मुख्य खबर

ढल्यो प्रचण्ड सरकार, पदमुक्त भएसँगै प्रचण्डले छाडे बालुवाटार

काठमाडौं, २८ असार। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन् । यसअघि प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका थिए । एमालेले समर्थन फिर्ता […]

पूरा पढ्नुहोस्

मेचीनगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाले सार्वजनिका सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले संरक्षण र प्रवर्द्धन गर्ने बिषयवस्तुमा नगरपालिका चुकेकाले सुधार गरेर अघि बड्न सुझाव दिएका थिए । सहभागीहरुले खेलकुद, ब्यवसाय, शिक्षा, स्वास्थ्य, कला तथा संस्कृति, कृषि लगायत विकास निर्माणमा नगर र नागरिकको हितमा लागि परेर समयमै कार्यसम्पादन गर्न सुझाव दिएका थिए । सुशासन, सेवा […]

पूरा पढ्नुहोस्

नयाँ पक्की घर पाएपछि भूजेल परिवारको मुहारमा छायो खुशी

मेचीनगर ।  मेचीनगर १२ की करुणा भूजेलको मुहारमा बिहीबार बिहान खुशीको सीमा थिएन । उनीमात्र होइन उनका दुईजना दाजु अनि बुवा समेत निक्कै उत्साहित थिए । उनीहरुको खुशीको एउटै कारण थियो । ‘अनुसन्धान करुणा गृह’ । दुई महिना अघि आमा गुमाएका ति तीन कलिला बालबालिकाको लागि पत्रकार खगेन्द्र घिमिरेले अगुवाइ गरेर करुणा गृह निर्माण गरी […]

पूरा पढ्नुहोस्

रोटरी क्लव अफ सुरुङ्गाको रक्तदानमा ५४ पिन्ट रगत संकलन

कनकाई । रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त आयोजनामा आज बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कनकाई—३ सुरुङ्गा स्थित नेपाल बैंक रहेको कुमुदिनी भवन परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको जनाइएको छ । वर्षातको समयमा रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै रोटरी क्लवले रक्तदान कार्यक्रमलाई आफ्नो वार्षिक क्लालेण्डरका रुपमा संचालन […]

पूरा पढ्नुहोस्

मेचीनगर –५ मा ४५० घन लिटर क्षमताको ओभरहेड टेंकी निर्माण हुने, सांसद शर्माले गरे शिलान्यास

मेचीनगर । मेचीनगर –५ स्थित सिर्जनाचोकमा ४५० घन लि. क्षमताको ओभरहेड टेंकी निर्माण हुने भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बिहीबार एक कार्यक्रमकाबीच ओभर हेड टंकीको शिलान्यास गरेको हो । काँकरभिट्टा सहलगानी अन्तरर्गत निर्माण हुने उक्त ओभर हेड टेंकीको शिलान्यास संघीय सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे । कार्यक्रमका प्रमुख […]

पूरा पढ्नुहोस्

हात्ती आगमन सुचना प्रविधि केन्द्र बाहुनडाँगीमा स्थापना : यसको भरपुर प्रयोग गर्न सभामुख घिमिरेको आग्रह

बाहुनडाँगी । नेपालमै पहिलो पटक हात्ती आगमन सूचना प्रविधि केन्द्र झापाको मेचीनगरमा सञ्चालनमा आएको छ । उक्त केन्द्रको मेचीनगर—४ बाहुनडाँगीमा शुक्रबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शुभारम्भ गरे । मेचीनगर नगरपालिकाले आयोजना गरेको हात्ती आगमन सुचना केन्द्र शुभारम्भ समारोहमा सभामुख घिमिरेले आफ्नै मोवायलमा लुना जीपीएस एप डाउनलोड गरी त्यसको बटम थिचेर सुचना प्रवाह गरी कन्ट्रोल […]

पूरा पढ्नुहोस्

रोटरी क्लब अफ मेचीनगरको चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न 

धुलाबारी । रोटरी क्लब अफ मेचीनगरको चौथो पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । धुलाबारी स्थित होटल रोयल निर्भानमा आयोजित कार्यक्रमको उद्घाटन रोटरीका डिष्ट्रीक गर्भनर राजेन्द्रमान शेरचनले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डिष्ट्रीटक गर्भनर शेरचनले प्लाष्टिकको प्रयोगको न्यूनिकरण, शिक्षा र स्वास्थ्य रोटरीको पहिलो प्राथमिकता रहेको भन्दैं शिक्षाका क्षेत्रमा काम गर्दा छात्रालाई प्राथमिकतामा […]

पूरा पढ्नुहोस्

मेचीनगरबाट एसईईमा यी आठ निजी विद्यालयले निकाले शत प्रतिशत नतिजा

मेचीनगर । एसईई परीक्षा २०८० मा मेचीनगरका ८ वटा निजी विद्यालयले सतप्रतिशत नतिजा निकालेका छन । मेचीनगरका ३८ वटा निजी विद्यालयबाट एसईई परीक्षमा विद्यार्थी मध्ये ८ वटा विद्यालयबाट सहभागि भएका सबै विद्यार्थी उर्तिण भएको मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताउनु भयो । भण्डारीले दिनु भएको जानकारी अनुसार दुर्गा आवासिय मावि मेचीनगर १२ का १९ […]

पूरा पढ्नुहोस्

मेची कृषक सहकारीले मनायो २१ औं धान दिवस

मेचीनगर,१५ असार । मेची कृषक बहुमुखी सहकारी संस्थाले शनिबार २१ औं धान दिवस उल्लास पूर्ण रुपमा मनाएको छ । आफ्ना सदस्य कृषकहरुलाई ब्यवसायिक कृषि उत्पादकनालागि प्रोत्साहित गर्दै आएको सहकारीले सहकारी संस्थाका सदस्य मेचीनगर ५ निवासी मोतिलाल पुरीको करिव १० कठ्ठा खेतमा धान रोपेर धान दिवस मनाएको हो । मेची कृषक सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको […]

पूरा पढ्नुहोस्

४० वटा जेसीज शाखाका पदाधिकारी बिर्तामोडमा

 बिर्तामोड । आफूमा भएको क्षमतालाई प्रस्तुत गर्दै क्षमतावान बनाउने उद्देश्यले नेपाल जेसीजले ४० वटा शाखालाई दुई दिवसीय कार्याशाला सुरु गरेको छ । शुक्रबार झापाको बिर्तामोडमा औपचारिक कार्यक्रमबीच कार्यक्रमको प्रमुख अतिथि मेचीनगरकी उपमेयर मिना पोख्रेल उप्रेतीले उद्घाटन गरेपछि `एरिया ए´ का लागि `इन्पावरिङ एसजी´ दुईदिने कार्याशाला सुरु भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले […]

पूरा पढ्नुहोस्