स्थानीय खबर

ब्रामण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान

झापा, १७ फागुन । ब्रामण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा रेडक्रस सोसाईटी भद्रपुर शाखाको प्राविधिक सहयोगमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २६ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्। संस्थाका अध्यक्ष सचिन निरौलाले संस्थाले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र झापा रगत अभाव देखिएको हुनाले रक्तदान […]

पूरा पढ्नुहोस्

मेचीनगर २ स्थित शिव पाञ्चायन मन्दिरमा भक्तजनहरुको घुइचो

बाहुनडाँगी । मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिरमा आयोजित श्रीमद् भागवत महापुराणमा भक्तजनहरुको घुइचो बढेको छ । फागुन १२ गते शुक्रबारदेखि सुरु भएको पुरानमा हरेक दिन भक्तजनहरुको संख्या बढ्दै गएको पुराण आयोजक समितिका सचिव धर्मानन्द निरौलाले जानकारी दिए । धर्मसंस्कृतिको संरक्षण गर्न तथा शिवपाञ्चायन मन्दिर निर्माणर्थ आयोजित पुराणमा स्थानीय तथा बिभिन्न क्षेत्रबाट सहभागि भक्तजनहरुले सहयोग […]

पूरा पढ्नुहोस्

बिर्तामोड महोत्सवको समयअवधि ३ दिन थपियो

बिर्तामोड, १५ फागुन । बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ । उपभोक्ता र अबलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले बताए । गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा नाट्य उत्सव सुरु

मेचीनगर, फागुन १४ । काँकरभिट्टामा विद्यालय स्तरीय नाट्य उत्सव शुरु भएको छ । परिवर्तन थिएटरको आयोजनामा “प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव” मेची सामुदायीक भवनमा रहेको रंगमञ्चमा शुरु भएको हो । नाट्य उत्सवको शुरुमा काँकरभिट्टा माविका विद्यार्थीहरुले तयार पारेको नाटक मञ्चन गरिएको छ । ‘चेतना’ नाम दिइएको उक्त नाटक विद्यालयका ८ जना विद्यार्थीले प्रस्तुत गरेका […]

पूरा पढ्नुहोस्

पारिजात पब्लिक स्कुलको २३ औँ वार्षिकोत्सव सम्पन्न

बाहुण्डाँगी । मेचीनगरको शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाएको पारिजात पब्लिक स्कुल मेचीनगर ९ को २३ औँ वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । विद्यालयमा आयोजित बृहत साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सहित बार्षिकोत्सव सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितकुमार ढुङ्गानको सभापतित्व तथा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४ जना […]

पूरा पढ्नुहोस्

मेचीनगरबाट सुरु भयो, मेचीनगर अनलाइन

मेचीनगर, १४ फागुन । पत्रकार अर्जुन कार्कीको सम्पादकत्वमा मेचीनगर अनलाइनको प्रकाशन सुरु भएको छ । मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अनलाइनको विधिवत् उद्घाटन गरे । बिगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार कार्की यसअघि लोकतन्त्र पोस्ट, जनसंसद् दैनिक, जनान्दोलन साप्ताहिक, मेची ट्युन्स एफएम, सौर्य दैनिक काठमाडौँ लगायतका सञ्चारमाध्यममा कार्यरत […]

पूरा पढ्नुहोस्

मेचीनगरमा भोलीबाट ‘विद्यालय स्तरीय नाट्य उत्सव’

मेचीनगर, १३ फागुन  । मेचीनगरमा नाट्य उत्सव आयोजना हुने भएको छ । समाजमा विद्यमान रहेका विभिन्न समस्याविरुद्ध नाट्य क्षेत्रबाट निरन्तर आवाज उठाउँदै आएको संस्था परिवर्तन थिएटरको आयोजनामा “प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव” काँकरभिट्टामा भोलीबाट शुरु हुन लागेको हो । विद्यार्थीहरुलाई रंगकर्मप्रति आकर्षित गराउँदै नाटक पनि खेलकुद, नृत्य, गायन जस्तै महत्वपुर्ण विषय हो भन्ने सन्देश […]

पूरा पढ्नुहोस्

प्रेस सेन्टर झापाको अध्यक्षमा राजु पाठक

झापा । प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशनले अध्यक्षमा राजु पाठकलाई सर्वसम्मत चयन गरेको छ । १५ सदस्यीय रहेको कार्य समितिको उपाध्यक्षमा सन्तोष शर्मा, होमप्रकाश अधिकारी र शर्मिला पुरी सर्वसम्मत चयन भएका छन् भने सचिवमा पुष्प खड्का, सह–सचिवमा सुमित भण्डारी र वीरेन्द्र सुब्बा र कोषाध्यक्षमा केशव चापागाईँ चयन भएका छन् । संगठनको झापाको […]

पूरा पढ्नुहोस्

‘विप्लव’ समूहद्वारा झापामा लघुबित्तमाथि प्रतिबन्ध

मेचीनगर, १३ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका सबै लघुवित्तहरु माथि प्रतिबन्ध लगाएको छ । आज पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् । यतिबेला बैंक, लघुवित्त संस्था र मिटर व्याजीहरुको चर्को शोषण र आतंकको कारण सर्वसाधरण जनता र उद्योगी […]

पूरा पढ्नुहोस्

हात्तीपाइले रोगबिरुद्ध औषधिसेवन अभियानलाई मेचीनगरले दियो तीब्रता

मेचीनगर। मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बिहिबारदेखि सुरु गरेको हात्तीपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियानलाई तीब्रता दिएको छ । दश दिनसम्म सञ्चालन हुनेहात्तीपाईले रोगबिरुद्ध औषधि सेवन अभियानलाई अहिले मेचीनगर स्वास्थ्य शाखाले तीब्रता दिएको हो । मेचीनगरको पन्द्रवटै वडामा एकैपटक सञ्चालन गरिएको हात्तिपाईले रोगबिरुद्ध औषधि सेवन अभियान अन्तर्गत दुई दिनमा १५ हजार २९७ जनाले हात्तिपाईले रोगबिरुद्ध औषधी […]

पूरा पढ्नुहोस्