मुख्य खबर

आदर्श माविका स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने

मेचीनगर । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखाले मेचीनगर ८ स्थित आदर्श माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो कर्जा प्रवाह गर्ने भएको छ । स्थायी शिक्षक तथा कर्मचारीलाई बैंकवाट विना धितो कर्जा प्रवाह गर्ने गरी बुधबार एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेड र आदर्श माध्यमिक विद्यालय विच सम्झौता भएको छ । बैंकवाट प्रवाह […]

पूरा पढ्नुहोस्

अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धि कसूरका घटनामा कमि , खुला सीमाना प्रहरीलाई मुख्य समस्या

लक्ष्मी उप्रेती मेचीनगर । पछिल्लो समय झापामा अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धि कसूरका घटना क्रमस कम हुदैं गएका छन् । पछिल्ला दुई आर्थिक वर्ष २०७८÷ ०७९ र २०७९÷०८० को जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखले यसलाई पुष्टि गर्दछ । यसलाई प्रहरीले सकरात्मकरुपमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको अभिलेख अनुसार आर्थिक २०७८÷ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सुधारिएको चुलो निशुल्क वितरण

मेचीनगर । मेचीनगरमा सुधारिएको चुलो निशुल्क वितरण गरिएको छ । मेचीनगर ८ स्थित विभिन्न टोलका दुई सय पचास घरपरिवारले निस्शुल्क सुधारिएको चुलो पाएपछि दंग भएका छन् । प्रति गोटा ५ हजार ५ सय मूल्य पर्ने धुवाँ रहित बिजुलीबाट थोरै दाउरामा पनि चल्ने सुधारिएको चुलो पाएपछि अब आफुलाई भान्सामा सहज भएको स्थानीयको भनाइ छ । पूर्व […]

पूरा पढ्नुहोस्

रंगेलीलाई पराजित गर्दै धुलाबारी विद्युत वितरण केन्द्र च्याम्पियन

 झापा । कोशी प्रदेश स्तरिय अन्तर विद्युत वितरण केन्द्र नक-आउट फुटबल प्रतियोगिताको उपाधि धुलाबारी वितरण केन्द्र झापाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मोरङको रंगेली विद्युत वितरण केन्द्रलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक धुलाबारी वितरण केन्द्रले उपाधि जितेको हो । नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सबको अवसरमा आयोजित प्रदेश स्तरिय फुटबल प्रतियोगिताको उपाधि […]

पूरा पढ्नुहोस्

रोटरी क्लब अफ काँकरभिट्टाको निशुल्क आँखा जाँच शिविर, १८७ जनाले लिए सेवा

बाहुनडाँगी, २७ साउन । रोटरी क्लब अफ काँकरभिट्टाद्वारा आयोजित एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार मेचीनगर(४ को वडा कार्यालय परिषरमा रोटरीले निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । काँकरभिट्टा आईकेयर सेन्टरको प्रावधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा १८ जना मोतीविन्दुको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा आईकेयर सेन्टरका प्रावधिक रोशन थापाले बताए । शिविरको […]

पूरा पढ्नुहोस्

झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः प्रविण थापा निर्वाचित

काकडभिट्टा । झापा जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा पुनः प्रविण थापा निर्वाचित भएका छन्,। आज बुधबार काकडभिट्टा स्थित खानेपानीको सभाहलमा सम्पन्न साधारणसभाले निर्विरोध दोस्रो कार्यकालका लागि पुनः थापालाई अध्यक्ष पदमा चयन गरेको हो । यस्तै उक्त सम्मेलनबाट उपाध्यक्ष पदमा विरु श्रेष्ठ सचिवमा लाक्पा लामाले पनि कार्यकाल दोहोर्‍याएका छन्, भने १५ सदस्यीय जिल्ला समिति चयन भएको […]

पूरा पढ्नुहोस्

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिक आन्दोलित

मेचीनगर । ज्याला वृद्धि,लगायत बिभिन्न माग राख्दै झापाका चिया श्रमिकहरुले आन्दोलित भएका छन् । चिया मजदुरहरुले पूर्वीनाका काँकडभिट्टामा प्रदर्शन गरेका हुन् चिया मजदुरका तीन वटा संगठनको अगुवाईमा भएको प्रदर्शनमा सयौं श्रमिक सहभागी भए । उनीहरुले न्यूनतम् पारिश्रमिक वृद्धि गर, पत्ति डबली वृद्धि गर, रोजगार सम्झौता लागू गर, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर भन्दै चर्का […]

पूरा पढ्नुहोस्

स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन : मन्त्री सिंखडा

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने दिर्नेशन दिएकी छन् । जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिर्फर गर्ने र गण्डकी प्रदेश भन्दा बाहिरका अस्पतलमा रिर्फर गर्दा बिरामीलाइ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा बृहत देवर्षि आश्रम बन्दै

मेचीनगर, २० साउन । वृहत योजना अघि सारेर मेचीनगर–७ मोहनकित्तामा देवर्षि आश्रम निर्माण प्रक्रिया अघि बढाइएको छ । आश्रम जोरसिमलबाट डेढ किलोमिटर दक्षिणमा पर्दछ । देवर्षि आश्रममा देवालय, यज्ञशाला, भजनहल, आश्रम गृह, धर्मशाला, देवपोखरी, गौशाला बनाउने बृहत लक्ष्य राखिएको छ । गुरु यदुराम खनालको परिकल्पनामा मेचीनगर–७ मा ५ कट्ठा जमिन खरिद गरिएको छ । उनैको […]

पूरा पढ्नुहोस्

झापामा साप्ताहिक पत्रिका सञ्जाल गठन, अध्यक्षमा पाठक सर्वसम्मत

मेचीनगर । झापा जिल्लाभर प्रकाशनमा रहेका साप्ताहिक पत्रिकामा आबद्ध पत्रकारहरूको भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको छ । मेचीनगर–९ स्थित खुट्टीडाँगी वनको सिमसार क्षेत्रमा सम्पन्न भेलाले साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको हो । समितिको उपाध्यक्षमा रामप्रसाद निरौला, सचिवमा झुलन रेग्मी र कोषाध्यक्षमा अनुषा चुडाल रहेका छन् । यसैगरी […]

पूरा पढ्नुहोस्