मुख्य खबर
गौरादहमा २२भदौसम्म लकडाउन
झापा । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन गौरादह नगरपालिका क्षेत्रमा आज विहानदेखि लकडाउन सुरु भएको छ। नगरपालिका आइतबार बसेको सर्वपक्षीय बैठकले भदौ २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो। तरकारी र खाद्यान्नका पसल हरेक दिन बिहान ९ बजेसम्म खुल्ने छन्। वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला राख्ने निर्णय भएको नगरप्रमुख रोहितकुमार […]
पूरा पढ्नुहोस्कोरोना भाइरसबाट झापामा एक व्यक्तिको मृत्यु
झापा ७ भदौ । कोभिड–१९ को संक्रमणबाट आइतबार झापाको दमकका एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा झापा दमकका ५८ वर्षीय पुरुष रहेका छन् । दमक नगरपालिका–१ का उनी केहिदिन अघि पित्तथैलीमा समस्या आएपछि विराटनगर स्थित नोवेल अस्पताल उपचार गर्न गएका थिए । उनलाई त्यहि कोरोना […]
पूरा पढ्नुहोस्
विदेशमा रहेका नेपालीहरुको उद्धारमा भएको ढिलाईप्रति नेपाली कांग्रेसको असन्तुष्टि
काठमाडौं,६ भदौ । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ । सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ । यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट […]
पूरा पढ्नुहोस्
मेचीनगरमा बेैंकका कर्मचारीसहित चारजनामा संक्रमण पुष्टि,आज एकैदिन आधाा दर्जनले जिते कोरोनालाई
लक्ष्मी उप्रेती मेचीनगर, ५ भदौ ÷ झापाको मेचीनगरका विभिन्न वडाका ५ तथा विर्तामोड नगरपालिकाका १ गरी ६ जना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमणबाट मुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर—१३ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको […]
पूरा पढ्नुहोस्
गरिबको स्वास्थ्य उपचारमा विपन्न जनहित कोषले सघाउने
धुलाबारी । मेचीनगर-९ का अगुवा महिलाहरुले आर्थिक रुपमा विपन्न वर्गलाई लक्षित गरी विपन्न जनहित कोष स्थापना गरेका छन् । तीजमा गरिने खर्च रकम जोगाएर उक्त कोष स्थापना गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । त्यसक्रममा वितरित प्रेस विज्ञप्तिमा कोषले विपन्न वर्गलाई आकस्मिक रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उल्लेख छ । सम्मेलनमा कोषको अवधारणा पत्र […]
पूरा पढ्नुहोस्
दमकमा पनि फैलियो समुदायमा कोरोना,आजै ६ जनामा संक्रमण पुष्टि
दमक, ३० साउन । झापाको दमकमा समेत समुदायमा कोरोना संक्रमण फैलिएको छ । शुक्रवार दमकमा एकैपटक ६ जनामा कोरोना संक्रमण भेटियो । दमकमा एकैपटक यतिका संख्यामा पहिलोपटक संक्रमण देखिएको हो । दमक नगरपालिका स्वास्थ शाखाका अनुसार संक्रमित मध्ये दमक ७ की एक महिला हुन भने अन्य ५ जना भने कर्मचारी रहेको नगर स्वास्थ्य शाखाका अधिकृत […]
पूरा पढ्नुहोस्
कमल गाउँपालिका र वडा कार्यालयको सेवा बन्द
दमक,३० साउन । समुदायमा कोरोना संक्रमण फैलिएपछि झापाको कमल गाउँपालिका र सो गाउँपालिकाका सबै वडा कार्यालयहरुबाट प्रदान गरिदै आएको सेवा तत्कालका लागि बन्द गरिएको छ । गाउँपालिकाले वडा कार्यालयहरुलाई पत्राचार गर्दै गाउँपालिका कार्यालयसगै रहेको क्यान्टीन संचालन गर्दै आएका ब्यक्तिहरु कोरोना सन्क्रमितको कन्ट्रायक ट्रेसिङमा परेकाले पिसिआर परीक्षण गर्नुपर्ने हुँदा अर्को सूचना जारी नहुन्जेल सम्म सेवा बन्द […]
पूरा पढ्नुहोस्
मेचीनगरमा संक्रमितको संख्या सय नाघ्यो, नगरमा पीसीआर परीक्षण तीव्र बनाइदै
लक्ष्मी उप्रेती मेचीनगर, २९ साउन ⁄ मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ । मेचीनगर नगरपालिकाक्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड १९ संक्रमणको परीक्षण भै रहेका बखत श्रावण २४ गते भएको परीक्षणमा बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइरस कोभिड १९ […]
पूरा पढ्नुहोस्
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६सय २६ पुग्यो, आजै थपिए १ सय १५ जना संक्रमित
झापा,२९ साउन । पछिल्लो समय कोरोना संक्रमण समुदायमा तीव्ररुपमा फैलिदै गएको छ । बिहीबार प्रदेश १ मा थप १ सय १५ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । २४ घण्टामा प्रदेश १ मा ८३ पुरूष र ३२ जना महिलामा कोरोना संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आज राति १२ वजेदेखि भदौ ३ गतेसम्म लकडाउन
मेचीनगर,२८साउन । समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि मेचीनगरपालिकाले आज राति १२ बजेदेखि आगामी भदौ ३ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाले संक्रमण रोग ऐन २०२० को दफा २ अनुसार एकहप्तालाई लकडाउन गर्ने निर्णय गरिएको मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताए । भोलिदेखि दूध डेरी, सागसब्जी र खाद्यान्नका पसलहरु बिहान ८ देखि १० बजे […]
पूरा पढ्नुहोस्