स्वास्थ्य
६जनाले जीते मेचीनगरमा कोरोना लाई ,नाकामा उच्च सतर्कता अप्नाइरहेको नगरपालिकाको भनाई
लक्ष्मी उप्रेती मेचीनगर, २३ असार ÷ झापाको मेचीनगरमा ६ जना नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट निको भएर घर फर्किएका छन् । मेचीनगर नगरपालिकाले शुरुदेखि नै पूर्वीनाकाबाट यसको संक्रमण फैलिन र भित्रिन नदिनका लागि उच्च सर्कताका साथ विभिन्न काम गरेको थियो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अहिलेसम्म नगरका विभिन्न वडाका ६ जनाले कोरोनामाथि जीत […]
पूरा पढ्नुहोस्
मास्कको प्रयोगलाई अनिवाय गर्न काँकरभिट्टामा सचेतना
मेचीनगर ।कोरोनाबाट बच्न अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्नै भन्दै मंगलबार प्रहरीको अगुवाईमा काँकरभिट्टामा विभिन्न सामाजिक संघ संस्थाहरुले सचेतना अभियान शुरु गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको अगुवाईमा लायन्स क्लब, रोटरी क्लब, माइती नेपाल, मेची उद्योग वाणिज्य संघ, सामुदायिक प्रहरी सेवा केन्द्र, ट्राफिक प्रहरी तथा अन्य सामाजिक संघ संस्थाहरुको सहभागितामा बजारमा मास्क नलगाई हिड्ने […]
पूरा पढ्नुहोस्
मास्क नलगाई घरबाट बाहिर निस्किए प्रहरीले पक्राउ गर्ने
झापा २२ असार । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएका कारण खेलवाड गर्न नदिन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । घरबाहिर […]
पूरा पढ्नुहोस्
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो
काठमाडौं,२२ असार । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङका २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । बाग्लुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको २१ गते क्वारेन्टिनमा मृत्यु भएको हो । भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएको मन्त्रालयका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा थप एकजनामा कोराना पुष्टि
मेचीनगर । मेचीनगरमा सोमबार थप एकजना पुरुषमा कोराना संक्रमण पुष्टि भएको छ ।योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मेचीनगर–२ को मेची जनसाधारण माविको क्वारेन्टिनमा बसेका ४० वर्षीय पुरुषमा कोराना संक्रमणको पुष्टि भएको हो । असार ९ गते भारतबाट आएका उनको १६ गते पीसीआरको नमुना संकलन गरिएको थियो । उनको सोमबार स्वास्थ्य मन्त्रालयले […]
पूरा पढ्नुहोस्
कोरोनाबाट मृत्यु भएका व्यक्तिको शवबाट कोरोना सर्दैन स्वास्थ्य मन्त्रालय
काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शवबाट कोरोना नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने बताएका हुन् । उनले कोरोना भाइरसको संक्रमण खोक्दा, बोल्दा, हाछ्यु गर्दा निस्कने छिटाबाट सर्नेसमेत जानकारी दिए । उनले भने, “कोरोना संक्रमितको शव जमीनमा खाल्डो खनेर गाड्ने, […]
पूरा पढ्नुहोस्
कोरोना रोकथाममा प्रदेश १ मा २७ करोड ३३ लाख खर्च
झापा,१९ असार । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश १ सरकारले २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च गरेको छ । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार, मन्त्रालयको नियमित […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आज थपिए १४ जना कोरोना संक्रमित,संक्रमितको संख्या ४१ पुग्यो
मेचीनगर,१९ असार ।मेचीनगरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दो छ । नगरपालिकामा आज एकै दिन १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको स्वावको रिपोर्टमा १४ जनाको पोजेटिभ भेटएिको प्रतिष्ठानले जनाएको छ ।संक्रमित सबै पूरुष रहेका छन् । संक्रमित हुनेहरुमा वडा […]
पूरा पढ्नुहोस्
रोटरीले बनाईदियो दुईवटा अस्थायी शौचालय
लक्ष्मी उप्रेती मेचीनगर ÷ रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्षमा कृष्णकान्त खनियाँले नयाँ कामको थालनीसँगै आफ्नो पदभार ग्रहण गरेका छन् । सन् २०२०÷२०२१ का अध्यक्ष खनियाँले काँकरभिट्टा माध्यमिक विद्यालय परिसरमा रहेको होल्डिङ सेन्टर तथा काँकरभिट्टा स्क्रिनिङ्ग सेन्टरमा दुईवटा अस्थायी शौचालय निर्माण गरी वडा सरकारलाई हस्तान्तरण गर्नुभएको छ । त्यहा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा ७सहित झापामा थप २० जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर । बुधबार मेचीनगरमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् ।मेचीनगर–५ का ४ जना, मेचीनगर–११ का १ जना र मेचीनगर–१० का २ जना कोरोना संक्रमित थपिएका हुन् ।संक्रमित ७ जनामध्ये ६ जना महिला र १ जना १३ वर्षका बालक छन् । योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । मेचीनगरमा ७ सहित झापामा […]
पूरा पढ्नुहोस्