Author: मेची आवाज डेक्स

बिर्तामोड वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित

बिर्तामोड, १६ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याउर निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १ हजार ५२० मत मात्र प्राप्त गरेका छन् । न्यौपाने ७०५ मतको अन्तरले विजयी भएका […]

पूरा पढ्नुहोस्

अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अनेरास्ववियुलाई

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगरले जितेको छ । ५१औं सहिद दिवसको अवसरमा बुधबार मेचीनगर ८ स्थित श्री कृष्ण व्यास आश्रममा आयोजित हाजिरी जवाफ प्रतियोगितामा नेकपा एमाले सम्बद्ध ९ वटा जनसंगठनले प्रतिष्पर्धा गरेका थिए । जसमा अनेरास्ववियुले २४ अंकसहित पहिलो […]

पूरा पढ्नुहोस्

झापा गोल्डकप : उद्घाटनमा एपिएफ र संकटा खेल्ने

बिर्तामोड । झापाको बिर्तामोडमा यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ३३ हजार बालबालिकालाई दादुरा–रुवेला बिरूद्धको खोप लगाइने

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका बालबालिकालाई अभियान नै चलाएर दादुरा–रुवेला बिरूद्धको खोप लगाउने भएको छ । स्वास्थ्य शाखाले दादुरा(रूबेला खोप अभियान २०८० मार्फत नगरको ३३ हजार बालबालिकालाई फागुन २० गतेदेखि २९ गतेसम्म नगरपालिकाको पन्द्रवटै वडामा खोप लगाउने भएको हो । आज स्वास्थ्य शाखाले मेचीनगरका क्रियाशील सञ्चारकर्मीहरूसंग अन्तरक्रिया गर्दै नगरपालिकाले खोप अभियान भव्य […]

पूरा पढ्नुहोस्

झापामा ३ लाख बढी बालबालिकालाई दादुरा–रुवेला खोप लगाइँदै

मेचीनगर । झापामा ३ लाख १४ हजार ४१२ जना बालबालिकालाई दादुरा रुवेला खोप लगाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा एक कार्यक्रम आयोजनागरी खोप अभियानको बारेमा जानकारी दिएको हो । झापामा फागुन १७ गतेदेखि चैत ४ गतेसम्म खोप अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी […]

पूरा पढ्नुहोस्

मेचीनगर अनलाइन दोस्रो वर्षमा प्रवेश

काँकरभिट्टा, १४ फागुन । मेचीनगर अनलाइन डटकम आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर–६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको एकवर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ । गतवर्ष फागुन १४ गते धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा मेचीनगर नगरपालिकाका […]

पूरा पढ्नुहोस्

इलाममा सञ्चालित खोज पत्रकारिता तालिम सम्पन्न

इलाम । नेपाल पत्रकार महासंघ इलामको आयोजना तथा माई जोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा शुक्रबारदेखि संचालित चार दिवसीय खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिममा झापा, इलाम र पाँचथरका ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई नेपाल खोज पत्रकारिता केन्द्रका पूर्व अध्यक्ष शिव गाउँलेले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रमका प्रमुख  अतिथि माई जोगमाई […]

पूरा पढ्नुहोस्

नकलबन्दामा जारी नकआउट फुटबलको उपाधि होक्से युथ क्लवको पोल्टामा

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको उपाधि होक्से युथ क्लबले जितेको छ । काँकरभिट्टा एफटिसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै होक्से च्याम्पियन बनेको हो । नकलबन्दा समाज विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा शनिबार उपाधिका लागि काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र होक्से युथ क्लब मैदानमा उत्रिएका थिए । उपाधि जितेसँगै होक्सेले […]

पूरा पढ्नुहोस्

खोज पत्रकारिताले भ्रष्टाचार र बेथिति अन्त्य गर्ने छ : अध्यक्ष थेवेले

नयाँबजार । इलामको माईजोगमाई गाँउपालिकाको केन्द्र नयाँबजारमा खोज पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ इलामको आयोजना साथै माईजोगमाई गाउँपालिकाको सहयोगमा ४ दिने खोज पत्रकारिता तालिम सुरु भएको हो । उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लब भट्टराई र प्रमुख अतिथी माईजोगमाई गाँउपालिकाका अध्यक्ष कुश बहादुर थेवे रहेका थिए । विशेष […]

पूरा पढ्नुहोस्

धुलाबारीमा इन्जिनियरिङ नमुनाको प्रदर्शनी हुँदै

धुलाबारी, १० फागुन । मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटले यही फागुन १७ र १८ गते इन्जिनियरिङ प्रदर्शनी गर्ने भएको छ । धुलाबारी क्याम्पस परिसरमा हुने उक्त प्रदर्शनीमा इन्स्टिच्यूटका आइटी, सिभिल र आर्किटेक्चर विषयमा अध्ययनरत् विद्यार्थीले निर्माण गरेका वैज्ञानिक साधनहरु देखाइने प्रिन्सिपल ई। रुद्र मैनालीले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा मेचीनगरका एक हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा […]

पूरा पढ्नुहोस्