Author: मेची आवाज डेक्स
प्रेस क्लव मेचीनगरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, बाल सुबोधिनीका रमेश भए प्रथम
मेचीनगर, १५ जेठ । प्रेस क्लब मेचीनगरको आयोजनामा आज (सोमबार) अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । क्लबले १६औं गणतन्त्र दिवसका अवसर पारेर गणतन्त्र स्थापनामा प्रेसको भूमिका विषयक अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । कार्यक्रममा मेचीनगरका आठवटा विद्यालय सहभागी थिए । प्रतियोगितामा बाल सुबोधिनी माध्यमिक विद्यालयका रमेश नेपाल ३१ अंकसहित प्रथम भएका […]
पूरा पढ्नुहोस्
होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा सुरेश कुमार
मेचीनगर, १३ जेठ । होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा सुरेश कुमार श्रेष्ठ ( गोपाल) निर्वाचित भएका छन्। शनिबार काँकरभिट्टा खानेपानीको सभाहलमा भएको होटल व्यवसायी संघ मेचीनगरको प्रथम अधिवेशनले अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन। मेचीनगरको प्रथम अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मानबहादुर गिरी, महिला उपाध्यक्षमा दिलकुमारी श्रेष्ठ, महासचिवमा हस्तबहादुर तामाङ, सचिवमा विमला तामाङ र कोषाध्यक्षमा हेमराज भट्टराई निर्वाचित […]
पूरा पढ्नुहोस्
होटल व्यवसायी संघ मेचीनगरद्वारा दर्जन बढी सम्मानित
मेचीनगर, जेठ १३ । प्रथम अधिवेशनको आयोजना गर्दै होटल व्यवसायी संघ मेचीनगरले होटल व्यवसाय क्षेत्र विकासमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा आज एक भव्य कार्यक्रमको आयोजना गर्दै व्यवसायी संघले दर्जन बढी अग्रज होटल व्यवसायीलाई सम्मान गरेको हो । लामो समयदेखि काँकरभिट्टा क्षेत्रमा होटल सञ्चालन गरी […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगीमा ‘कविता कन्सर्ट’
मेचीनगर, जेठ १० । बाहुण्डाँगीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट आयोजना हुने भएको छ । बाहुण्डाँगी जेसीजको आयोजनामा गणतन्त्र दिवशको अवशर पारी जेठ १५ गते कवि पराजुलीको कविता कन्सर्ट आयोजना हुने भएको हो । स्थानीय साहित्यलाई समेत प्रोत्साहन गरी बाहुण्डाँगीको भुगोललाई साहित्यसगँ जोड्न कविता कन्सर्टको आयोजना गरिएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी […]
पूरा पढ्नुहोस्
पारिजात स्कूलमा उत्कृष्टलाई अवार्ड वितरण
मेचीनगर । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले मंगलवार विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गर्दै बाल क्लब गठन गरेको छ । विद्यालय परिसरमा भव्य कार्यक्रमको आयोजना गरेर उत्कृष्ट विद्यार्थी प्रतिभाहरुलाई सम्मान गरिएको हो । विद्यालयले २०७९ को परीक्षामा कक्षा नर्सरीदेखि ९ सम्म प्रथम दोस्रो र तेस्रो भएका विद्यार्थीलाई पुरस्कृत गरेको छ । यस्तै, विद्यालयले अध्ययनमा […]
पूरा पढ्नुहोस्
घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का मनोनित
झापा, । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनित भएका छन् । महासंघको यहि बैशाख ३ गते बसेको पहिलो कार्यकारिणी वैठकले खड्कालाई घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनित गरेको हो । वैठकले अध्यक्ष चन्द्रप्रसाद ढकाललाई अख्तियारी प्रदान गरे अनुसार विधानको दफा ३८ (ग) बमोजिम केन्द्रीय सदस्य […]
पूरा पढ्नुहोस्
बिर्तामोड नगरपालिकाले वुधवारे हटियामा डोजर चलाएर संरचना भत्कायो
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वुधवारे हटिया मा रहेका अब्यवस्थित टहरा डोजरचलाएर भत्काएको छ । नगरपालिकाले बिर्तामोड ५ मा रहेको देवी हाटमा व्यवस्थित सपिङ महल निर्माणका लागि अब्यवस्थित रुपमा रहेका टहरा हटाएको हो । त्यहाँ रहेका ब्यवसायीलाई टहरा खाली गर्न पटक पटक आग्रह गरेपनि उनीहरुले अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गर्दै सो क्षेत्र खाली गराएको हो […]
पूरा पढ्नुहोस्
समाजका असली अभियन्ता ढुंगाना
डम्बर बराल झापा । एउटा काँधमा फोहोर बोक्ने बोरा, लामो कपाल, क्याप टोपी पहिरिएर खुट्टामा घुँडासम्म आउने प्लाष्टिकका बुट, अनि धुलोमैलो कपडा सधै उनी यही हुलियामा सडक किनारमा फोहोर टिप्दै गरेका भेटिन्छन् । उनी अर्थात अर्जुनधार–११ निवासी सामाजिक अभियन्ता गणेश ढुंगाना । फोहोर टिपेर आफ्नो जीवन निर्वाहको लागि उनी सडकमा आएका भने होइनन् । फोहोरको […]
पूरा पढ्नुहोस्
अपांग मैत्री सेवा स्वरोजगार संस्थाले बुझायो मेचीनगरमा ज्ञापन
मेचीनगर, ७ जेठ । अपांग मैत्री सेवा स्वरोजगार संस्था मेचीनगरले मेची नगर नगरपालिकाको कार्यालय भवन अपाङ्गमैत्री हुँनु पर्नेमा जोड दिएको छ । मेचीनगर पालिकाको भवन अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका सेवाग्राहीले सास्ती व्यहोर्नु परेको भन्द्रै आज अपांग मैत्री सेवा स्वरोजगार संस्थाले नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएको छ । अपांग मैत्री सेवा स्वरोजगार संस्था मेचीनगरका अध्यक्ष राम […]
पूरा पढ्नुहोस्
बिर्तामोड खानेपानीको निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलद्धारा उम्मेद्वार घोषणा
बिर्तामोड । बितामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेठ १५ गते हुने निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलले उम्मेद्वार घोषणा गरेको छ । स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिले शनिवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेद्वार घोषणा गरेको हो । अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्षमा प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा विनिता राजवंशीले […]
पूरा पढ्नुहोस्