स्वास्थ्य
भारतीय अस्पतालमा बन्धक बनाइएका चार महिने शिशुको पत्रकार मोहन काजीको पहलमा उद्धार
झापा, २५ साउन । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनाइएका मेचीनगर(१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको […]
पूरा पढ्नुहोस्कोभिसिल्ड खोपको दोस्रो मात्रा साउन २५ गतेदेखि लगाइने
झापा, २३ साउन । कोरोना भाईरस बिरूद्भको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेकाहरूले साउन २५ गतेदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन । लामो समयदेखि कोभिसिल्ड लगाएर बसेकाहरूका लागि मात्रै दोसो मात्रा साउन २५ गतेदेखि लगाउन शुरू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एस्टेजेनेका खोप भुटानबाट ३ लाख शुक्रबार बिहान काठमाण्डौ आइपुगेको र जापानले दिने […]
पूरा पढ्नुहोस्मेचीनगरमा बुधबार २५ सयबढीले लिए जोन्सन एण्ड जोन्सन कम्पनीको खोप
मेचीनगर, २० साउन ÷ मेचीनगरका बिभिन्न वडामा बुधबार २ हजार ५ सय बढीले कोभिड १९ विरुद्घको खोप लिएका छन् । मेचीनगरको १, २, ५, ६, ९, १२ र १४ नम्बर वडा गरी ७ वटा वडामा बुधबार ५० देखि ५४ बर्ष उमेर समुहका लागि जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाउने व्यवस्था मिलाएको थियो । मेचीनगरका ७ […]
पूरा पढ्नुहोस्मेचीनगरका सबै वडाबाट अब खोप लगाउन पाईने
मेचीनगर,१७ साउन । मेचीनगर नगरपालिकाले अब सवै वडाबाट कोरोना बिरूद्धको खोप लगाउने भएको छ । कोरोना खोप लगाउँदा यस अघि देखिएको भिडलाई मध्यनजर गर्दै नगरले सम्वन्धीत वडामै खोपलगाउने निर्णय गरेको हो । नगरपालिकाले कुपन सिस्टमका आधारमा खोप लगाउने भएको छ । अब खोप लगाउन अनिवार्य कुपन लिनु पर्नेछ । जुन सबै वडा कार्यालयबाट उपलब्ध हुनेछ […]
पूरा पढ्नुहोस्होटलमा लुकाइराखेको खोप सहित स्वास्थ्य शाखा प्रमुख खड्का पक्राउ
बिर्तामोड,१५ साउन ।लक्षित वर्गलाई खोपको अभाव भइरहेको समयमा विर्तामोड स्थित एक होटलमा कोरोनाको खोप लुकाइ रहेको अवस्थामा प्रहरीले खोप सहित बिर्तामोडका नगर स्वास्थ्य प्रमुख ओम खड्कालाई पक्राउ गरेको छ । शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको खोप सहित नगरका जनस्वास्थ्य प्रमुख ओम खड्का फेला परेका हुन् । कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई मात्र […]
पूरा पढ्नुहोस्कोरोना न्युनिकरणका विषयमा कनकाईमा बहस सुरु
कनकाई, १२ साउन ÷ कोरोना संक्रमणको दोस्रो लहरसँगै जटिल बन्दै गएको मानव स्वास्थ्यलाई कसरी सहज बनाउँन सकिन्छ भन्ने विषयमा कनकाई नगरमा अन्तरक्रियामूलक बहस सुरु भएको छ । नगरवासीको स्वास्थ्यका विषयमा गम्भिर बन्दै आएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरभित्रका टोल समितिहरुसँग अन्तरक्रियामूलक बहस सुरु गरेका हुन् । कोरोनाको अवस्थाका बारेमा वडास्तरीय टोल समितिहरुसँग जानकारी लिँदै […]
पूरा पढ्नुहोस्संक्रमण बढे पछि झापाका छ पालिका सिल
मेचीनगर । झापामा कोरोना संक्रमण पुनः तीब्र रुपमा बढ्न थालेको छ । कोरोना संक्रमण बढ्न थालेपछि झापाका बिभिन्न पालिका सिल हुँदै गएका छन् । बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई यसअघिनै सिल गरिएका छन् । आइतबार झापामा थप दुई पालिकाहरु दमक र शिवसताक्षीसमेत सिल गर्ने निर्णय भएको छ । त्यस्तै संक्रमण नियन्त्रणका लागि भन्दै बिर्तामोड नगरपालिकाले […]
पूरा पढ्नुहोस्उद्योगपति पर्शुराम अग्रवालको निधन
झापा, २४ असार । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति पर्शुराम अग्रवालको ६२ वर्षको उमेरमा निधन भएको छ । उनको भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङ होममा बुधबार राति निधन भएको हो । जेठ ३१ गते अग्रवाललाई कोरोना संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेर उपचार गराइरहेका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उनलाई […]
पूरा पढ्नुहोस्मेचीनगरमा भोलि र पर्सि भेरोसेलको दोस्रो डोज लगाइने
मेचीनगर । मेचीनगरमा कोरोना भाइरस ९ कोभिड–१९० विरुद्धको भेरोसेल खोपकोे दोस्रो डोज बुधबार र बिहीबार लगाइने भएको छ । गत जेठ २६ र २७ गते मेचीनगरका ६ वटा स्वास्थ्य केन्द्रमार्फत भेरोसेलको पहिलो डोज लगाएका ६२ देखि ६४ बर्ष उमेर समूहका ब्यक्ति तथा अग्रपंक्तिमा रहेका स्वास्थ्यर्मीहरुका लागि खोपको दोस्रो डोज लगाइने भएको हो । दुई दिनमा […]
पूरा पढ्नुहोस्झापामा आज ११८ जना संक्रमित थपिए ,१ को मृत्यु
मेचीनगर, १८ असार । झापामा शुक्रबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित ११८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ४४ महिलासहित ११८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा १ जना छन् । जसमा बिर्तामोड–४ का ३० वर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ । दमकमा ९ महिलासहित १२ […]
पूरा पढ्नुहोस्