स्थानीय खबर
बुधबारे जेसीज द्वारा ६ वटा विद्यालयका छात्रा र शिक्षिकालाई प्याड वितरण
मेचीनगर, १६ माघ । बुधबारे जेसीजले विहीबार बुद्धशान्ति गाउँपालिकाका ६ वटा संस्थागत विद्यालयका ७ सय ५० छात्रा तथा शिक्षिकालाई सेनेटरी प्याड वितरण गरेको छ । आहा स्कुल कार्यक्रम अन्तर्गत संस्थागत विद्यालयलाई सेनेटरी प्याड वितरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताए ।कञ्चनजंघा हस्पिटल इक्युपमेन्ट प्रालि बिर्तामोडको सहयोगमा कर्णाली एजुकुशेन फाउन्डेसन, ज्योति अंग्रेजी मावि, मुनामदन एकाडेमी, […]
पूरा पढ्नुहोस्
बालकल्याण मावि द्वारा तीन शिक्षिकालाई सम्मान तथा बिदाई
डम्बर बराल सुरेन्द्रनगर, १५ माघ । मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले तीनजना पूर्व शिक्षिकाहरुलाई सम्मान तथा बिदाई गरेको छ । विद्यालयले बिहीबार आयोजित एक कार्यक्रमकाबीच विद्यालयकी पूर्व शिक्षिका त्रय कल्पना महत, डिकमायाँ इधिङगो र पुजा घिमिरेलाई सम्मान सहित बिदाई गरेको हो । करिव १वर्ष अघि विद्यालयबाट अवकाश पाएका उनिहरुलाई कोभिडका कारण विद्यालयले तत्काल औपचारिक […]
पूरा पढ्नुहोस्
पूर्व सांसद एलपी साँवालाई मातृशोक
झापा, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य एलपी साँवा लिम्बूलाई मातृशोक परेको छ ।विघटित प्रतिनिधि सभाका सांसद साँवाकी आमा दिलमाया लिम्बूको आज विहान निधन भएको उनका स्वकीय सचिव सिकिन पासवानले जानकारी दिए ।बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचाररत दिलमायालाई बुधबार डिस्चार्ज गरेको थियो ।दुधे स्थित निजी निवासमा उनको निधन भएको थियो । […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा पुनस्थार्पनाको माग गर्दै आज काँकरभिट्टामा नागरिक आन्दोलन
मेचीनगर, १५ माघ ।प्रतिनिधिसभा विगटन भए सँगै देशभर त्यसको विरोधमा जनलहर बढ्दै जान थालेको छ । बिभिन्न राजनीतिक दल देखि नागरिक समाज समेत चरण वद्ध रुपमा आन्दोलनमा होमिन थालेका छन् । ‘संविधानको रक्षा र प्रतिनिधिसभा पुनस्थार्पनाको माग गर्दै बिहीवार झापाको काँकरभिट्टा नागरिकले प्रदर्शन गर्ने भएकाछन्। विभिन्न पेशा र व्यवसायसँग आबद्ध उनीहरुले नागरिक आन्दोलन कार्यक्रम मार्फत […]
पूरा पढ्नुहोस्मेची उद्योग बाणिज्य संघ र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश बीच भंगिनी सम्बन्ध कायम
लक्ष्मी उप्रेती वालिङ, १४ माघ मेची उद्योग बाणिज्य संघ प्रदेश नम्बर १ झापा र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश स्याङ्जा बीच भंगिनी सम्बन्ध कायम भएको छ । बुधबार वालिङ उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित कार्यक्रममा मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम्, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय […]
पूरा पढ्नुहोस्
बिर्तामोड स्थित डोमालाल रंगशालाको जग्गा गुठीकै नाममा फिर्ता
झापा, १३ माघ । बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गरेका छन् ।२०७७ माघ १२ गते भुमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई विमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गरेका हुन् ।नेपाल सरकारको सहसचिव समेत रहेका विमलीले आमा टीकादेवी विमलीको नाममा मोही खरिद गरिएको जग्गा फिर्ता गरेको […]
पूरा पढ्नुहोस्
समाजसेवी भीखमचन्द द्वारा विपन्नलाई जाडोमा न्यानोकपडा वितरण
झापा,१२ माघ । विराटनगर निवासी समाजसेवी भीखमचन्द सरलले झापा गौरीगञ्ज –२ स्थित हेमना डाँगीका विपन्न परिवारलाई राहात वितरण गरेका छन् । जनकल्याण प्रतिष्ठान नेपालका राष्ट्रिय उपाध्यक्ष समेत रहेका सरलले सो क्षेत्रका विपन्न १९ घर परिवारलाई कम्मल र ५० जनालाई जाडोमा न्यानो कपडा सुईटर प्रदान गरेका थिए । स्थानीय एतवार टुडुको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय ४४ […]
पूरा पढ्नुहोस्
धुलाबारीमा प्रचण्ड–नेपाल समूहको विरोध सभा
मेचीनगर,१० माघ । प्रतिनिधिसभा विघटनको घोषणा खारेजीको माग गर्दै नेकपाको प्रचण्ड–नेपाल समूहको मेचीनगर कमिटीले धुलावारीमा विरोध र्याली र सभा सम्पन्न गरेको छ । र्याली पछि आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले पार्टीको विधान र मर्यादालाई कुल्चेर एकलौटी आफुखुशी मनपरी […]
पूरा पढ्नुहोस्