ब्यानर न्यूज
मेचीनगर – १५ मा झोलुङ्गे पुलले दिएको खुसी
डम्बर बराल मेचीनगर । मेचीनगर – १५ स्थित हेल्दुबारी र बिचार्नी बजारलाई जोड्ने निन्दा नदीमा झोलुङ्गे पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीय यतिखेर निक्कै उत्साहित बनेका छन् । पुल नहुँदा वर्षाैदेखि खोलाबाटै जोखिमको यात्रा गर्दै आएका उनीहरु पुल बनेपछि उत्साहित बनेका हुन् । ‘खोलाका कारण हामीलाई निक्कै समस्या थियो’, हातमा कागजात लिएर निन्दा खोला पारी […]
पूरा पढ्नुहोस्
इटाभट्टामा साप्ताहिक हाटबजार सुरु, स्थानीय व्यवसायी उत्साहित
इटाभट्टा । मेचीनगर –७ स्थित इटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार सञ्चालनमा आएको छ । मेचीनगर ७ वडाकार्यालय समन्वय तथा बजार व्यवस्थापन समितिको पहलमा साप्ताहिक हाटबजार सुर भएको हो । साप्ताहिक हाट बजार सञ्चालनमा आएपछि ,स्थानीय व्यवसायीहरु उत्साहित बनेका छन् । मेचीनगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले बुधबार एक कार्यक्रमकाबीच संयुक्त रुपमा रिविन […]
पूरा पढ्नुहोस्
चीनको झाङझाउ कलेजसँग भगिनी सम्बन्ध स्थापित गर्दै मेचीनगरको इष्ट होराइजन
मेचीनगर, ४ भदौ । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा छुट्टै पहिचान स्थापित गर्न सफल मेचीनगर स्थित इस्ट होराइजन अंग्रेजी माविले विद्याथीहरुको सिकाईलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सम्बन्ध लाई समेत उत्तीकै महत्व दिएको छ । शिक्षा सँगै अतिरिक्त त्रियाकलापमा नेपाल तथा भारतमै फरक पहिचान स्थापित गर्दै आएको यस विद्यालय यतिखेर चीनको फुजियान राज्यस्थित झाङझाउ कलेजको नजरमा परेको […]
पूरा पढ्नुहोस्
झापाका अधिकांश चिया बगानमा ‘लुपर’ को प्रकोप बढ्यो, बोट नै मर्न थालेपछि चिया किसान तथा उद्योगी चिन्तित
झापा । यतिखेर झापाका अधिकांश चिया बगानमा लुपरको संक्रमण फैलिएपछि चिया उत्पादक किसान तथा उद्योगी चिन्तित बनेका छन् । आतंक सिर्जना गर्नेगरी लुपरको प्रकोप चिया बगानमा फैलिएपछि कलिला मुना पलाउने त परको कुरा चियाका छिप्पिएका पात समेत किराले खाएर बोट नै मर्न थालेपछि किसान तथा उद्योगी पिरोलिएका हुन् । आम्दानी दिने मुख्य सिजनमा लुपर क्याटरपिलर […]
पूरा पढ्नुहोस्
प्रेस क्लब भद्रपुरको नवनिर्मित कार्यालय भवनको उद्घाटन, पत्रकार द्वय काजी र छेत्री सम्मानित
भद्रपुर । प्रेस क्लब भद्रपुरको नवनिर्मित कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । क्लबको १५ औं स्थापना दिवसको अवसर पारेर भद्रपुर– ८ स्थित चन्द्रगढीमा नवनिर्मित कार्यालय भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरूले सकारात्मक समाचारलाई प्राथमिकता दिनसके समाजमा नकारात्मक सोच कम भएर जाने धारणा राखेका छन् […]
पूरा पढ्नुहोस्
धार्मिक तथा पर्यटकीय स्थल ‘कृष्णथुक्की’ मा रथयात्रा सहित भब्य रुपमा कृष्ण जन्माष्टमी मनाउँने तयारी
मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कृष्णथुम्कीमा यस वर्ष बृहत कार्यक्रमको साथ श्री कृष्ण जन्माष्टमी मनाइने भएको छ । रथयात्रा सहित आयोजना हुने सो कार्यक्रम तीन दिन सम्म सञ्चालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । हरेक वर्ष एक दिवसीय कार्यक्रम गर्दै आएको कृष्णथुम्की संरक्षण समितिले […]
पूरा पढ्नुहोस्
नाग पञ्चमीको अवसरमा हिलेधाप सिमसार धार्मिक तथा पर्यटकीय स्थलमा तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने
मेचीनगर । झापाको मेचीनगर –१ स्थित ४९ धारा मनसादेवी हिलेधाप सिमसार धार्मिक तथा पर्यटकीय स्थलमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने भएको छ । सो क्षेत्रमा मच्छ्रय देवता तथा नाग देवताको वासस्थान रहेको स्थानीयहरुमा धार्मिक विश्वास रहँदै आएको र हरेक वर्ष नाग पञ्चमीको दिन विशेष पूजा आरधना गरिँदै आएको ४९ धारा […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीको ‘जमघट’ चियालाई देशभरका भान्सामा पुर्याउन टिकटक भिडियो प्रतियोगिता आयोजना हुँदै
मेचीनगर । मेचीनगरको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आफ्नो उत्पादन ‘जमघट’ चियालाई देशभरका भान्सामा पु¥याउने नयाँ रणनीति बनाएको छ । प्रा.लि.ले चियाको बजारीकरण र प्रचार प्रसारलाई शसक्त बनाउन आगामी तीज विशेष कार्यक्रमलाई लक्षित गरेर टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रा.लि.ले बुधबार उद्योग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी दिएको छ […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानीले प्रविधिमा मार्याे फड्को, जीआईएस, वेब साइट र मोबाइल एप्स सञ्चालनमा
मेचीनगर,२२ असार । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रविधिमा फड्को मार्दै आइतबारबाट जीआईएस, वेब साइट र मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । खानेपानीले दियालो टेक्नोलोजीसँग सम्झौता गरेर सो सो प्रविधि संचालनमा ल्याएको हो । आइतबार खानेपानीको सभाहलमा आयोजित एक कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जीआईएसको नक्सालाई सार्वजनिक गरेर वेब साइटको शुभारम्भ गरे । उद्घाटन […]
पूरा पढ्नुहोस्
महिला सीप विकास केन्द्रको भवन उद्घाटन
मेचीनगर । मेचीनगरको ठुला गौरवका योजनाहरु मध्येको महिला सीप विकास केन्द्रको नयाँ भवन आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । मेचीनगर–८ स्थित महिला सीप विकास केन्द्रको भवन विहीबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई आग्रह गरेका छन् । उनले महिलाहरुले उत्पादन गरेका सामग्री […]
पूरा पढ्नुहोस्