मुख्य खबर

झापा–१, समानुपातिक : कांग्रेसको अग्रता, दोस्रो सुर्य र तेस्रोमा घण्टी

मेचीनगर, ९ मंसिर । झापा क्षेत्र नं. १ मा समानुपातिकका उम्मेदवारहरुको मतगणना भइरहेको छ । शुक्रबार दिउँसो ३ वजेसम्मको ताजा मतपरिणाम अनुसार ४८ हजार ७९९ मत खस्दा नेपाली कांग्रेसको रुख चिन्हले १७ हजार १९९ मतसहित अग्रता लिइरहेको छ । त्यस्तै नेकपा एमालेको सुर्य चिन्हले १४ हजार ११३ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । यता […]

पूरा पढ्नुहोस्

झापा–३ बाट राजेन्द्र लिङदेन विजयी

भद्रपुर, ८ मंसिर । झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले पराजित गरेका हुन् । लिङदेनले ४० हजार ६६२ मत ल्याउँदा कांग्रेसका सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए […]

पूरा पढ्नुहोस्

झापा(१) विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले बिजयी

मेचीनगर, ७ मंसिर । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बुधबार सकिएको मत गणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका अग्नी खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा सांसद चुनिएका हुन् । शर्माले ३९ हजार ६२४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी खरेलले २५ हजार ३४९ मत पाएका छन् । निर्वाचित […]

पूरा पढ्नुहोस्

झापा–१ (ख) बाट राप्रपाकी सबिना बजगाई विजयी

मेचीनगर, ७ मंसिर । झापा–१ अन्तरगत प्रदेशसभा २ बाट सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित भएकी छन् । बुधबार सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका श्यामविर लिम्बुलाई १ हजार ३८८ मतान्तरले पराजित गर्दै बजगाई सांसद बनेकी हुन् । महिला नेतृ एवम राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहेकी बजगाईले १३ हजार […]

पूरा पढ्नुहोस्

झापा १ प्रदेश (क) मा नेपाली काँग्रेसका गोपाल तामाङ विजयी

मेचीनगर, ७ मंसिर । झापा १ प्रदेश (क)  मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य  पदका उम्मेदवार गोपाल तामाङ  विजयी भएका छन। एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन । तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे । कुल ४८ हजार […]

पूरा पढ्नुहोस्

झापा १ मा विश्वप्रकाश शर्माको जित सुनिश्चित बन्यो

झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो । यो क्षेत्रमा गन्न बाँकी मत ११ हजार ३९१ छ । शर्मा आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा १२ हजार ६८० […]

पूरा पढ्नुहोस्

झापा १ मा विश्वप्रकाश शर्मा ६ हजार ५७३ मतले अगाडि

झापा, ६ मंसिर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् । ३४ हजार ४ सय २९ मत गनिसक्दा शर्माको १७ हजार २८९ र नेकपा एमालेका तर्फबाट अग्नी खरेलले १० हजार ७१६ मत ल्याएका छन् । शर्मा र खरेलको मतान्तर ६ हजार ५ सय ७३ रहेको छ । […]

पूरा पढ्नुहोस्

झापा– ५ मा एमाले अध्यक्ष ओलीको मतान्तर फराकिलो बन्दै

दमक,६ मंसिर । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनी ६ हजार ५५५ मतले अघि छन् । ओलीले १५ हजार ५१० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीले ८ हजार ९५५ मत ल्याएर पछ्याइरहेका छन् ।  

पूरा पढ्नुहोस्

काठमाडौं– ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं, ६ मंसिर । नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकालेका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । सत्ता गठबन्धनकी […]

पूरा पढ्नुहोस्

चितवनमा रवि लामिछानेले लिए अग्रता

चितवन,६ मंसिर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् । लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।  

पूरा पढ्नुहोस्