स्थानीय खबर

जेठ ४ देखि मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने

मेचीनगर, वैशाख २७ । मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा जेठ ४ गतेदेखि झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्ला भरीबाट विद्यालयहरुले सहभागिता जनाउने आज झापा जिल्ला क्रिकेट संघको […]

पूरा पढ्नुहोस्

तीन महिला पत्रकारले पुरा गरे, विभेद बिरुद्धको मेची–महाकाली साइकल यात्रा

मेचीनगर । समाजमा घट्ने गरेका सबैखाले विभेद बिरुद्ध सचेतना जगाउँदै बैशाख ६ महेन्द्रनगरको गड्डाचौकीबाट सुरु भएको तीन महिला पत्रकारहरुको साइकल यात्रा मंगलबार पुरा भएको छ । एक हजार २८ किलोमिटर यात्रा दैनिक ५१ किलोमिटरका दरले उनीहरुले २० दिनमा पुरा गरेका हुन् । जातीय, क्षेत्रीय, लैंगिक लगायत बिभिन्न किसिमका हिंसालाई न्यूनिकरण गर्न सचेतना जगाउँदै बैशाख ६ […]

पूरा पढ्नुहोस्

मेचीनगरमै खुल्यो सुविधा सम्पन्न रिकण्डिसन एण्ड सर्भिस सेन्टर

मेचीनगर,२५ बैशाख । मेचीनगर–७ स्थित आयाबारीमा सुविधा सम्पन्न ‘माई वल्र्ड रिकण्डिसन एण्ड सर्भिस सेन्टर सञ्चालनमा आएको छ । मेचीनगरका–६ का युवा नेता ओमप्रकाश खापुङसहित नारायण लिम्बू र रसाइली ब्रदर्श परिवारको करिब २ करोड लगानीमा खुलेको रिकण्डिसन एण्ड सर्भिस सेन्टरको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । सोमबार रिकण्डिसन हाउसको मूल गेटमा टाँगिएको रिवन काटेर […]

पूरा पढ्नुहोस्

तिरिङदेखि सलकपुर सम्मको क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने

तिरिङ, २४ बैशाख । मेचीनगर–१ को तिरिङदेखि सलकपुर सम्मको क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय जुट्न थालेका छन् । शनिबार वडा नम्बर १ को तिरिङ खोला स्थित देवीथानको चौतारामा भेला भएका स्थानीय समाजसेवीहरुको भेलाले यस क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै एकजुट भएर लाग्ने प्रतिबद्वता जनाएका हुन् […]

पूरा पढ्नुहोस्

बौद्धमोडमा निशुल्क आँखा शिविर, ३७० जनाले लिए सेवा

बौद्धमोडमा । २५६७औँ बुद्ध जयन्तीको अवसर पारेर मेचीनगर –२ स्थित बौद्धमोड इङ्लिस बोर्डिङ स्कुल परिषरमा एक दिवसीय निशुल्क आँखा शिविर सम्पन्न भएको छ । बौद्धमोड इङ्लिस बोर्डिङ स्कुल, हरिहर सत्संग धार्मिक बिकास संस्था, ब्रह्माण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था लि. तथा दुर्गा चन्द्र मेमोरियल ट्रष्टको संयुक्त आयोजना तथा मेचिनगर नगरपालिकाको आर्थिक सहयोग […]

पूरा पढ्नुहोस्

मेचीनगर ९ मा माङहिम उद्घाटन, पूर्वमन्त्रीदेखि पूर्वमेयरसम्म सम्मानित

मेचीनगर, वैशाख २२ । किरातेश्वर माङहिम मेचीनगर ९ ले एक कार्यक्रमको आयोजना गर्दै पूर्वमन्त्रीदेखी पूर्वनगरप्रमुख सम्मलाई सम्मान गरेको छ । बुद्ध जयन्ती तथा उभौली पर्वको अवशरमा आज एक भव्य कार्यक्रमको आयोजना गर्दै किरातेश्वर माङहिमले पूर्व कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री समेत रहनुभएका नरेन्द्रविक्रम नेम्वाङ, माङहिम मन्दिर निर्माणका निम्त्ति जग्गा दिनुहुने जग्गादाता दम्पती पदमबहादुर योङहाङ […]

पूरा पढ्नुहोस्

प्रेस युनियन झापाको अधिवेशन वैशाख ३१ गते हुने

झापा, २२ वैशाख । नेपाल प्रेस युनियन झापा शाखाको १० ओैं अधिवेशन वैशाख ३१ गते हुने भएको छ । बिर्तामोडमा शुक्रबार सम्पन्न प्रेस युनियन झापाको बैठकले वैशाख ३१ गते आइतबार जिल्ला अधिवेशन गर्ने निर्णय भएको युनियन झापाका अध्यक्ष इन्दु पुर्वेलीले जानकारी दिइन् । अध्यक्ष पुर्वेलीको अध्यक्षतामा बसेको बैठकले अधिवक्ता नारायण पौडेलको संयोजकत्व तिन सदस्यीय निर्वाचन […]

पूरा पढ्नुहोस्

मेचीनगर–४ मा निशुल्क आँखा शिविर सम्पन्न

मेचीनगर । मेचीनगर–४ वडाकार्यालयको आयोजना तथा मेची नेत्रालयको प्राविधिक सहयोगमा शनिवार एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर उद्घाटन कार्यक्रममा वडाध्यक्ष अर्जुन कुमार कार्कीले वडावासीको स्वास्थ्यलाई ध्यानमा राखेर शिविर सञ्चालन गरेको बताए । नेत्रालयका डा. प्रज्वल भट्टराईको नेतृत्वमा गएको प्राविधिक सहितको टोलीले आँखा परीक्षण गरेको थियो । शिविरमा ३०६ जनाले आँखा परीक्षण […]

पूरा पढ्नुहोस्

बाहुण्डाँगी जेसीजको व्यवस्थापन तालिम सम्पन्न

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको आयोजना तथा मेचीनगर २ को सहयोगमा एक दिने कार्यक्रम व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । हात्ती रिसोर्ट बाहुण्डाँगीमा सम्पन्न तालिमको सहजीकरण नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले गरेका थिए । प्रशिक्षक निरौलाले शाखामा होस या कुनै पनि संघ संस्थामा कार्यक्रम व्यवस्थापन कसरी गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा सहजीकरण गरेका […]

पूरा पढ्नुहोस्

विविध कार्यक्रम सहित मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह सम्पन्न

मेचीनगर । मेचीनगर लेडी जेसीजले शुक्रबार क्यान्सर सम्वन्धी सचतना जगाउँदै जेसीज सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । चैत २५ गतेबाट सुरु भएको जेसीज सप्ताह अभियान आज सम्पन्न भएको हो । मेचीनगर लेडीजेसीज वर्ष २०२३ की अध्यक्ष जेसी रश्मी थापाको सभापतित्व तथा साहयक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न सचेतना कार्यक्रममा सहभागिहरुलाई नोवेल […]

पूरा पढ्नुहोस्