स्वास्थ्य
आधुनिक सहकारीले गरिदियो, आफ्ना २६ जना कर्मचारीको कोरोना बिमा
काँकरभिट्टा,२४ भदौ÷काँकरभिट्टा स्थित आधुनिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरिदिएको छ । पछिल्लो समय कोरोना संक्रमण समुदायमा तीव्र रुपमा फैलिदै गएपछि सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई समेत यस किसिमको जोखिम हुन सक्ने भन्दै रु एकलाख बराबरको कोराना बिमा गरिदिएको सहकारी संस्थाका व्यवस्थापक पारस ओलीले जानकारी दिनु भयो । सहकारी संस्थाले संस्थाको मुख्य […]
पूरा पढ्नुहोस्
अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल
काठमाडौं,२४ भदौ। कोरोना भाइरसविरुद्ध बनाइएको भ्याक्सिनबाट एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायल स्थगित गरेको छ । अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको भ्याक्सिनको व्यग्र प्रतिक्षा भइरहेको बेला यो घटनाले ठूलो धक्का लागेको बीबीसीले उल्लेख गरेको छ ।हाल विश्वभरमा करिब एक दर्जन स्थानमा कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल जारी छ । तर जानकारहरुका अनुसार अक्सफोर्ड विश्वविद्यालयको ट्रायल […]
पूरा पढ्नुहोस्
वडाध्यक्ष खड्काको संयोजकत्वमा अरिस्ता उपचार सहयोग समिति गठन एकै दिन २ लाख २८ हजार ४ सयको प्रतिबद्घता
डम्बर बराल धुलावारी÷ दुबै मिर्गाैला खराब भएपछि जीवन मरणको दोसाँधमा रहेकी मेचीनगर ९ निवासी अरिस्ताको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाली काँग्रेस मेचीनगर समितिले छलफल कार्यक्रम आयोजना गरेर अरिस्ता उपचार सहयोग समिति गठन गरेको छ । छलफल कार्यक्रममा जिल्ला तथा स्थानीय नेता कार्यकर्ताहरूले अरिस्ताको उपचारमा सक्रिय भएर सहभागी हुने र आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएका छन् […]
पूरा पढ्नुहोस्
दुबै मिर्गौला खराब भएपछि छोरीको जीवन बचाइदिन आमा लक्ष्मीले गरिन् सबैसँग अनुरोध
डम्बर बराल मेचीनगर÷लाऊँलाऊँ र खाऊँ खाऊँको उमेरमा दुवै मिर्गाैला खराब भएर जीवन मरणको दोसाँधमा पुगेकी आफ्नी छोरीको जीवन बचाइदिन आमा लक्ष्मी परियारले सबैसँग अनुरोध गरेकी छिन् । एक महिनाअघि छोरीको स्वास्थ्यमा समस्या भएपछि उपचार गराउन अस्पताल पुगेकी परियार त्यस बेला छाँगाबाट झरिन् जब डाक्टरले छोरी अरिस्ताको दुबै मिर्गाैला खराब भएको सुनाए । त्यसपछि उनलाई तत्काल […]
पूरा पढ्नुहोस्
कोरोना संक्रमणबाट कपिलवस्तुमा पत्रकारको मृत्यु
झापा,२३ भदौ । कपिलवस्तुमा एक पत्रकारमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् । कपिलवस्तुको तौलिहवाका ६२ वर्षीय ती पत्रकारको सोमबार दिउँसो मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार […]
पूरा पढ्नुहोस्
झापामा कोरोना संक्रमण तीव्ररुपमा बढ्दै आज थप १५ जनामा संक्रमण पुष्टि
झापा, २२ भदौ ।कोरोना संक्रमितको संख्या झापामा तीव्ररुपमा बढ्दै गएको छ । आज झापामा १५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये १४ जना स्थानीय र १ जना भारतबाट आएका हुन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बाह्रदशी गाउँपालिका–५ नम्बर वडाका १ जना पुरुष, बिर्तामोड नगरपालिका–६ नम्बर वडाका १ जना पुरुष […]
पूरा पढ्नुहोस्
बीएण्डसी हस्पिटलको ‘विशेष मेडिकल वार्ड’ सिल
झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको ‘विशेष मेडिकल वार्ड’ सिल गरिएको छ ।हस्पिटलमा कार्यरत १२ जना स्वास्थ्यकर्मीमा आइतवार एकै पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विशेष मेडिकल वार्ड सिल गरिएको हो । आइतबार बिर्तामोड नगरपालिकामा बसेको बैठकले अस्पतालभित्रको एउटा मेडिकल वार्ड मात्रै सिल गर्ने निणर्य गरेको बिर्तामोडका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले बताए ।बैठकले संक्रमित स्वास्थ्यकर्मीको […]
पूरा पढ्नुहोस्
झापामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित ३२ जना संक्रमित थपिए
मेचीनगर, २१ भदौ । झापामा आज स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका–३, ५, ६ र ९ नम्बर वडासहित १५ जना, कमल गाउँपालिका–३ नम्बर वडाका ३ महिला र ८ जना पुरुष, कनकाई नगरपालिका–३ नम्बर वडाका १ जना पुरुष छन् । त्यस्तै मेचीनगरपालिका–६ र […]
पूरा पढ्नुहोस्
झापामा शुक्रबार २ सुरक्षाकर्मीसहित २६ जना संक्रमित थपिए
मेचीनगर, १९ भदौ । झापामा शुक्रबार दुई जना सुरक्षाकर्मीसहित २६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार मेचीनगरपालिका–७ र १० नम्बर वडाका ३ जना पुरुष, झापा गाउँपालिका–१ नम्बर वडाका ३ जना पुरुष, गौरीगञ्ज गाउँपालिका–५ नम्बर वडाका १ जना पुरुष, दमक नगरपालिका–६, ७ र ८ नम्बर वडाका ३ महिलासहित […]
पूरा पढ्नुहोस्
झापामा कोरोना संक्रमित बढ्दै, आज थपिए १२ जना संक्रमित
मेचीनगर, १८ भदौ । झापामाकेहि दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । विहीबार समेत १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिकाका ४ महिला र १ जना पुरुष, अर्जुनधारा नगरपालिकाका १ जना पुरुष र कमल गाउँपालिकाका २ महिला र ४ जना पुरुष छन् । […]
पूरा पढ्नुहोस्