Author: मेची आवाज डेक्स
नाकामै कडाइले बेचिनबाट जोगिए चेलीहरु
काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टाबाट चेलीबेटी बेचविखन नियन्त्रणको प्रयास प्रभावकारी बन्दै गएको एक तथ्यांकले देखाएको छ । चेलिबेटी बेचविखनमा सक्रिय दलालहरुले काँकरभिट्टालाई केही वर्ष अघिसम्म सजिलो नाकाको रुपमा प्रयोग गर्दै आएका थिए । पछिल्लो समय माइती नेपाल लगायतका संस्था र नेपाल प्रहरीले नाकामा उच्च सतर्कता बढाएसँगै चेलीबेटी बेचविखन नियन्त्रणमा कमी आउन थालेको हो । चेलीबेटी […]
पूरा पढ्नुहोस्
मेचीनगर –५ को पाथीभरा मन्दिरमा श्रीमद् देवी भागवत महापुराणको तयारी
सुरेन्द्रनगर÷ मेचीनगर –५ स्थित पाथीभरा मन्दिर समितिको आयोजनामा आगामी मंसिर ११ देखि २० गतेसम्म श्रीमद् देवी भागवत् महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । मन्दिर समितिले पुराण सफलपार्न २१ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको छ । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट […]
पूरा पढ्नुहोस्
बौद्धमोड कृषि सहकारी संस्था लि.को अध्यक्षमा पुनः नरेन्द्र काफ्ले
मेचीनगर । बौद्धमोड कृषि सहकारी संस्था लि.को अध्यक्षमा नरेन्द्र काफ्ले चयन भएका छन् । संस्थाको आज सम्पन्न १४औं बार्षिक साधारणसभाले काफ्लेलाई ४ वर्षे कार्यकालको लागि पुनः अध्यक्षमा चयन गरेको हो । साधारण सभाले काफ्लेलाई तेस्रो पटक अध्यक्षमा चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा किशोर तामाङ चयन भएका छन् । ११ सदस्यीय कार्यसमितिको सदस्यहरुमा अग्नि प्रसादआचार्य, […]
पूरा पढ्नुहोस्
सदस्यको जीवन स्तर उकास्न सहकारीले खेलेको भूमिका महत्त्वपूर्ण : वडाध्यक्ष बराल
मेचीनगर । मेचीनगर नगरपालिका २ का वडाध्यक्ष दिपक बरालले ग्रामीण क्षेत्रका मानिसहरूको आर्थिक अवस्था उकास्न सहकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । मंगलबार मेचीनगर २ स्थित बौद्धमोडमा बौद्धमोड कृषि सहकारी संस्था लि को १४औं बार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै वडाध्यक्ष बरालले पछिल्लो समय आर्थिक तरलताले समस्या सृजना गरिरहेको अवस्थामा पनि बौद्धमोड कृषि सहकारी संस्थाले […]
पूरा पढ्नुहोस्
झापाली समाज कतारले दियो न्यानो कपडा
बौद्घमोड,५ पुस । सामाजिक क्षेत्रमा क्रियाशील संस्था झापाली समाज कतारले मंगलबार मेचीनगरका बिभिन्न वडाका फरक क्षमता भएका अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । समाजले वडानम्बर १, २, ३, ४ र वडानम्बर १० मा रहेका ३५ जना फरक क्षमता भएका अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकोे हो । कार्यक्रमको संयोजन नेपाल राष्ट्रिय अपाङ्ग पुनस्र्थापना […]
पूरा पढ्नुहोस्
विश्वकपको उपाधि अर्जेन्टिनाको पोल्टामा
काठमाडौं । विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप को उपाधि हातपारेको हो । कतारको लुसेल स्टेडियममा भएको रोचक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि आफनो पोल्टामा पार्याे । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि […]
पूरा पढ्नुहोस्
स्वयमसेवीकालाई वडाले दियो, साइकल, व्याग र छाता
धुलाबारी । मेचीनगर–१४ वडाकार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरेर आफ्नो वडामा रहेका ५ जना स्वयम सेवीका हरुलाई एक– एक थान साइकल, व्याग र छाता वितरण गरेको छ । वडानम्बर १४ स्थित स्वास्थ्य चौकीमा कार्यरत सामाजिक क्षेत्रमा क्रियाशील स्वास्थ्य स्वयमसेवीका यसोदा खतिवडा, दिव्यकला सिवाकोटी, मञ्जु नेपाल, सीतादेवी खवास र दुर्गादेवी थापालाई साइकल, व्याग र छाता दिएर […]
पूरा पढ्नुहोस्
बिन्ती साकोसको १४ औँ साधारण सभा सम्पन्न
मेचीनगर । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर नगरपालिकाका सहकारी विभाग […]
पूरा पढ्नुहोस्
जवरजस्ती धर्म परिवर्तन गराउँन मिल्दैन : मन्त्री सरावगी
मेचीनगर । प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री ओम सरावगीले कसैले कसैको जवरजस्ती धर्म परिवर्तन गर्न नपाउने बताएका छन् । शनिबार सताक्षीधाममा आयोजित जनकल्याण प्रतिष्ठानको एकल अभियान नेपाल अन्तरगतको दक्षता वर्गको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री सरावगीले यस्तो कुरा बताएका हुन् । सबैलाई आ–आफ्नो धर्म मान्न पाउने अधिकार दिएको बताउँदै […]
पूरा पढ्नुहोस्