Uncategorized

नेपाल चिया विकास निगमले कर नतिरेपछि ६ पालिका प्रमुखको बैठक

मेचीनगर । पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा आज झापाको मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमूखहरुको बैठक सम्पन्न भएको छ । नेपाल सरकारले नेपाल चिया विकास निगम र खरिदकर्ता संघई ग्रुपका पुरुषोत्तमलाल संघईलाई भाडामा दिइएको ६ वटा चिया बगानबाट हालसम्म कुनै पनि स्थानिय तहलाई कर नबुझाएको कारण कर असुलिका लागि झापाका […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा क्याम्पस स्ववियु सभापतिमा नेविसंघका विशाल तामाङ निर्वाचित

मेचीनगर, ११ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका विशाल तामाङ निर्वाचित भएका छन् । शुक्रबार राति १२ वजे सम्पन्न मत परिणाम अनुसार सभापतिमा तामाङले २५० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धीहरु अनेरास्ववियू (एस)का सभापतिका उम्मेदवार विनम सरदारले १९० र अनेरास्ववियु ९एमाले०का रोशन भुजेलले ४८ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक हेमकुमार […]

पूरा पढ्नुहोस्

कट्टेलको ‘जीवनका मोडहरु’ लोकार्पण

राम कट्टेलद्वारा लिखित कविता संग्रह (जीवनका मोडहररु) आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले धुलाबारीको अतिथि सदनमा पुस्तकको विमोचन गरेका थिए । डिल्लिराम कट्टेल स्मृति प्रतिष्ठानले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै सांसद शर्माले जीवनका मोडहरूको प्रकासनले राम कट्टेलको परिचय थप फराकिलो बनाएको बताए । प्रतिष्ठानका अध्यक्ष […]

पूरा पढ्नुहोस्

मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पौडेल, सचिवमा राई निर्वाचित

मेचीनगर, ७ चैत । मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पत्रकार मुक्ति पौडेल निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा अध्यक्षकी पदकी प्रतिष्पर्धी बिना तामाङलाई १०२ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । जनसंसद् दैनिकका सम्पादक समेत रहेका पौडेल सामाजिक सेवाको क्षेत्रमा समेत उत्तिकै क्रियाशील छन् । अध्यक्षमा निर्वाचित पौडेलले २२१ मत तथा उपबिजयी तामाङले […]

पूरा पढ्नुहोस्

नेपाल बहुउद्देश्यीय सहकारीले मनायो ३०औं स्थापना दिवस

मेचीनगर । मेचीनगर–६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले बुधवार आफ्नो ३० औँ स्थापना दिवस मनाएको छ । संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, डेरी उद्योग, सहकारी पसलहरु एवम् चिया उद्योगहरुमा दिउँसो २ बजेदेखि ४ बजेसम्म एकसाथ वार्षिकोत्सव सहितको स्थापना दिवस मनाइएको हो । २०५० साल फागुन २४ गते तत्कालीन काँकरभिट्टा […]

पूरा पढ्नुहोस्

नकलबन्दा विलिभर्ष स्कुलको १७ औं वार्षिक उत्सवमा विविध कार्यक्रम

मेचीनगर । नकलबन्दा विलिभर्ष इङ्लिस स्कुलको १७ औं वार्षिक उत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मेचीनगर–८ स्थित विद्यालयको प्राङ्गणमा विविध कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । नकलबन्दा विलिभर्ष इङ्लिस स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ खडियाको सभापतित्व तथा विलिभर्ष इष्टर्न चर्च जिल्ला परिषद झापा संयोजक तथा येरुशलेम विलिभर्ष इष्टर्न चर्चका फादर रेभ जगतबहादुर […]

पूरा पढ्नुहोस्

थेसिसको १६ औं वार्षिक उत्सवमा तीन प्रतिभा सम्मानित

डम्बर बराल बडाखाल । मेचीनगर–३ स्थित थेसिस अंग्रेजी माविले शुक्रबार १६ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । स्व रणवीर÷ रनमाया रुचालको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको रोचक प्रस्तुतीले अभिभावक तथा अतिथिहरु उत्साहित बनेका थिए । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीको एकल तथा सामूहिक नृत्य, गायन, चेतनामुलक नाटक कविता, लगायतका रोचक प्रस्तुतीले कार्यक्रमको माहोललाई […]

पूरा पढ्नुहोस्

सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो। बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए। अघिल्लो सचिवालय बैठकमा सरकारबाट नबाहिरिने निर्णय गरेको एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झन् चिढ्याउँदै गएका थिए। उनले हिजो […]

पूरा पढ्नुहोस्

मेचीनगरबाट सुरु भयो, मेचीनगर अनलाइन

मेचीनगर, १४ फागुन । पत्रकार अर्जुन कार्कीको सम्पादकत्वमा मेचीनगर अनलाइनको प्रकाशन सुरु भएको छ । मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अनलाइनको विधिवत् उद्घाटन गरे । बिगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार कार्की यसअघि लोकतन्त्र पोस्ट, जनसंसद् दैनिक, जनान्दोलन साप्ताहिक, मेची ट्युन्स एफएम, सौर्य दैनिक काठमाडौँ लगायतका सञ्चारमाध्यममा कार्यरत […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिमा पौडेल र नेम्वाङ बीच प्रतिष्पर्धा हुने

झापा । आसन्न राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्बाङबीच प्रतिष्पर्धा हुने भएको छ । यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति पदका लागि ८ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवार दर्ता गराएका छन् । शनिबार निर्वाचन आयोगमा राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका रामचन्द्र […]

पूरा पढ्नुहोस्