स्वास्थ्य
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६सय २६ पुग्यो, आजै थपिए १ सय १५ जना संक्रमित
झापा,२९ साउन । पछिल्लो समय कोरोना संक्रमण समुदायमा तीव्ररुपमा फैलिदै गएको छ । बिहीबार प्रदेश १ मा थप १ सय १५ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । २४ घण्टामा प्रदेश १ मा ८३ पुरूष र ३२ जना महिलामा कोरोना संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले […]
पूरा पढ्नुहोस्डाक्टरलाई कोरोना संक्रमण देखिएपछि आम्दा मेची अस्पतालआजबाट सिल गरियो
मेचीनगर, २८ साउन । कार्यरत डाक्टरमा कोरोना पोजेटिभ भएपछि मेचीनगर–१० स्थित आम्दा मेची अस्पताल सिल गरिएको छ । अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरिएको नगरपालिकाले जनाएको छ । हाल ती चिकित्सकलाई व्यवस्थित रुपमा अस्पतालकै माथ्लो तलाको कोठामा आइसोलेसनमा राखिएको छ । नगरपालिकाले विगत १० दिन अघिदेखि आम्दा अस्पतालमा पुगेर उपचार गराउनेहरुको पहिचान गरी पीसीआर परीक्षणका […]
पूरा पढ्नुहोस्अढाई सयमै गौरीगञ्जबासीको पीसीआर जाँचहुने
गौरीगञ्ज, २८ साउन । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि गौरीगञ्जको उद्योग वाणिज्य संघले गाउँपालिकाका सर्वसाधारणको सशुल्क कोरोना परीक्षण गर्ने भएको छ । संघले इच्छुक जोकोहीले परीक्षण गर्न चाहेमा गराइदिने जनाएको छ । संघका अध्यक्ष मखन महतोका अनुसार कोरोना परीक्षणका लागि सर्वसाधारणले अढाई सय रुपैयाँ र व्यापारीले पाँच सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ । संघले गाउँपालिकाभिका […]
पूरा पढ्नुहोस्मेचीनगरमा आज राति १२ वजेदेखि भदौ ३ गतेसम्म लकडाउन
मेचीनगर,२८साउन । समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि मेचीनगरपालिकाले आज राति १२ बजेदेखि आगामी भदौ ३ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाले संक्रमण रोग ऐन २०२० को दफा २ अनुसार एकहप्तालाई लकडाउन गर्ने निर्णय गरिएको मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताए । भोलिदेखि दूध डेरी, सागसब्जी र खाद्यान्नका पसलहरु बिहान ८ देखि १० बजे […]
पूरा पढ्नुहोस्मेचीनगरमा समुदायमा कोरोना संक्रमण बढ्दो आज चिकित्सकसहित थप चार जनामा संक्रमण पुष्टि
मेचीनगर,२८ साउन । मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिनक्रम बढ्न थालेपछि नगरवासी त्रसीत बनेका छन् । बुधवार मेचीनगरमा दोस्रोपटक समुदायमा कोरोना संक्रमण पुष्टि भएको छ । केहीदिन अघि मेचीनगर १० धुलावारी बजारका १५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसलगत्तै संक्रमित युवाका परिवारसहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकास्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका […]
पूरा पढ्नुहोस्रुसले प्रयोगमा ल्यायो कोरोनाको पहिलो खोप
झापा । रुसले कोभिड १९ को संक्रमण रोक्ने स्पुतनिक नाम दिइएको खोपलाई आम प्रयोगमा ल्याएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको नियामक निकायले कोरोनाभाइरस संक्रममणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरिएको बताएका छन् । उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो । पुटिनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध […]
पूरा पढ्नुहोस्डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
डोटी,२८ साउन । डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं। को बस बुधवार बिहान करिब ५स्३० वजे दुर्घटना भएको हो । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए […]
पूरा पढ्नुहोस्पत्रकार श्रेष्ठको निधन, रामघाटमा आज अन्त्येष्टि गरियो
मेचीनगर, २६ साउन । अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको आज धुलावारीको रामघाटमा श्रद्धाञ्जलि सभासहित अन्त्येष्टि भएको छ । श्रेष्ठको ६४ वर्षको उमेरमा हिजो साँझ पौने ६ बजे निजी निवास धुलावारीमा निधन भएको थियो । उनी लामो समयदेखि दुबै मिर्गौला फेलियर भएर उपचार गराइरहेका थिए । राससमा २९ वर्ष निरन्तर सेवा गरेका श्रेष्ठका पाँच वटा […]
पूरा पढ्नुहोस्कमल गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठि सम्पन्न
कमल । कमल गाउँपालिकाले आर्थिक वर्ष २०७६र०७७ मा सम्पन्न गरेका काम तथा खर्चको समिक्षा गोष्ठि सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको सभापतित्वमा सम्पन्न गोष्ठिमा वडा अध्यक्षले आ आफ्नो वडामा भए गरेका कार्यक्रमको समिक्षा गरीएको थियो । त्यसैगरीविषयगत शाखा प्रमुखले आफ्नो शाखाको तर्फ बाट प्रस्तुत गरिएको प्रतिवेदन माथि समिक्षा गरिएको थियो ।कार्यक्रममा कृषि शाखाको […]
पूरा पढ्नुहोस्मेचीनगर ९ र १० वडाका सबै उद्योग पसल अनिश्चितकालिन बन्द
मेचीनगर,२३साउन । मेचीनगरमा पहिलोपटक समुदायमा कोरोना संक्रमण पुष्टी भए सँगै नगरपालिकाका दुई वटा वडाका सबै उद्योग तथा पसलहरु आज राति १२ बजेदेखि अनिश्चितकालिन बन्द गरिने भएको छ । नगर स्तरिय कोरोना नियन्त्रण तथा रोकथाम कार्यदलको आज बसेको बैठकले संक्रमण फैलिन नदिन संक्रमित युवाका परिवार सहित उनीसंग सम्पर्कमा आएका र अन्य शंखास्पद ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरि […]
पूरा पढ्नुहोस्