तारपुञ्ज साकोसले दियो ब्याजमा १५ प्रतिशत छुट

2020-06-24 मा प्रकाशित

चारआली । तारापुञ्ज बचत तथा ऋण सहकारी सस्थाले सदस्यहरुलाई ऋण रकमको ब्याजमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ । मेचीनगर–१३ चारआलीमा प्रधान कार्यालय रहेको तारापुञ्ज साकोसले लकडाउनको अवस्थालाई हेरी विषम परिस्थितिमा सदस्यज्युहरुमा सहुलियत र सुबिधा प्रदान गर्ने भएको हो ।

तारापुञ्ज साकोस संचालक समितिको बैठकबाट २०७६ साल चैत्र महिना देखि २०७७ असारमसान्त सम्मको कर्जामा लाग्ने ब्याज रकममा ब्याज छुटको सुबिधा प्रदान गर्ने निर्णय भएको व्यवस्थापक मोहन अधिकारीले जानकारी दिए । कोरोना भाइरसको त्रास सँगै लकडाउका कारण ब्यापार ब्यवसाय बन्द हुँदा सदस्यहरुलाई आर्थिक भार पर्नै भन्दै सहकारीले आफना सदस्यहरुलाई ब्याजको रकममा १५ प्रतिशत छुट दिने निर्णय गरिएको सहकारी संस्थाका ब्यवस्थापक अधिकारीले जानकारी दिए ।

 

उनका अनुसार २०७७ असार महिना सम्मको बुझाउनुपर्ने सम्पुर्ण किस्ता रकम बुझाएमा लाग्ने ब्याज रकममा १५ प्रतिशत छुट सुबिधा प्राप्त हुने उनले बताए । २०७७ असार महिना सम्मको ब्याज रकम मात्र बुझाएमा नियमानुसार लाग्ने ब्याज रकममा १० प्रतिशत छुट सुबिधा प्राप्त हुने उनले वताए । त्ससैगरि बिलम्ब सुल्क (जरिवाना)मा पुर्ण छुट प्राप्त हुने उनले वताए । अधिकारीका अनुसार ब्याज छुट सुबिधा २०७६ चैत महिना देखि २०७७ असार महिना सम्म जम्मा ४ महिनाको प्राप्त हुनेछ । यो सुबिधा २०७७ असार मसान्तसम्ममात्र लागू हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु