स्थानीय खबर
युवा नागरिक समाज मेचीनगर अध्यक्षमा खड्का
मेचीनगर, २४ असार । धुलाबारीका युवा नेता एवम् समाजसेवी प्रकाश खड्काको अध्यक्षतामा युवा नागरिक समाज मेचीनगर गठन भएको छ । धुलाबारीको होटल रोयल निर्माणमा एक कार्यक्रमको आयोजना गरेर युवा नेता खड्काको नेतृत्वमा सो संस्था गठन गरेको हो । युवाहरुको भेलाले खड्काको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रविन भण्डारी, […]
पूरा पढ्नुहोस्गोल मरिच खेती तथा प्रशोधन सम्बन्धी पुस्तक बिमोचन
मेचीनगर । डा. शरणकुमार रिजालद्धारा लिखित गोल मरिच खेती तथा प्रशोधन सम्बन्धी पुस्तक शनिवार बिमोचन भएको छ । मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार चन्द्र भण्डारीले पुस्तक विमोचन गरेका हुन् । पुस्तक बिमोचन पछि प्रमुख अतिथि भण्डारीले पर्यावरणसँग जोडिएको मरिच खेतीले जीवन निर्वाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । मरिच ‘कालो सुन’ हो […]
पूरा पढ्नुहोस्सांसद बजगाईको पहलमा ९ करोड बढीको बजेट
मेचीनगर, २३ असार । कोशी प्रदेशकी प्रदेशसभा सदस्य सबिना बजगाईको पहलमा झापा निर्वाचन क्षेत्र १ (ख)मा ९ करोड भन्दा बढी रकमको योजना परेको छ । यस निर्वाचन क्षेत्र सांसद बजगाईको आफ्नै निर्वाचन क्षेत्र हो । जसमा प्रदेश अन्तर्गतका विभिन्न मन्त्रालयबाट आवश्यक्ता र प्राथमिकताका आधारमा आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ९ करोड २७ लाख ५६ […]
पूरा पढ्नुहोस्कोशीको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त
विराटनगर,२१ असार । नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा […]
पूरा पढ्नुहोस्मेचीनगरमा ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे
मेचीनगर । मेचीनगर नगरपालिकामा चालुआर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ । नगरपालिकाले प्रदेश र संघीय सरकारबाट प्राप्त बजेटले नगरका बिभिन्न स्थानमा सडक कालोपत्रे गर्ने कार्यलाई तिब्रता दिएको हो । नगरपालिकाले प्रत्येक वडामा २ किलोमिटर कालोपत्रे बाटो निर्माण गर्ने गरिको योजना अगाडी बढाइएको बताउँदै मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार […]
पूरा पढ्नुहोस्साहित्यकार खरेलको निधन
मेचीनगर, १८ असार । मेचीनगर ६ निवासी साहित्यकार बिजय खरेलको ७७ वर्षको उमेरमा निधन भएको छ । एक महिनादेखि अमेरीकामा रहँदै आएका खरेकोको आइतवार विहान ३ बजे उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । खरेल अमेरिका पुगेको केही समयपछि ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी भएका थिए । पछिल्लो समय उनको भेन्टिलेटरमा […]
पूरा पढ्नुहोस्हात्तीको आक्रमणमा परी मेचीनगरमा एक बृद्धाको मृत्यु
मेचीनगर, १८ असार । जंगली हात्तीको आक्रमणमा परी धुलाबारीमा एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको हात्ती आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूजा गर्नका फूल खोज्ने क्रममा घरबाहिर निस्केकी साहलाई बिहान करिब ५ बजे घर नजिकै हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै […]
पूरा पढ्नुहोस्मेचीनगरमा विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न
मेचीनगर,१८ असार । हरेक किसिमका विपदबाट समुदायलाई कसरी बचाउन सकिन्छ ? भन्ने विषयमा सोमबार मेचीनगरमा सरोकारवालाहरुबीच छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाको आयोजना रहेको कार्यक्रममा विपदको समयमा अपनाउनुपर्ने कार्य तथा विपद समाधानका लागि अवलम्बन गर्नुपर्ने उपायहरुका बारेमा छलफल भएको हो । कार्यक्रममा वडा स्तरीय तवरबाटै विपद प्रतिकार्य योजना बनाएर अघि […]
पूरा पढ्नुहोस्छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला…
मेचीनगर, १५ असार । धान दिवसको अवसरमा मेचीनगरका बिभिन्न विद्यालयका विद्यार्थीहरुले दही चिउरा खाएर धान रोपेका छन् । मेचीनगर १० धुलाबारी स्थित इष्ट होराइजन माविका विद्यार्थी र मेचीनगर २ स्थित बौद्धमोड इड्लिस बोर्डिड स्कूलका विद्यार्थीले उत्साहका साथ धान रोपेका छन् । बौद्धमोड इड्लिस बोर्डिड स्कुलका विद्यार्थीहरु मेचीनगर ७ स्थित मानव आश्रम पुगेका थिए भने इष्ट […]
पूरा पढ्नुहोस्आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव
झापा । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि ः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि […]
पूरा पढ्नुहोस्