपालिकाले काँकरभिट्टाको भट्टराई चोक नजिकदेखि बाहुनडाँगी बजार सम्मको साढे ८ किलोमिटर सडकको आजदेखि कालोपत्रे गर्ने काम सुरु भएको हो । विगतको सूर्योदय मार्गलाई परिवर्तन गरी सहिद विश्वनाथ घिमिरेको नाममा सहिद विश्वनाथ […]
पूरा पढ्नुहोस्
कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने
काठमाडौं, १३ चैत । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको हो । बैठकपछि रास्वपाका नेता सन्तोष परियारले सरकारले विधि प्रक्रिया मिचेर संख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै […]
पूरा पढ्नुहोस्
पूर्वी नाकाबाट प्लाइउड निर्यातमा भारतको अवरोध, ३४ वटा ट्रक पानीटंकीमै रोकिए
झापा । नेपालमा उत्पादित प्लाइउडलाई भारतले दुई सातादेखि भारत निर्यातमा रोक लगाएपछि यतिखेर उद्योगी तथा ब्यवसायीहरु ठूलो मारमा परेका छन् । नेपालबाट प्लाइउड बोकेर भारतीय भूमिमा पुगेका ३४ वटा ट्रकलाई पानीटंकी स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले बताए । भारतीय भन्सार कार्यालयले ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको निहुँ […]
पूरा पढ्नुहोस्