स्थानीय खबर

५९ औँ राष्ट्रिय बाल दिवस : आदर्श माविमा विविध कार्यक्रम

मेचीनगर । ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा मेचीनगरका निजी तथा सामुदायिक विद्यालयहरुले विविध कार्यक्रम सम्पन्न गरेका छन् । दिवसकै अवसरमा मेचीनगर ८ स्थित आदर्श माविमा विद्यार्थीहरुले सचेनामुलक नाटक तथा नृत्य प्रस्तुत गरे । कार्यक्रमको पूर्व सन्ध्यामा सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’ ‘बालमैत्री समाजको आधार उत्तरदायी समाज’ लगायतका विभिन्न नारा लेखिएको प्लेकार्ड सहित विद्यार्थीहरुले […]

पूरा पढ्नुहोस्

आदर्श विद्या मन्दिरमा शिक्षक अभिभावक संघ गठन, अध्यक्षमा मिरा सिटौला

मेचीनगर । मेचीनगर ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी माध्यमिक विद्यालयको अभिभावक भेल सम्पन्न भएको छ । ज्येष्ठ अभिभावक कान्ता श्रेष्ठको सभापतित्व एवम् साहित्यकार भीम प्रसाद निरौंलाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले क्षेत्रगत प्रतिनिधित्व गर्दै मेचीनगर १०, लालपानी निवासी अभिभावक मिरा सिटौलाको अध्यक्षतामा २१ सदस्यीय अभिभावक संघ गठन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्र न्यौपाने, सचिवमा […]

पूरा पढ्नुहोस्

कर्मचारी र जनप्रतिनिधिबीच तालमेल नहुँदा जनताको काम गर्न सकिएन :पूर्व सांसद विक

काँकरभिट्टा, २७ भदौ । पूर्व संघीय सांसद विमला विकले कर्मचारी र जनप्रतिनिधि बीच तालमेल नहुँदा जनताका काम अपेक्षा अनुरुप गर्न नसकिएको बताएकी छन् । बुधबार काँकरभिट्टास्थित हिकोला हेरिटेज होटलमा मार्टिन चौतारीले आयोजना गरेको ‘संघीयता कार्यान्वयनका सात वर्ष स्थानीय तहका नीति,कानुन र योजना निर्माणका विविध पक्ष’ विषयक अन्तरक्रियामा सांसद विमला बिकले यस्तो कुरा बताएकी हुन् । […]

पूरा पढ्नुहोस्

बाहुनडाँगी जेसीजको उत्कृट नारी सम्मान निरौलालाई

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले प्रदान गर्ने उत्कृष्ट नारी सम्मान मेचीनगर २ निवासी शान्ता निरौलालाई प्रदान गरिएको छ । शाखाका पूर्व अध्यक्ष दिपक बरालकी आमा चन्द्रकला बरालको स्मृतिमा स्थापना गरिएको चन्द्रकला बराल स्मृति अक्षयकोषबाट दिपेन्द्र प्राविकी प्रधानाध्यापक निरौलालाई प्रदान गरिएको हो । बाहुनडाँगी जेसीजको १३ औँ स्थापना दिवस तथा जेसीज सप्ताहको समापन समारोहको अवसर निरौलाई नगद […]

पूरा पढ्नुहोस्

अखिल नेपाल महिला संघ मेचीनगरको तीज मिलन कार्यक्रममा जेष्ठमाताहरु सम्मानीत

मेचीनगर, २५ भदौ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ मेचीनगरले तीजको अवसरमा १२० वर्षीया वृद्वा पोहानी राजबंशीसहित दुई जनालाई सम्मान गरेको छ । आज काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा संघले आयोजना गरेको समावेशी तीज विशेष कार्यक्रममा मेचीनगर नगरपालिका–७ की ज्येष्ठ नागरिक १२० वर्षीया पोहानी राजबंशीलाई सम्मान गरेको हो । पत्रकार अम्बिका भण्डारीले ज्येष्ठ […]

पूरा पढ्नुहोस्

सवारी दुर्घटनामा परी प्यारागन एकाडेमी सुरुङ्गाका प्रिन्सिपल सुवेदीको निधन

कनकाई । सवारी दुर्घटनामा परी सुरुङ्गा स्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीको निधन भएको छ । कनकाई ८ सितल चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशा तर्फ जादै गरेको प्र.१–०१–०१३ प१४१७ नम्बरको मो.सा. एक आपसमा ठक्करदिँदा गम्भीर घाइते भएका प्रिन्सिपल सुवेदीको निधन […]

पूरा पढ्नुहोस्

मेचीनगर प्रमुख बुढाथोकीलाई डेंगु संक्रमण

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेँगु संक्रमण पुष्टि भएको छ । नगर प्रमुख बुढाथोकीलाई शुक्रबार राति ११ बजेदेखि अचानक काम ज्वरोले सताएको थियो । अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरिर काप्ने, जिउ आलस्य हुनेलगायतका समस्याले सताएपछि औषधि खाँदै घरमै आराम गरिरहेकोमा आज डेँगु संक्रकण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतवार हरिहलेसी […]

पूरा पढ्नुहोस्

अपाङ्गता साहायक सामाग्री बैंकले दियो, कम श्रवण शक्ति भएका व्याक्तिलाई श्रवण यन्त्र

 बाहुनडाँगी । ब्रहमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था अन्तरगत सञ्चालित अपाङ्गता साहायक सामाग्री बैंकले आइतबार मेचीनगरका बिभिन्न वडाका छ जनालाई श्रवण यन्त्र वितरण गरेको छ । साहयता सामाग्री बैंकले कम कान सुन्ने ब्यतिहरुलाई वडाको सिफारिसमा श्रवण यन्त्र वितरण गरेको हो । श्रवण यन्त्र पाउनेहरुमा मेचीनगर २ की कृष्णमाया गिरी, पून्यवती घिमिरे, मेचीनगर […]

पूरा पढ्नुहोस्

आधुनिक साकोसको निःशुल्क आँखा शिविर, ३५४ जनाले लिए सेवा

चारआली, २३ भदौं । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) द्वारा आयोजित एक दिने निःशुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर १३ चारआली आइतबारे बजारको मन्दिर परिषरमा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको हो । शिविरमा ३५४ सहकारी संस्थाका सदस्य तथा स्थानीयहरुको आँखा चेकजाँच हुँदा २९ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा […]

पूरा पढ्नुहोस्

होटल व्यवसायी संघ मेचिनगर सम्मानित

मेचिनगर । होटल व्यवसायी संघ मेचिनगरलाई सम्मान गरिएको छ । शुक्रबार झापाको बिर्तामोडमा भएको होटल व्यवसायी संघ झापाको १० औँ जिल्ला अधिवेशनमा होटल व्यवसायी संघ मेचिनगरलाई सम्मान गरिएको हो । होटल व्यवसायी संघ मेचिनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, होटल व्यवसायी महासंघ […]

पूरा पढ्नुहोस्