मुख्य खबर
झापामा आज १९७ जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर, १ जेठ । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १९७ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७५ महिलासहित १९७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा १२ महिलासहित २४ जना, बिर्तामोडमा १५ महिलासहित ३६ जना, मेचीनगरमा ५ महिलासहित ८ जना, भद्रपुरमा ८ महिलासहित २३ जना, कनकाईमा ७ महिलासहित १५ […]
पूरा पढ्नुहोस्
समग्र वडाको विकासमा जुटेका छौँ’ – वडाध्यक्ष तामाङ
डम्बर बराल मेचीनगर, १ जेठ । भौगोलिक रुपमा विकट वडाको रुपमा रहेको मेचीनगर–१ मा पछिल्लो समय विकासको क्रमले गति लिन थालेको छ । २० वर्षसम्म जनप्रतिनिधि नहुँदा ओझेलमा परेको सो क्षेत्रमा ४ वर्ष यता ठूलो बजेटमै काम गर्दा पनि जनता भने प्रत्यक्ष रुपमा अझै लाभान्वित हुन सकेका छैनन् ।साविक बाहुनडाँगीको ७, ८ र ९ नम्बर […]
पूरा पढ्नुहोस्
पत्रकार भण्डारीलाई पितृशोक
मेचीनगर, १ जेठ । पत्रकार अम्बिका भण्डारीलाई पितृशोक परेको छ । लोकतन्त्र पोस्टकी अनलाइन सम्पादक, राष्ट्रिय समाचार समिति ९रासस० झापाकी प्रमुख, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य र नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भण्डारीका पिता लोकबहादुर भण्डारीको आज विहान ७ स् ३० बजेतिर इलाममा निधन भएको हो । इलामको माङ्सेबुङ गाउँपालिका वडा नं। १ तोभाङ […]
पूरा पढ्नुहोस्
आज झापामा २१३ जना संक्रमित, १ को मृत्यु
मेचीनगर, ३१ वैशाख । झापामा शुक्रबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज एन्टिजेनसहित २१३ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा अर्जुनधाराका ५२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । त्यसैगरी आजै २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चैलागाईका अनुसार ८४ […]
पूरा पढ्नुहोस्
यो स्वार्थको रोटी सेक्ने बेला होइन – प्रधानमन्त्री ओली
काठमाडौं,३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले स्वार्थको रोटी सेक्ने बेला नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको सपथ ग्रहण लगत्तै सिंहदरबारमा पुगेर पदबहाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरूलाई स्वार्थको रोटी सेक्न छोडेर कोभिड १९ महामारीविरुद्धको लडाईमा एकजुट हुन आग्रह गरेका हुन् । ‘सबैले हामीलाई हेरिरहेका छन् कि कति गम्भीरताका […]
पूरा पढ्नुहोस्केपीओली फेरि प्रधानमन्त्री नियुक्त
झापा ३० वैशाख । वैकल्पिक सरकार गठन गर्ने काङ्ग्रेस–माओवादी केन्द्रको प्रयास विफल भएपछि एमाले अध्यक्ष केपी ओली नै फेरि प्रधानमन्त्री भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधानको धारा ७६ को दफा ३ अनुसार संसद्मा सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।यसअघि वैशाख २७ गते संसद्को विश्वास गुमाएसँगै ओली पदमुक्त भएर […]
पूरा पढ्नुहोस्
राष्ट्रपति कार्यालयले भन्यो ‘बहुमतको सरकारमा कसैको दावी परेन’
काठमाडौं,३० वैशाख । बहुमतको सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय सीमा सकिएको छ । सो समय अवधिमा कसैले पनि सरकार गठनको लागि दावी पेश नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताए ।वैशाख […]
पूरा पढ्नुहोस्
संक्रमण बढेपछि झापामा थप कडाइ, शुक्रबार राति १२ वजेदेखि घर बाहिर निस्कन नपाइने
झापा, ३० वैशाख । झापामा कोरोना संक्रमण र मृत्युदर तीब्र बन्दै गएपछि शुक्रबार राति १२ वजेदेखि घर बाहिर निस्कन निषेध गरिएको छ ।जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र ९डीसीसीसएमसी० झापाको विहीबार बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि जिल्लामा औषधि पसल र पेट्रोलपम्प बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोनाको संक्रमण झन बढ्न थालेपछि […]
पूरा पढ्नुहोस्
मेचीनगरमा २४ सहित झापामा २३२ जना संक्रमित, ५ को मृत्यु
मेचीनगर, ३० वैशाख । झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । आज २३२ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज–६ का ७२ वर्षीय पुरुष, कनकाई–७ का ६० वर्षीय पुरुष, बिर्तामोड–४ का ९० वर्षीय पुरुष, मेचीनगर–६ की ४३ वर्षीया महिला र मेचीनगर–१० का ६३ वर्षीृय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय […]
पूरा पढ्नुहोस्
कनकाईका मेयर अक्सिजन सिलिन्डर बोकेर संक्रमितको घरघरमा
कनकाई, ३० वैशाख । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल नगरभित्र होम आइसोलेसनमा रहेका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिन्डर पुर्याउने अभियान सुरु गरेका छन् । कनकाईमा हाल १६० जना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । उनीहरुलाई आवश्यक पर्ने चिकित्सक औषधि र अक्सिजन सिलिन्डर घरमै पुर्याउन सुरु गरिएको नगरप्रमुख पोखरेलले बताए । नगरमा २० शैयाको […]
पूरा पढ्नुहोस्