Author: मेची आवाज डेक्स

झापा गोल्ड कप फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक

बिर्तामोड, ९ फागुन । अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा […]

पूरा पढ्नुहोस्

सुरु भयो ‘हात्तीमैत्री पदयात्रा’ मुख्यमन्त्रीलाई बाहुनडाँगीबासीले बुझाए ११ बुँदे ज्ञापन पत्र

बाहुनडाँगी, ९ फागुन । कोशी प्रदेशका मुख्य मन्त्री केदारकार्कीले हात्तीको समस्या समाधानकोलागि आजबाट ‘हात्तीमैत्री पदयात्रा’ सुरु गरेका छन् । जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ झापाको बाहुनडाँगी स्थित प्रसाद गौँडाकाबाट सुरु भएको पद यात्रा फागुन १६ गते उदयपुरको कटारी पुगेर सम्पन्न हुने छ । कार्यक्रममा कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, […]

पूरा पढ्नुहोस्

दक्षिण एशियाकै राम्रो लोकतन्त्र नेपाल : प्रा.डा. बराल

धुलाबारी, ८ फागुन । प्रा. डा. लोकराज बरालले दक्षिण एशियामा सबै भन्दा राम्रो लोकतन्त्र नेपालमा रहेको बताएका छन् । आज मेचीनगर लेडी जेसीजले धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित वर्तमान राजनीति र अबको बाटो कार्यक्रममा प्रमुख बक्ता बरालले सो कुरा दावी गरेका हुन् । नेपालका लागि भारतका राजदुत समेत रहेका उनले विगतदेखि नै […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया सम्पन्न

मेचीनगर । सुरक्षित वैदेशिक रोजगारीका लागि मेचीनगरका जनप्रतिनिधिसँग सुरक्षित आप्रवासन (सामी) ले अन्तरक्रिया सम्पन्न गरेको छ । मंगलवार मेचीनगर नगरपालिका कार्यालयको सभाहलमा सुरक्षित वैदेशिक रोजगारीका लागि मेचीनगरका जनप्रतिनिधिसँग सामीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) का कार्यक्रम अधिकृत रोहित विश्वकर्माले मेचीनगरका जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम अधिकृत विश्वकर्माले स्थानीय […]

पूरा पढ्नुहोस्

‘भारतीय भूमिबाट आएको हात्तीलाई उतै फर्काउनु पर्छ, हात्ती करिडोर समाधान होइन’

मेचीनगर । मेचीनगर –४ बाहुनडाँगी क्षेत्रका नागरिक समाज, सामाजिक अभियान्ता, राजनीतिकदल तथा ४ नम्बर वडा कार्यालय, बाहुनडाँगी वासीले वर्षैदेखि हात्तीका कारण भोग्नु परेको समस्या समाधनको लागि एक मत् भएका छन् । वर्षैदेखि जंगली हात्तीबाट मानवीय तथा अन्य बिभिन्न क्षतिको सामना गरिरहेका बाहुनडाँगी बासी विवेक प्रविधिबाट मानव हात्ती द्वन्द न्यूनीकरण गर्न सकिने निश्कर्षमा पुगेका छन् । […]

पूरा पढ्नुहोस्

राष्ट्रिय युवा संघ मेचीनगरको सपथ ग्रहण सम्पन्न

मेचीनगर। राष्ट्रिय युवा संघ मेचिनगर कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार मेचीनगर १० स्थित पासाङ्ग लाह्मु सभाहलमा सम्पन्न कार्यक्रममा मेचीनगर कमिटीसंगै नगरका पन्द्रवटै वडाका नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको हो। वर्तमान युवा संघ मेचीनगर कमिटी शुनिल राजवंशीको नेतृत्व रहेको छ । केही समय अघि मेचीनगरको पन्दैवटै वडा कमिटीसंगै राष्ट्रिय […]

पूरा पढ्नुहोस्

नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा, इटाभट्टा र होक्से युवा क्लब अन्तिम आठमा

मेचीनगर । स्व.पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सोमबार सम्पन्न खेलहरुबाट विजयी हुँदै इटाभट्टा फुटबल क्लब र होक्से युथ क्लब क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । सोमबार सम्पन्न पहिलो खेलमा इटाभट्टा फुटबल क्लबले बाहुनडाँगी युथ क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । इटाभट्टाका सन्जोग लिम्बू, […]

पूरा पढ्नुहोस्

आर्थिक सहयोग गरेर जीवन बचाइदिन चुनादेबीले गरिन् अपिल

बिर्तामोड । आर्थिक अभावले पूर्णउपचार नपाएर हस्पिटलको (वेड) बाट बाहिरिन बाध्य भएकी देउमाई २ निवासी चुनादेबी सुवेदीले आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन अपिल गरेकी छ्न् । अप्रेसन गरेको देब्रे हातमा इन्फेक्सन हुँदा २० लाखबढी खर्च भएपनि थप औंषधिसहित उपचारका लागि आर्थिक सहयोग जुटाइदिन अपिल गरेकी हुन् । उपचारका क्रमश चल्दैथियो । हातको हड्डीमा इन्फेक्सन […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा श्रीमद् भागवत महापुराण सुरु

मेचीनगर । शारीरिक रुपमा अपाङ्गता भएका व्याक्तिहरुलाई साहयक सामग्री बितरण गर्ने पवित्र उद्देश्यका साथ काँकरभिट्टामा आइतबारदेखि सात दिवसीय श्रीमद् भागवत महापुराण सुरु भएको छ । सद्गुरु मानव सेवा फाउण्डेशनका मेचीनगर – ३ तथा मेचीनगर ६ स्थित शिव पातालगंगा मन्दिर समितिको संयुक्त आयोजनामा सुरु भएको धार्मिक अनुष्ठानमा भक्तजनहरुको उपस्थिति बढ्न थालेको छ । आइतबार शोभा कलश […]

पूरा पढ्नुहोस्

हिमालयन लाइफ इन्स्योरेन्सले शुरु गर्यो झापाबाट बीमा जागरण अभियान

बिर्तामोड । जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्दै अघि बढेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले झापा जिल्लाबाट बीमा जागरण अभियान शुरु गरेको छ । जनस्तरसम्म बीमा बारे जनचेतना फैल्याउने उद्धेश्यले जागरण अभियान शुरु गरिएको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले जानकारी दिए । कम्पनीले झापाको बिर्तामोडमा शुक्रबार र शनिबार दुई दिने जागरण अभियान सम्पन्न गरेको […]

पूरा पढ्नुहोस्