मुख्य खबर

अग्नी पीडित अन्जु क्षेत्रीलाई सद्गुरु फाउण्डेशनले गर्याे सहयोग

मेचीनगर । भारतको पानीघट्टा निवासी अग्नी पीडित अन्जु क्षेत्रीलाई सद्गुरु फउण्डेशन नेपालले आर्थिक सहयोग गरेको छ । फउण्डेशनकी सदस्य समेत रहेकी क्षेत्रीको घरमा केही दिन अघि आगलागी हुँदा घर तथा लत्ता कपडा र अन्न जलेर नष्ट भएको थियो । आफ्ना सदस्यलाई आइपरेको दैविक विपत्तीमा सहयोग गर्न पुगेको पाउण्डेशनले आइतबार नगद दशहजार सहित लत्ता कपडा तथा […]

पूरा पढ्नुहोस्

खडेरीका कारण खेतमै सुक्यो मकै

मेचीनगर । हरेक वर्ष झँै यस वर्षपनि मेचीनगर –८ का रमेश कुमार तामाङ्गले १७ कठ्ठा जमिनमा मकै खेती लगाए । मकै खेती राम्रैसँग उत्पादन गर्ने सोचका साथ उनले गोवरमल र डिएपी मल किनेरै प्रयोग गरे । सुरुमा रामैसँग मकै उम्रीएको देखेर उत्साहित बनेका उनी यतिखेर भने निराश बनेका छन् । लामो समय सम्म परेको खडेरीको […]

पूरा पढ्नुहोस्

मेचीनगरका तीन वडामा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारीमा रहेका ब्यक्तिहरुको परिवारलाई लक्षित गरी आयोजित कार्यक्रममा वित्तीय साक्षरता र मनो सामाजिक परामर्श सम्बन्धी प्रशिक्षण दिएको थियो । मेचीनगरको वडानम्बर ९, ७, ६ र १ मा प्रशिक्षण कार्यक्रम सञ्चालन भएपनि वडानम्बर १ बाहेक तीन वटा वडाको कार्यक्रम भने आज […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको आमसञ्चारको परिचय विमोचन

काठमाडौं।आमसञ्चारको परिचय पुस्तक विमोचन भएको छ। शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री पुस्पकमल दाहालले सो पुस्तकको विमोचन गरेका हुन्। कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायत थिए। शन्तराम बिडारी र उपेन्द्र खड्काले लेखेको ‘आमसञ्चारको परिचय’ नामक सो […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने

मेचीनगर, २१ बैशाख । नयाँ खेलाडी उत्पादन तथा खेलाडीको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले मिलन क्रिकेट क्लबको आयोजनामा दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको छ । यहि वैशाख २९ गतेदेखि सुरु भई जेठ ४ गतेसम्म सञ्चालन हुने यस प्रिमियर लिगमा झापा जिल्लाभरीका खेलाडी समेट्दै ३ वटा टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष बिरु श्रेष्ठले […]

पूरा पढ्नुहोस्

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, […]

पूरा पढ्नुहोस्

प्रतिभा युवा परिवारको आयोजनामा मेचीनगरमा ‘गजल साँझ’

मेचीनगर । बुधबार साँझ मेचीनगर– ७ स्थित जोरसिमल क्षेत्र एका –एक रंगीन बन्यो, भाषा साहित्य र कलाका दिग्गजहरुको उपस्थितिमा प्रेम अनि वेदनाका स्वरहरु गुञ्जीए । उपस्थित सबै भाबुक बनेका थिए । वावा भन्नेहरुको पनि कमि थिएन । मेचीनगर – ८ स्थित प्रतिभा युवा परिवारले मेचीनगरमा पहिलो पटक कवि तथा साहित्यकारहरुलाई जमघट गराएर ‘गजल साँझा’ कार्यक्रम […]

पूरा पढ्नुहोस्

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्ण भएको भन्दै राजधानी काठमाडौंमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा स्वतःस्फूर्ति भेला भएका पत्रकारहरुले आज विहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म लालटिन बालेर पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन गरेका हुन् । ‘संविधानको पालना गर, प्रेस स्वतन्त्रता […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानीको साधारण सभामा सामाजिक ब्यक्तित्व कोइराला र आचार्य सम्मानित, निर्वाचन जेठ २६ लाई तोकियो

मेचीनगर, १९ बैशाख । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २८ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि शर्माले जलवायु परिवर्तका कारण पानीका श्रोतहरु सुक्दै गएकोले भरपर्दाे र दिगो पानीको श्रोत खोजीगरी सिंगो मेचीनगरवासीलाई सुद्ध खानेपानी ब्यवस्थापन गर्न जरुरी रहेको […]

पूरा पढ्नुहोस्

पत्रकार महासंघ झापाको साधारण सभामा सम्मान

झापा, १८ बैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारिता क्षेत्रमा तीन दशकदेखि अनवरत योगदान पुर्याइरहनु भएको अग्रज पत्रकार केशव आचार्य र कृष्ण हुमागाईलाई मोती पत्रकारिता पुरस्कार प्रदान गरेको छ । शाखाको सोमवार १४ औं जिल्ला अधिवेशनको अवसरमा रु. एक लाख एक हजार १११ नगद राशीसहितको उक्त पुरस्कारबाट पत्रकारद्वयलाई सम्मानित गरेको हो । नेपालका पहिलो […]

पूरा पढ्नुहोस्