मुख्य खबर

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको एकाइगत साधारण सभा सुरु

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको ३२ औं वार्षिक साधारण सभा अन्तर्गत एकाइगत साधारण सभा आइतबारदेखि सुरु भएको छ । आइतबार मेची एकाइ अन्तर्गत मेचीनगर – ८ स्थित किराँत याक्थुङ् चुम्लुङ्गको भवनमा सभा सम्पन्न भयो । इटाभट्टा सेवा केन्द्रका संयोजक कुमार ठाकुरको सभापतित्व एवम् मेचीनगर– ८ का वडाध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख […]

पूरा पढ्नुहोस्

चारआली खानेपानीको अध्यक्षमा राजन चिमरिया निर्वाचित

मेचीनगर, २ मंसिर । चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा राजन चिमरिया निर्वाचित भएका छन् । खर्भरै सम्पन्न मतगणनाको नतिजा अनुसार अध्यक्षमा नेकपा माओवादी केन्द्रका साझा समूहका उम्मेदवार राजन चिमरियाले ९११ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धीहरु काँग्रेसका बालकुमार विष्टको २७२ र एमालेका सन्तोष मेचेको ४९३ मत […]

पूरा पढ्नुहोस्

चारआली खानेपानी निर्वाचन भोलि त्रिपक्षिय भिडन्त हुने

चारआली  । चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ । चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि सत्ता साझेदार पार्टी नेकपा एमाले र नेपाली काँग्रेस एक्ला एक्लै चुनावी मैदानमा छन् । नेकपा माओवादी केन्द्रसहित अन्य दलको साझा उम्मेद्वार समूहबीच चुनावी प्रतिस्पर्धा […]

पूरा पढ्नुहोस्

मेचीनगरको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिका नगरकार्यपालिका झापाकाे आर्थिक वर्ष २०८०/०८१ मा स्वीकृत बार्षिक नीति, बजेट तथा कार्यक्रम सम्बन्धि बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ । नगर प्रमुख गाेपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख मीना पाेखरेल उप्रेतीले गरेकी थिइन् । मेचीनगर सभाहलमा आज (शुक्रबार) आयोजित कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूले आ-आफनाे शाखाले आर्थिक वर्ष […]

पूरा पढ्नुहोस्

बढ्दै छ दक्ष जनशक्तिको विदेश पलायन यात्रा, रित्तिंदै गाउँ

डम्बर बराल मेचीनगर । एक वर्षअघि भद्रपुर नपा वडा नम्बर – १० का विवेक कट्टेल पढ्नका लागि जापान गए । ब्याचलर तेस्रो वर्ष पढ्दै गर्दा जापानी भाषा सिके अनि ठूलो धनराशी लगानी गरेर उनी विदेश हानिए । मेचीनगर –८ की इसा गिरी अनि सोही वडाकी सविना भट्टराईपनि जापान गएको १ महिना बित्यो । विदेश पढ्न […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आगामी मंसिर २७ देखि रिडर्स फेष्टिवल आयोजना हुने

मेचीनगर २५ । झापाकोे मेचीनगरमा रिडर्स फेष्टिवल आयोजना हुने भएको छ । आगामी मंसिर २७ देखि २९ गते सम्म सञ्चालन हुने रिडर्स फेष्टिवलको आयोजना रिडर्स अभियानले गर्ने भएको छ । केही साता अघि मेचीनगरमा रिडर्स अभियान स्थापना भएसँगै कार्यक्रमको बारेमा बिभिन्न क्षेत्रसँग समन्वय र छलफल भइरहेको रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्यले आइतबार काँकरभिट्टामा आयोजत […]

पूरा पढ्नुहोस्

कोशीका पूर्वमन्त्री अधिकारी मानव तस्करीको आरोपमा पक्राउ

झापा, २५ कार्तिक । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभाका सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरिएको छ । अदालतबाट पक्राउको अनुमति पाएपछि अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अधिकारीलाई हवाइजहाजमा काठमाण्डौ पठाउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । नेकपा एमालेबाट आन्तरिक मामिला तथा कानून मन्त्री रहनु भएका […]

पूरा पढ्नुहोस्

सुरू भयो मेचीनगरबाट (युवा संकल्प यात्रा) हामीले निराशाको मात्रै कुरा गर्ने हो भने यो देश कसले बनाउँछ : युवा नेता शाही

काँकरभिट्टा, २३ कात्तिक । नेपालको राजनीति प्रति युवाको घट्दो आकर्षण, मौलाउँदो भ्रष्टचार र बढ्दो बेरोजगारीले यतिखेर नेपाल दक्ष युवाजनशक्ति विहिन बन्ने खतरा बढ्दै गएको छ । एस ईई परीक्षा पछि मुस्किलले कक्षा ११, १२ सिध्याउँछन् विद्यार्थीहरु । अनि सुरु हुन्छ जिल्ला प्रशासनमा ठूलै भीड, प्राय सबै नागरिकता र पासपोर्टको लाइनमा हुन्छन्, त्यसपछि को गन्तब्य, अष्ट्रेलिया, […]

पूरा पढ्नुहोस्

मेचीनगर –८ मा साँस्कृतिक कार्यक्रम, कलाकारसँगै झुमे दर्शक

डम्बर बराल मेचीनगर । शुक्रबार साँझ मेचीनगर – ८ स्थित मकरे चोक संगीतमय बन्यो । राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकार अनि बिभिन्न जातजातिको जातीय नृत्यले सहभागिहरुलाई मनोरञ्जन मात्र प्रदान गरेन । । आफ्नो सभ्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्न प्रेरित पनि गर्याे । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा नेवा : देय् दवू मेचीनगर – […]

पूरा पढ्नुहोस्

नेपाल सम्बत ११४५ को अवसरमा मेचीनगर –८ मा सांस्कृतिक कार्यक्रम आयोजना हुने

मेचीनगर । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा मेचीनगर –८ मा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । साँस्कृतिक सम्पदा पुर्खाको पौरख, नेपाल सम्बत राष्ट्रिय गौरव भन्ने मुल नाराका साथ नेवानेवा : देय् दवू  मेचीनगर – ८ वडा समितिको आयोजनामा हुन लागेको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारदेखि बिभिन्न जातजातिको जातीय नृत्य, संगिनी नृत्य, बालन प्रस्तुत […]

पूरा पढ्नुहोस्