Author: मेची आवाज डेक्स
एकीकृत समाजवादीले असोज १४ गतेदेखि मेची महाकाली राष्ट्रिय जागरण यात्रा सुरु गर्ने
मेचीनगर । नेकपा (एकीकृत समाजवादी पार्टी) ले आगामी असोज १४ गतेदेखि २८ गतेसम्म मेची महाकाली राष्ट्रिय जागरण यात्रा सञ्चालन गर्ने भएको छ । आगामी निर्वाचनमा अरु पार्टीलाई आफ्नो पार्टीमा सहभागी गराई गठबन्धनको नेतृत्व लिने लक्ष तथा पार्टी संगठन विस्तार योजनाकासाथ मेची महाकाली जागरण यात्रा सुरु गर्न लागेको समाजवादीले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको […]
पूरा पढ्नुहोस्
साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सम्पन्न
बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष टुकादेवी दाहालको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा रहेको थियो । प्रमुख अतिथि कार्कीले सहकारीले स्थानीय […]
पूरा पढ्नुहोस्
बालकल्याण माविका शिक्षक र कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने
सुरेन्द्रनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुले नेपाल बैंक लिमिटेडबाट बिना धितो कर्जा पाउने भएका छन् । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखा र वालकल्याण माध्यमिक विद्यालयबीच कर्जा प्रवाह गर्ने विषयमा सोमबार सम्झौता भएको छ । बैंकवाट प्रवाह गरिने अधिकतम रु १५ लाख सेवा ग्राही कर्जा लिने दिने विषयको उक्त सम्झौता […]
पूरा पढ्नुहोस्
सरोकारवालाहरुसँग छलफल नगरी विद्येयक ल्याउँदा कार्यान्वयनमा समस्या भइरहेको छ: सभामुख घिमिरे
बिर्तामोड । सभामुख देवराज घिमिरेलेसरकारले सरकारले सरोकारवालाहरुसँग छलफल नगरी विद्येयक ल्याउँदा कार्यान्यनमा समस्या हुने गरेको बताएका छन् । कुनैपनि विद्येयकलाई कानुन बनाएर कार्यान्वयनमा ल्याउँन सदनमा छलफल गरेर पारित गर्नु पर्छ,’ उनले भने, ‘सरकारले विद्येयक ल्याउँदा सरोकारवालाहरुसँग छलफल नगरेको कारण सदन अवरुद्ध हुँने गरेको छ । जसको कारण कानुन कार्यान्वयन हुन समस्या भइरहेको छ ।’ विभिन्न […]
पूरा पढ्नुहोस्
गृहलक्ष्मी साकोसको एकाईगत साधारणसभा सम्पन्न
मेचीनगर । मेचीनगर–९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिको १५ औं इकाईगत वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ । धुलबरी स्थित प्रधान कार्यालयमा आयोजित साधारणसभाको उद्घाटन मेचीनगर ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ ले गरेका थिए । इकाईगत वार्षिक साधारणसभामा विर्तामोड नगरपालिका सहकारी अधिकृत श्री डिल्लीप्रसाद दाहालको समेत उपस्थिती रहेको थियो । सहकारी संस्थाकी […]
पूरा पढ्नुहोस्
सञ्चालनमा आयो बिर्तामोडको भाट-भटेनी
बिर्तामोड । नेपालकै ठूलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले आज ब्राह्मणबाट शुभ साइत गराएर स्टोरको उद्घाटन गरेका हुन् । नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गरेका थिए । बिहान उद्घाटनसँगै आज बिहान ९ बजेपछि उपभोक्ताका लागि स्टोर खुला गरिनेछ […]
पूरा पढ्नुहोस्
संविधान दिवसको अवसरमा मेचीनगर –८ मा दिप प्रज्वलन
मेचीनगर । संविधान दिवस २०८० को अवसरमा नेकपा एमाले मेचीनगर –८ वडा कमिटिले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै वडाकमिटिले मेचीनगर ८ स्थित सिर्जना चोकमा दिप प्रज्वलन गरेको हो । नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा क्षेत्रीय पार्टी संयोजक टिकाराम मंग्रान्तीको प्रमुख आतिथ्य तथा […]
पूरा पढ्नुहोस्
आदर्श विद्या मन्दिरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न , आयूषा भइन् प्रथम
धुलाबारी, ३ असोज । संविधान दिवसको अवसर पारेर आदर्श विद्या मन्दिर मेचीनगर –९ ले वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई आफ्नो देशको संविधानका बारे सिकाउने र अध्ययन अध्यापन गराउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गरिएको विद्यालयका प्रधानाध्यापक कविन्द्र श्रेष्ठले बताए । संविधान दिवसका अवसरमा विद्यालयले हरेक वर्ष यस किसिमका कार्यक्रम गर्दै आएको उनको भनाइ छ […]
पूरा पढ्नुहोस्वार्तामा गएन शिक्षक महासंघ
काठमाडौं, २ असोज। नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गरेको छ । महासंघले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ । मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा बसपार्क मर्मत संम्भार हुने
मेचीनगर । काँकरभिट्टा बसपार्कलाई मर्मत सम्भार गरिने भएको छ । जीर्ण हुँदै गइरहेको काँकरभिट्टा बसपार्कलाई मेचीनगर नगरपालिकाले मर्मत संम्भार गर्ने भएको हो । मंगलबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा शहरी विकासका इन्जिनियर सहितको टोलीले बसपार्क क्षेत्रको अवलोकल गरेको थियो । बसपार्कको स्थलगत अनुगमन पछि बसपार्क क्षेत्रको मर्मत गर्ने विषयमा सरोकारवालाहरुबीच छलफ समेत भएको थियो […]
पूरा पढ्नुहोस्