मुख्य खबर

मेचीनगरमा समुदायमा कोरोना संक्रमण बढ्दो आज चिकित्सकसहित थप चार जनामा संक्रमण पुष्टि

मेचीनगर,२८ साउन । मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिनक्रम बढ्न थालेपछि नगरवासी त्रसीत बनेका छन् । बुधवार मेचीनगरमा दोस्रोपटक समुदायमा कोरोना संक्रमण पुष्टि भएको छ । केहीदिन अघि मेचीनगर १० धुलावारी बजारका १५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसलगत्तै संक्रमित युवाका परिवारसहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकास्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका […]

पूरा पढ्नुहोस्

सुनको मूल्य एकैदिन ६हजार २सय घट्यो

झापा । सुनको मूल्यमा बुधबार भारी गिरावट आएको छ। मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ । […]

पूरा पढ्नुहोस्

रुसले प्रयोगमा ल्यायो कोरोनाको पहिलो खोप

झापा  । रुसले कोभिड १९ को संक्रमण रोक्ने स्पुतनिक नाम दिइएको खोपलाई आम प्रयोगमा ल्याएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको नियामक निकायले कोरोनाभाइरस संक्रममणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरिएको बताएका छन् । उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो । पुटिनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध […]

पूरा पढ्नुहोस्

डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

डोटी,२८ साउन । डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं। को बस बुधवार बिहान करिब ५स्३० वजे दुर्घटना भएको हो । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए […]

पूरा पढ्नुहोस्

नेपालीहरुमा आपसी प्रेम र मैत्रीभावना जागृत होस राष्ट्रपति भण्डारी

काठमाडौं,२७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना दिएकी छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना पनि गरेकी छन् । विविध धर्म, संस्कृति, […]

पूरा पढ्नुहोस्

एनएमसीको पाँचौँ व्यवसाय चिया उद्योग, आगामी सिजनबाट उद्योग सञ्चालनमा आउने

डम्बर बराल सुरेन्द्रनगर,२६ साउन । नेपाल वहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पाँचौँ व्यवसायको रूपमा चियालाई रोजेको छ । बहुआयामिक व्यवसायमा होमिएको सहकारी संस्थाले यस आर्थिक वर्षबाट तयारी चिया बजारमा पठाउने भएको हो । मेचीनगर ५ स्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले नयाँ आयामको व्यवसाय सञ्चालनलाई […]

पूरा पढ्नुहोस्

नेपालमै बन्ने भयो रामको भब्य मन्दिर , अयोध्याधामको मास्टर प्लान बनाउन प्रधानमन्त्री ओलीले दिए निर्देशन

झापा, २५ साउन । नेपालको अयोध्याधाममा श्रीरामको भब्य मन्दिर बन्न्ो भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अयोध्याधामको मास्टर प्लान बनाउन माडी ९चितवन०का जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । आफुलाई भेट्न आएका माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग प्रधानमन्त्री ओलीले शनिबार साँझ लामो कुराकानी गरेका थिए ।झण्डै दुई घण्टा भएको भेटवार्ताका […]

पूरा पढ्नुहोस्

मेचीनगर ९ र १० वडाका सबै उद्योग पसल अनिश्चितकालिन बन्द

मेचीनगर,२३साउन । मेचीनगरमा पहिलोपटक समुदायमा कोरोना संक्रमण पुष्टी भए सँगै नगरपालिकाका दुई वटा वडाका सबै उद्योग तथा पसलहरु आज राति १२ बजेदेखि अनिश्चितकालिन बन्द गरिने भएको छ । नगर स्तरिय कोरोना नियन्त्रण तथा रोकथाम कार्यदलको आज बसेको बैठकले संक्रमण फैलिन नदिन संक्रमित युवाका परिवार सहित उनीसंग सम्पर्कमा आएका र अन्य शंखास्पद ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरि […]

पूरा पढ्नुहोस्

झापाको मेचीनगरमा पहिलो पटक समुदायमा कोरोना संक्रमण

मेचीनगर,२३ साउन । झापाको मेचीनगर नगरपालिकामा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर वडा नंं १० धुलाबारी बजारका १५ बर्षिय युवामा कोरोना संक्रमण पुष्टी भएको हो । मेचीनगर–१० को धुलाबारी स्थित टाउन हलमा साउन १८ गते समुदायको स्वाबको नमुना संकलन गरिएको थियो । त्यसबेला धुलाबारी क्षेत्रका ८४ जनाको स्वाबको नमुना संकलन गरिएको […]

पूरा पढ्नुहोस्

वीरगञ्जमा १४२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज,२३ साउन । वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । एकैपटक यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको पर्सामा पहिलोपटक हो । संक्रमित मध्ये १७ जना महिला छन् भने रौतहट र बाराका ४र४ जना रहेका […]

पूरा पढ्नुहोस्