मुख्य खबर

मेचीनगर –५ स्थित माङ्हिम मन्दिरमा तीन दिने धार्मिक मेला सुरु

मेचीनगर । किराँत समुदायका महान चाड उधौली पर्व (चासोक तङ्नाम)को अवसरमा मेचीनगर –५ स्थित माङ्हिम मन्दिर परिसरमा आइतबारदेखि तीन दिने धार्मिक मेला सुरु भएको छ । पर्वको अवसरमा आइतबार बिहानैदेखि किराँत धर्मावलम्बीहरुले माङ्हिम मन्दिरमा पुगेर पूजा आरधना गरे । मेचीनगर नगरपालिकाका मेयर गोपादचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य एवम् माङ्हिम मन्दिर संरक्षण समितिका अध्यक्ष हेमबहादुर सावदेनको सभापतित्वमा […]

पूरा पढ्नुहोस्

स्वअध्ययनको संस्कृतिलाई बढाउन आवश्यक छ : मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक रहेको बताएका छन् । झापाको मेचीनगरमा आयोजना भइरहेको रिडर्स फेस्टिबलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । नेपालको सिमावर्ती शहर काँकरभिट्टामा शुक्रबारबाट सञ्चालन भइरहेको तीनदिने रिडर्स फेस्टिबलको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले […]

पूरा पढ्नुहोस्

पत्रकार महासङ्घ झापामा पुनः एकराज गिरी

झापा, २९ मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार गिरी १३१ मतका साथ विजयी भएको निर्वान अधिकृत शिरो सान्दाइले जानकारी दिए । गिरी बर्तमान कार्य समितिका अध्यक्ष समेत हुन् ।अध्यक्षका प्रतिस्पर्धीहरु डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकाराम नेतीले ४ मत मात्र […]

पूरा पढ्नुहोस्

पाउ पाथिभराको अध्यक्षमा ढकाल

बिर्तामोड । पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल निर्वाचित भएका छन् । मंगलबार मनोनयन दर्ता हुँदा अध्यक्ष पदमा ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक टेकनाथ उप्रेतीले जनाएका छन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापित तथा अग्रज पत्रकार ढकालको नेतृत्वमा १४ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको वरिष्ठ […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको दुई दिवसीय साँस्कृतिक कार्यक्रम सम्पन्न

मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको दुई दिवसीय साँस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । पासाङल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा आयोजित प्रतियोगितामा प्याब्सनमा आवद्ध ३५ मध्ये ३३ वटा विद्यालयले उत्साहजनक सहभागिता जनाएका थिए । सो अवसरमा विद्यार्थीहरुले प्रतियोगितात्मक एकल तथा सामुहिक नृत्य, गायन, बिभिन्न जातजातिको जातीय नृत्य, प्रस्तुत गरेका थिए । प्रतियोगितामा सिनियर […]

पूरा पढ्नुहोस्

अनाथ र असहायको जीवन जिउने आधार बन्दै मानव सेवा आश्रम

डम्बर बराल मेचीनगर । उमेरले ८५ नाघेकी नरमाया बुढाथोकी बाहुण्डाँगी स्थित मानवसेवा आश्रममा आएको ६ महिना बित्यो । तेह्रथुमबाट झापा धरमपुर झरेकी नरमायाको बाल्यकाल अनि सिंगो जीवन पीडा अनि संघर्षमै बित्यो । विवाह के हो ? बुझ्न नपाउँदै सात वर्षकै उमेरमा बैबाहिक जीवनमा बाँधिएकी उनको विवाह भएको ६ वर्ष पनि वित्न नपाउँदै श्रीमानको निधन भएपछि […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले गरे मानव सेवा आश्रमको भवन उद्घाटन

मेचीनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मावनताभन्दा ठूलो अर्को सिद्धान्त नभएको बताएका छन् । मेचीनगर नगरपालिका(४ बाहुनडाँगीमा रहेको मानव सेवा आश्रमको भवन उद्घाटन एबम् गुरुयोजनाको शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । उनले मानवताको क्षेत्रमा उत्साहजनक काम गर्दै आएकोमा प्रशंसा गर्दै आफ्नो एक महिनाको पारिश्रमक समेत भवन निर्माणका लागि प्रदान गर्ने उद्घोष गरेका […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओली विरुद्ध खनिए मेचीनगरमा रास्वपा कार्यकर्ता

 मेचीनगर । गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले कालो झण्डा देखाएका छन्। मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न स्थलतर्फ जाने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध उनीहरूले नाराजुलुश गरेका हुन्। सोही क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का […]

पूरा पढ्नुहोस्

मेचीनगर– ५ स्थित माङ्हिम परिसरमा तीन दिने धार्मिक मेला आयोजना हुने

मेचीनगर । लिम्बू समुदायको महानचाड ‘चासोक तङ्नाम’ को अवसरमा मेचीनगर– ५ स्थित माङ्हिम परिसरमा सांगीतिक कार्यक्रम सहित तीन दिने धार्मिक मेला आयोजना हुने भएको छ । मेला आयोजक समितिले शनिबार माङ्हिम परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी दिएको हो । ‘चासोक तङ्नाम’ को अवसरमा हामी हरेक वर्ष तीन दिने मेला सहित सांगीतिक कार्यक्रम […]

पूरा पढ्नुहोस्

मेचीनगरमा लैंगिक हिंसा र कानुन सम्बन्धी अन्तरक्रिया सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाइरहेको छ । सोही क्रममा नगरपालिकाले अभियानको १२ औं दिन शुक्रबार लैंगिक हिंसा र कानुन सम्बन्धि नगरका सरोकारवाला निकायबिचअन्तरक्रिया सम्पन्न गरेको छ । मेचीनगर सभाहलममा उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षता आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा […]

पूरा पढ्नुहोस्