मुख्य खबर

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि एनटिएनसिले देखायो चासो

बाहुनडाँगी । वर्षाैदेखि बाहुनडाँगी वासीले जंगली हात्तीबाट भोग्नु परेको समस्याको समाधानका लागि प्राकृतिक संरक्षण कोष (एनटिएनसि) चासो देखाएको छ । बिहीबार (एनटिएनसि)ले हात्ती प्रभावित क्षेत्रका बाहुनडाँगीका जनता, मेचीनगर नगरपालिका तथा सरोकारवालाहरुसँग छलफल गरको छ । बाहुनडाँगी स्थित मेचीनगर वडा नं. ४ को कार्यालयमा भएको छलफमा एनटिएनसिका सदस्य सचिव शरदचन्द्र अधिकारी र कोष संचालक समिति सदस्य […]

पूरा पढ्नुहोस्

कांग्रेस महामन्त्री शर्माको नाम झापा १ बाट सर्वसम्मत सिफारिस

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आज बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । यसअघि २०७४ सालमा भएको चुनावमा शर्मा माओवादी केन्द्रका राम कार्कीसँग हारेका थिए । काठमाडौंबाट […]

पूरा पढ्नुहोस्

कांग्रेस क्षेत्र–१ प्रदेश ‘ख’ बाट ५ जनाको नाम सिफारिस

मेचीनगर, १५ भदौ । नेपाली कांग्रेस झापा क्षेत्र नं। १ को प्रदेश समितिले ‘ख’ बाट पाँच जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रिय कार्यालयमा बसेको प्रदेश समितिको वैठकले ‘ख’ मा ५ जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश समितिले प्रेम सम्बाहाम्फे, लालबहादुर […]

पूरा पढ्नुहोस्

कांग्रेस क्षेत्र–१ प्रदेश ‘क’ बाट ३ जनाको नाम सिफारिस

मेचीनगर, १५ भदौ । नेपाली कांग्रेस झापा क्षेत्र नं। १ को प्रदेश समितिले ‘क’ बाट तीन जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रिय कार्यालयमा बसेको प्रदेश समितिको वैठकले ‘क’ मा ४ जना आकांक्षी मध्ये ३ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । ४ जना […]

पूरा पढ्नुहोस्

अनेमसंघ क्रान्तिकारीको तीज विशेष कार्यक्रममा ३० जना असल सासु बुहारीलाई सम्मान

मेचीनगर । अखिल नेपाल महिला संघ क्रान्तिकारी मेचीनगर र नेकपा माओवादी केन्द्र मेचीनगर ११ नं वडा कमिटीले मेचीनगरका ३० जना असल सासु बुहारीलाई सम्मान गरेको छ । मेचीनगरको कालिका सिमसारमा बुधबार तीज विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । प्रत्येक वडाबाट छानिएका असल सासु बुहारीलाई बाथरुममा प्रयोग हुने चप्पल, साबुन तथा साबुनदानी दिएर […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ‘वर्ड सेन्च्युरी’ क्षेत्र घोषणा गर्ने खरेलको योजना

काँकरभिट्टा, १४ भदौ । लामो समयदेखि चरा सम्बन्धी खोज र अनुसन्धान गरिरहेका मेचीनगर–७ निवासी देवेन्द्र खरेलले मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन गरेका छन् । सोमबार प्रेस क्लब मेचीनगरको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष खरेलले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय झापाबाट विधिवत संस्था दर्ता गरेर ल्याएको सार्वजनिक गरेका हुन् । उनले मेचीनगरमा […]

पूरा पढ्नुहोस्

निर्वाचन आचार संहिता जारी, स्थानीय तहको प्रतिनिधिले चुनाव प्रचार गर्न नपाउने

झापा, १३ भदौ। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो । निर्वाचन आचारसंहिताका अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई चुनाव प्रचारमा सहभागि हुन रोक लगाएको छ । प्रधानमन्त्री र मन्त्रीहरुलाई समेत चुनाव प्रचारमा रोक लगाउने गरी आचार संहिता जारी […]

पूरा पढ्नुहोस्

जोगमाया सम्झियो अनेम संघले, विभिन्न विधाका ६ जनालाई एउटै मञ्चमा सम्मान

लक्ष्मी उप्रेती मेचीनगर, । तात्कालिन पञ्चायती व्यवस्था विरुद्घ उभिँदैं मुलुक परिवर्तनका निम्ति भूमिका निर्वाह गर्नुहुने झापा मेचीनगर १५ की जोगमाया थापालाई मंगलबार नगरमा मृत्युपर्यन्त सम्मान गरिएको छ । झापाको धुलावारीस्थित पासाङ्ग ल्हामू स्मृति जेसिज प्रतिष्ठानमा अखिल नेपाल महिला संघ मेचीनगर कमिटीले आयोजना गरेको तिज विशेष कार्यक्रम २०७९ का अवसरमा दिवंगत थापासहित विभिन्न विधाका ६ जनालाई […]

पूरा पढ्नुहोस्

पूजन मिश्रको “रोएरै बस्छु” नयाँ तीज गीत सार्वजनिक

झापा । पूजन मिश्रको आवाजमा सजिएको नयाँ तीज गीत “रोएरै बस्छु” सार्बजनिक भएको छ । उत्तम कुमार पोख्रेलको शब्द रहेको गीतमा सुन्दर संगीत संयोजन अहिलेका निकै नै जल्दाबल्दा र ब्यस्त संगीतकार कमल अधिकरीले गरेका छन् भने यस गीतको एरेन्जमेन्ट पनि कमल अधिकारीलेनै गरेका हुन् र यो गीतको मिक्सिङको काम सन्तोस पौडेलले गरेका हुन् । अनामनगरको […]

पूरा पढ्नुहोस्

आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो शक्ति बन्छ: लिङ्देन

चारआली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मंसिरमा हुन गइरहेको प्रदेश र संघीय चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो शक्तिको रुपमा स्थापित हुने दावी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं १ ले सोमबार चारआलीमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष […]

पूरा पढ्नुहोस्