मुख्य खबर

स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन : आयुक्त भण्डारी

गण्डकी । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न मिडियाको सहयोग रहँदै आएकोले आशन्न निर्वाचनमा पनि यो सहयोग रहने विश्वास व्यक्त गर्नुभयो […]

पूरा पढ्नुहोस्

‘कानले सुन्दा आनन्द हुने विकास होइन, हामी आँखाले देख्ने गरीको विकास गरेर देखाउने छौँ ’

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई जिताएर विकासको अनुभूति दिलाउने बताएका छन् । मेचीनगर–७ को इटाभट्टामा शनिबार संयुक्त चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै शर्माले भने, ‘कानले सुन्दा आनन्द हुने विकास होइन, हामी आँखाले देख्ने गरीको विकास गरेर देखाउने छौँ ।’ नेता […]

पूरा पढ्नुहोस्

देश बचाउन मेरो उम्मेदवारी– मुकुन्द दाहाल

मेचीनगर । नेपालका लागि नेपाली पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर– १ का प्रतिनिधि सभाका उम्मेदवार मुकुन्द दाहालले देशको राष्ट्रियता बचाउनका निमित्त चुनावी मैदानमा उत्रिएको बताएका छन् । शनिवार धुलाबारीस्थित होटल रोयल निर्भानमा पत्रकार सम्मेलन आयोजना गरेर उनले योजना र कार्यक्षमता नभएका असक्षम पार्टीका नेताहरुबाट मुलुकको रक्षा हुन नसक्ने जिकिर गरे । उनले राज्य सञ्चालन गर्ने […]

पूरा पढ्नुहोस्

अब राजनीतिक रुपान्तरण जरुरी छ : शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले राजनीतिमा रुपान्तरण जरुरी भएको बताएका छन् । विहीबार मेचीनगर–६ को काँकरभिट्टास्थित भट्टराई चोकमा लोकतान्त्रिक गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले राजनीतिक भित्र भएको अन्यायविरुद्ध रुपान्तरण आवश्यक रहेको बताएका हुन् । ‘हिजो व्यवस्था परिवर्तन गर्न पठाएका व्यक्ति पार्टीभित्रै अन्यायमा […]

पूरा पढ्नुहोस्

भोटहाल्ने कुरामा बैमान नगर्न ओली र लिङदेनले कार्यकर्तालाई दिए निर्देशन

मेचीनगर, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हलोमा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सूर्य चिन्हमा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार मेचीनगर–१०, धुलाबारी स्थित पासाङ ल्याहमु स्मृति प्रतिष्ठान ९टाउन हल० मा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई हलोमा र राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कार्यकर्तालाई सूर्य चिन्हमा […]

पूरा पढ्नुहोस्

‘एमालेले समृद्धिको नारा मात्र बनायो,’ त्यसलाई हामी कार्यान्वयनमा लैजान्छौँ : शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले यस पटक आफ्नो जित सुनिश्चिित भएको दावी गरेका छन् । आफूलाई जिताउन जनताले दिएको मत र त्यो विश्वासलाई खेर जान नदिने प्रण समेत गरे । ‘एमालेले समृद्धिको नारा मात्र बनायो,’ उनले भने, ‘हामी योजना बनाएर त्यसलाई कार्यान्वयनमा लैजान्छौँ ।’ चुनावी अभियानका […]

पूरा पढ्नुहोस्

निर्माण व्यवसायीले गरे मेचीनगरका इन्जिनियर कमल कोइरालाको बिदाई

मेचीनगर । मेचीनगर नगरपालिकाका इन्जिनियर कमल कोइरालालाई बुधबार निर्माण व्यवसायीहरुले बिदाई गरेका छन् । २०५६साल माघ–१ गतेबाट मेचीनगरपालिकामा इन्जिनियर पदमा जागिर सुरु गरेका कोइराला भोलि बिहीबारबाट अनिवार्य अवकास पाउने भएपछि उनलाई निर्माण व्यवसायी संघ झापा तथा मेचीनगर निर्माण व्यवसायी संघले कार्यकक्षमै पुगरे बिदाई गरेका हुन् । मेचीनगर–१० निवासी कोइराला मेचीनगरपालिकाको पहिलो इञ्जिनियर पनि हुन् । […]

पूरा पढ्नुहोस्

घरदैलो अभियानलाई तीब्र पार्दै गठबन्धनका उम्मेद्वार

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ अन्तर्गत संयुक्त गठबन्धनका उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीब्र बनाउँदै लगेका छन् । सोमबार उम्मेद्वारहरुले साविक बाहुनडाँगी तथा काँकरभिट्टाका विभिन्न टोलमा रहेका मतदातालाई प्रत्यक्ष भेटेका छन् । क्षेत्र १ ‘क’ का प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङ, समानुपातिक तर्फका उम्मेद्वार बालजीत राईसहितको संयुक्त गठबन्धन टोलीले मतदाताका समस्या र गुनासा घरदैलोमै […]

पूरा पढ्नुहोस्

बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

डम्बर बराल बौद्धमोड । मेचीनगर –२ स्थित बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । अधिवेशन सहितको साधारण सभा भएपनि बन्द सत्र पछि नयाँ नेतृत्व चयन प्रक्रिया भने बिभिद कारणले अघि बढ्न सकेन । नयाँ समिति नबन्ने भएपछि आगामी ६ महिना सोही समितिले काम गर्न बन्द सत्रले समितिलाई अनुमोदन गरेको […]

पूरा पढ्नुहोस्

एमालेविरुद्ध गतिविधि गर्ने सचिवालय सदस्यदेखि पूर्व नगरप्रमुखसम्म कारवाहीमा

विर्तामोड २७ असोज  । आगामी मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीको निर्णय विरुद्घ स्वतन्त्र तथा अन्य दलको चुनाव चिन्हमा उम्मेदवारी घोषणा गरेका एमाले जिल्ला तहका नेता कार्यकर्तालाई पार्टीले कारवाही शुरु गरेको छ । नेकपा एमाले जिल्ला कमिटी झापाले विहीबार विज्ञप्ती जारी गदैं पार्टी विरोधी गतिविधि गर्ने पार्टी निर्णयको पक्षमा दृढताका साथ […]

पूरा पढ्नुहोस्