स्थानीय खबर
आधुनिक साकोसको सदस्य शिक्षा कार्यक्रममा बिउ बिजन वितरण
भद्रपुर, १४ बैसाख । आधुनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (आबस) ले सदस्यहरुलाई बिउ बिजन वितरण गरेको छ । आज (बिहिबार) भद्रपुर-४ लक्ष्मीनगरस्थित चन्द्र मौलेश्वर महादेव सोम तिर्थ धाम भवनमा आयोजित सदस्य शिक्षा तथा बित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेर संस्थाले दुईसय भन्दा बढी सदस्यलाई मौसम अनुकूलको बिउ बिजन वितरण गरेको हो । सदस्य शिक्षा […]
पूरा पढ्नुहोस्नक्कली लालपुर्जा बाँडेर रकम असुलेको आरोपमा गिरी पक्राउ
मेचीनगर,१४ वैशाख । काँकरभिट्टा स्थित मेचीडाँडाका सयौ घरपरिवारलाई नक्कली लालपूर्जा वितरण गरी रकम रकम असुलेको आरोपमा प्रहरीले काँकरभिट्टाका ज्ञानबहादुर गिरीलाई नियन्त्रणमा लिएको छ । रकम असुलेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले गिरीलाई नियन्त्रणमा लिएको हो । गिरीले पूर्जा दिलाइदिन्छु भन्दै कयौँ परिवारसगँ न्युनतम १५ देखी ७५ हजारसम्म रकम लिएको पीडितहरुले आरोप लगाएका छन् । । […]
पूरा पढ्नुहोस्
मानसिक स्वास्थ्यका विषयमा कचनकवलमा छलफल
झापा, १३ बैशाख । झापाको कचनकवल गाउँपालिकामा दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । स्थानीय सरकारका प्रतिनिधि, विद्यालयका शिक्षक र अग्रपंक्तिमा काम गर्नेहरूलाई मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श तालिम दिइएको हो । कचनकवल गाउँपालिकाको आयोजना तथा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल एसएनजेडी झापाको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्ष कचनकवल […]
पूरा पढ्नुहोस्
असी प्रतिशत काम सम्पन्न गर्याैँ : वडाध्यक्ष कनकबहादुर कार्की
डम्बर बराल मेचीनगर । राज्य पुनः संरचना पछि दुईपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा सहित आएको संघीयता कायान्वयनमा निक्कै चुनौति भइरहेको भएपनि स्थानीय तह अधिकार सम्पन्न हुँदा विगत ६ वर्षयता जनप्रतिनिधिहरु आफ्नो वडाको मुहार फेर्ने अभियानमा कस्सिएका छन् । २० वर्षसम्म देशमा कर्मचारीतन्त्र हावी हुँदा विकासले नदेखेका र […]
पूरा पढ्नुहोस्
विधुत आपूर्ति नियमित गर्न माग गर्दै मेची उद्योग वाणिज्य संघले बुझायो ज्ञापन
मेचीनगर । मेचीनगरमा केही सातायता अघोसित रुपमा लोडसेटिङ भइरहेको भन्दै मेची उद्योग वाणिज्य संघले विधुत आपूर्ति सहजबनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । संघले नेपाल विधुत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको हो । मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेम प्रसाईको नेतृत्वमा गएको टोलीले नेपाल विधुत प्राधिकरण धुलाबारी वितरण केन्द्रका निमित्त प्रमुख ईन्जिनियर ज्ञान […]
पूरा पढ्नुहोस्
मेचीनगरकी मधुदेवीले पूरा गरिन् १३ महिनाको कठोर तपस्या
मेचीनगर । मेचीनगर–१० निवासी ५६ वर्षीया मधुदेवी नाहटाले १३ महिनाको कठोर तपस्या (ब्रत) पूरा गरेकी छिन् । उनले धुलाबारीस्थित आफ्नै घरमै बसेर तपस्या पूरा गरेको जैन स्वेताम्बर तेरापन्थी सभा धुलाबारीका अध्यक्ष सुनिल जैनले जानकारी दिए । आध्यात्मिक कीर्तिमान स्थापित गर्दै नाहटाले लगभग ४ सय दिनसम्म प्रत्येक वैकल्पिक दिनको चौबिसै घण्टा निर्जल, निराहार, उपवास एवम् मौनव्रत […]
पूरा पढ्नुहोस्
सुसेली साहित्यिक परिवारद्वारा पत्रकार भण्डारी र लिम्बु सम्मानित
काँकरभिट्टा, । सुसेली साहित्यिक परिवार मेचीनगरले स्थापना गरेको सुसेली प्रतिभा पुरस्कार तथा प्रा.डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार दुईजना व्यक्तित्वलाई प्रदान गरिएको छ । काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित कार्यक्रममा सुसेली प्रतिभा पुरस्कार सामाजिक व्यक्तित्व मणिकुमार लिम्बुलाई र प्रा.डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार पत्रकार चन्द्र भण्डारीलाई प्रदान गरिएको हो । कार्यक्रममा ‘सुसेली–अंक २०’ तथा सुसेलीका सम्पादक विजय खरेलको कुथुङ्ग्रीहरुको […]
पूरा पढ्नुहोस्
खेलकुद पत्रकार मञ्चको अध्यक्षमा इन्द्रजित
झापा, ९ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा इन्द्रजित मुखिया सर्वसम्मत चयन भएका छन् । शनिवार बिर्तामोडमा भएको मञ्चको जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । नेपाल टेलिभिजनका झापा सम्वाददाता पत्रकार मुखिया दुई दशक अघिदेखि झापाको पत्रकारितामा सक्रिय छन् । आँगन एफएमका […]
पूरा पढ्नुहोस्
धुलाबारीमा भोलिदेखि प्रथम अन्तरवडा फुटसल प्रतियोगिता हुने
धुलाबारी । मेचीनगर– १० स्थित धुलाबारीमा बुधबारदेखि प्रथम अन्तरवडा फुटसल प्रतियोगिता हुने भएको छ । धुलाबारी फुटसल एरिनाको आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । बैशाक ६ गते सुरु भएर ९ गते सम्पन्न हुने प्रतियोगितामा मेचीनगरका १० वटा टिमले भाग लिने पत्रकार सम्मेलनका संयोजक […]
पूरा पढ्नुहोस्
पूर्वी सिमानाबाट हात्ती द्वन्द्व नियन्त्रणको नयाँ अभियान
डम्बर बराल मेचीनगर, ४ बैशाख । मानिस र हात्तीबीचको द्वन्द्वका कारण यसले निम्त्याएको आर्थिक, सामाजिक मानवीय क्षति अनि बाल मनोविज्ञानमा पारेको असर यो बाहुनडाँगी बासीका निम्ति नौलो कुरा होइन । साच्चै भन्नु पर्दा बाहुनडाँगी र हात्ती पर्याय जस्तै बनेको छ । वर्षौदेखि बाहुनडाँगीवासी हात्तीसँग पौँठेजोरी खेल्दै आफ्नो अस्तित्व जोगाउने प्रयासमा छन् । हरेक दिन भारतीय […]
पूरा पढ्नुहोस्