मुख्य खबर
जेनजी प्रदर्शन :प्रहरीको गोली लागेर १९ जनाको मृत्यु
झापा, २३ भदौ । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित बनेका ‘जेनजी’हरुले सोमबार झापा लगायत देशभर प्रदर्शन गरेका छन् । झापाको काँकरभिट्टा, बिर्तामोड दमक लगायत देशभर प्रदर्शन भएको छ । जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । काठमाडौंको बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । ट्रमा सेन्टरमा ८, एभरेस्टमा […]
पूरा पढ्नुहोस्
शिवसताक्षीमा १५ दिने सहायक योग प्रशिक्षक तालिम सुरु
झापा २२ भदौ । पतञ्जलि योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु गरेको छ । शनिबार शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले पानसमा दीप प्रज्वलन गरेर भव्य शिविरको उद्घाटन गरे । उद्घाटन समारोहमा वडा–७ का अध्यक्ष भवानी विक्रम चेम्जोङको पनि सहभागी थियो । उनि पनि योग कक्षाका प्रशिक्षार्थी हुन् । १५ दिनसम्म सञ्चालन […]
पूरा पढ्नुहोस्
‘जमघट’ टिकटक भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक, बाहुनडाँगीका विनिता र विशालको टिकटक बन्यो प्रथम
बाहुनडाँगी । झापाको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आयोजना गरेको ‘जमघट’ टिकटक भिडियो प्रतियोगिताको नतिजा शनिबार सार्वजनिक गरिएको छ । प्रा.लि.ले शनिबार उद्योग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो । प्रतियोगितामा मेचीनगर – २ का विनिता दंगाल र विशाल रोक्काले संयुक्त रुपमा बनाएको टिकटक प्रथम घोषित भयो भने दोसो विजेता मेचीनगर […]
पूरा पढ्नुहोस्
अनुज लामाको स्वरमा ‘टाढा नजाउ’
काठमाडौं । अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण चापागाईंको निर्देशन रहेको गीतको भिडियोमा पुनम लक्ष्मी मगर र पुकार चापागाईंलाई फिचरिङ गरिएको छ । पंकज महराको छायांकन रहेको गीतको भिडियोमा […]
पूरा पढ्नुहोस्
धुलाबारीमा एनएमसीको उपसमिति स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न
डम्बर बराल मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गत रहेको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा आइतबार उपसमिति स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर – १० स्थित कृष्ण पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका जटिलता, परिमार्जित सहकारीका ऐन नियम, कार्यविधि, अबको सहकारी, असल संस्कार र समृद्धि यी नै विषयमा गम्भीर चर्चा […]
पूरा पढ्नुहोस्
राप्रपा झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला अधिवेशनले ओझालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । यसअघि नै शुरु गरिएको निर्वाचन कार्यक्रममा अध्यक्षमा ओझाबाहेक अरु कसैले पनि मनोनयन दर्ता नगरेकाले उनी अध्यक्षमा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजनक टंक कटवालले जानकारी दिए । ओझाको […]
पूरा पढ्नुहोस्
प्याब्सन मेचीनगरको आयोजनामा ११ विद्यामा अतिरिक्त क्रियाकलाप
मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार नगर स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविको परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा तथा क्षमता प्रष्फुटन गराउन ड्रोइङ, कलरिङ्, हेण्डराइटिङ, क्वीज, डिक्टेशन, एसे, वक्तित्वकला प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । ११ वटा विद्यामा आयोजित कार्यक्रममा प्राय सबै विद्यामा सिनियर […]
पूरा पढ्नुहोस्
विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न मेचीनगरमा ‘स्कुलस् ब्रेन वेभ सर्कल’
मेचीनगर । शुक्रबार दिउँसो मेचीनगर –७ स्थित झापा नेशनल स्कूल परिसर निक्कै भिडभाड थियो । मेचीनगर क्षेत्रमा रहेका ९ वटा संस्थागत विद्यालयहरुबाट उत्साह पूर्वक विद्यार्थीहरु सो कार्यक्रममा सहभागि थिए । उनीहरुले आफनो, सीप, कला, क्षमता समेत प्रस्तुत गरे । सहभागि विद्यालयहरुले आफ्नो कला, सीप र क्षमता प्रस्तुत गरिरहँदा सहभागि अभिभावक र अतिथि दंग थिए । […]
पूरा पढ्नुहोस्
सञ्चार विधेयक सच्याउन माग गर्दै पत्रकार आन्दोलित, आज जिल्ला प्रशासनमा धर्ना
झापा । कोशी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयक सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएका पत्रकारहरुले आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । कतिपय प्रेस स्वतन्त्रताविरोधी प्रावधानसहित सरकारले प्रदेश संसद्मा प्रस्तुत गरेको विधेयक हाल अनुमोदनको संघारमा छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आह्वानमा आज झापासहित १४ वटै जिल्लाको प्रशासन कार्यालयमा पत्रकारहरुले विरोध स्वरुप […]
पूरा पढ्नुहोस्
मेचीनगर – १५ मा झोलुङ्गे पुलले दिएको खुसी
डम्बर बराल मेचीनगर । मेचीनगर – १५ स्थित हेल्दुबारी र बिचार्नी बजारलाई जोड्ने निन्दा नदीमा झोलुङ्गे पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीय यतिखेर निक्कै उत्साहित बनेका छन् । पुल नहुँदा वर्षाैदेखि खोलाबाटै जोखिमको यात्रा गर्दै आएका उनीहरु पुल बनेपछि उत्साहित बनेका हुन् । ‘खोलाका कारण हामीलाई निक्कै समस्या थियो’, हातमा कागजात लिएर निन्दा खोला पारी […]
पूरा पढ्नुहोस्