मुख्य खबर

शिक्षा दिवसमा सयौं सम्मानित

मेचीनगर । राष्ट्रिय शिक्षा दिवस २०८१ मेचीनगरमा भव्यताका साथ मनाइएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन जारी भएको अवसर पारेर हरेक वर्ष असोज २ गते मनाइने शिक्षा दिवसअन्तर्गत बुधबार एक समारोहको आयोजना गरी दिवस बनाइएको हो । मेचीनगर–६, स्थित मेची सामुदायिक भवन काँकरभिट्टामा आयोजित समारोहमा शिक्षक, प्रअ, व्यवस्थापन समिति तथा शिक्षा सम्बन्ध सामाजिक संघ […]

पूरा पढ्नुहोस्

पितृ उद्धारको कामना गर्दै शरणागत मन्दिरमा सामुहिक अखण्ड दिप प्रज्वलन

मेचीनगर । पितृ उद्धारको कामना गर्दै मेचीनगर – ३ स्थित शरणागत मन्दिर परिसरमा ५० बढी सामुहिक दिप प्रज्वलन गरिएको छ । सद् गुरुदेव मानवसेवा फाउण्डेशनको संयोजनमा भएको धार्मिक कार्यक्रममा पितृ उद्धारको कामना गर्दै ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति रहेको मानवसेवा फाउण्डेशनका संयोजक मुकुन्द नेपालले बताए । बैदेशिक रोजगारीको शिलशिलामा बिभिन्न मुलुकमा रहनु भएका महानुभावहरुले सोह्र श्राद्धमा […]

पूरा पढ्नुहोस्

लागु औषध सहित दुई जना पक्राउ

झापा । झापा–सशस्त्र प्रहरी बल, नेपालले लागू औषध सहित दुई जना ब्यक्ति पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको कमाण्डमा खटिएको चेकप्वाईन्ट टोलीले लागू औषध ब्राउनसुगर सहित जिल्ला झापा कमल गाँउपालिका–७ बस्ने बर्ष २५ को सन्देश लिम्बु र बर्षीय ३६ को पूर्ण […]

पूरा पढ्नुहोस्

आदर्श विद्या मन्दिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

मेचीनगर । मेचीनगर ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी मा.वि.ले संविधान दिवसको अवसर पारेर मंगलबार विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । मेचीनगर सहकारीको सभा हलमा आयोजित प्रतियोगितामा जुनियरतर्फ कक्षा १ देखि ५ बाट छनौट भएका १० जना विद्यार्थी र सिनियर तर्फ कक्षा ६ देखि कक्षा १० बाट छनौट भएका १३ जना विद्यार्थीहरुले सहभागिता […]

पूरा पढ्नुहोस्

रेडियो मन्त्र तेस्रो वर्षमा प्रवेश, वार्षिक उत्सवमा पुरस्कार वितरण

मेचीनगर । झापा टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो मन्त्र आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । रेडियो मन्त्रले आज एक कार्यक्रमका बीच दोस्रो वार्षिक उत्सव मनाएको छ । रेडियो मन्त्र १०५.४ मेगाहर्जमा मेचीनगर ७ इटाभट्टाबाट २०७९ असोज १ गते प्रसारण सूरु गरेको थियो । कार्यक्रमकाबीच रेडियो मन्त्रले फेसबुक पेज मार्फत आयोजना गरेको तीज भिडियो […]

पूरा पढ्नुहोस्

सहकारी जीवन जिउने मूल आधार हो : मेयर बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले देश तथा समाजको दिगो विकासको आधार सहकारी भएको बताएका छन् । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १७ औं माइन्यूट प्रमाणित सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । “आधारभूत वर्गका मानिसहरुले आय आर्जन गर्दै बचत गर्ने र नहुनेहरुले ऋण लिएर त्यसबाट आय आर्जन […]

पूरा पढ्नुहोस्

बालकल्याण माविद्वारा विद्यार्थीलाई पुरस्कार, शिक्षकलाई सम्मान

सुरेन्द्रनगर । ६० औं राष्ट्रिय बाल दिवसको अवसर पारेर मेचीनगर– ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले शुक्रबार विभिन्न विधामा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले शैक्षिक बर्ष २०८० मा कक्षा उत्कृष्ट, अनुसाशित र सरसफाइमा उत्कृष्ट, उच्च हाजिरी प्राप्त गर्न सफल तथा कक्षा प्रथम ,द्वितीय ,तृतीय स्थान प्राप्त गर्न विद्यार्थीहरुलाई पुररस्कृत गरेकाृ […]

पूरा पढ्नुहोस्

वैकल्पिक खेतीले बाहुनडाँगीमा ल्याएको समृद्धि

डम्बर बराल मेचीनगर । मेचीनगर–४ बाहुनडाँगीका रमेश दाहालले एक दशक अघिसम्म आफ्नो जमिन बेचेर अन्यत्र बसाईँ जान निक्कै प्रयत्न गरे । तर, अन्यत्रबाट जमिन किन्न त्यस क्षेत्रमा कोही नपुगेपछि उनको बसाईँ सर्ने योजना सफल भएन । उनले सस्तैमा भएपनि जमिन बेच्ने सोच बनाएका थिए । रमेशको बसाइँ सर्ने सोचको पछाडि एउटै कारण थियो, हात्तीको त्रासबाट […]

पूरा पढ्नुहोस्

छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सम्पन्न, पुरूषोतम र रन्जित प्रथम

मेचीनगर । छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगितामा पुरूषोतम चौलागाई र रन्जित राई प्रथम भएका छन् । आज काँकरभिट्टामा सम्पन्न प्रतियोगितामा काठमाडौंका चौलागाई र उदयपुरका राई प्रथम हुँदै जनही नगद ५० हजार प्राप्त गरे । त्यस्तै उनीहरुले अब डिसेम्बर १३ देखि २२ सम्म दुवइमा हुने एशियन एमेच्युर चेस टुनामेन्टमा नेपालको प्रतिनिधित्व गर्ने छन् । नाइट चेस […]

पूरा पढ्नुहोस्

स्वास्थ्यकर्मी राम मगरको संयोजनमा बालकल्याणमा सचेतना

मेचीनगर । मेचीनगर –५ स्थित बालकल्याण माविमा बिहीबार प्रजनन् स्वास्थ्य, यौनिकता, माहिनावारी स्वच्छता, किशोर– किशोरीमा आउँने शारिरीक परिवर्तन लगायतका विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । किशोर – किशोरी र युवाहरुलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी स्वास्थ्य संस्थासँग प्राविधिक र व्यवस्था क्षमता अभिवृद्धि गर्न समुदायमा सचेतना जगाउँदै आएको एमपी एचडीले नगरका बिभिन्न वडामा […]

पूरा पढ्नुहोस्