Author: मेची आवाज डेक्स
विद्या विकासले शिक्षामा मार्याे फड्को, यसै शैक्षिक सत्रबाट प्लस टु सञ्चालनको तयारी
बाहुनडाँगी । झापाको बाहुनडाँगी क्षेत्रका विद्यार्थीहरुले प्लसटु अध्ययनकोलागि अव टाढा धाउनु पर्ने झण्झटबाट मुक्त हुने भएका छन् । मेचीनगर – ४ बाहुनडाँगी स्थित विद्या विकास एकेडेमीले यसै शैक्षिक सत्रबाट प्लस टु कक्षा सञ्चालन गर्ने भएपछि विद्यार्थीहरुले अध्ययनकोलागि टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको हो । बिहीबार विद्यालयले प्लस टु कक्षा सञ्चालनको तयारीबारे पत्रकार सम्मेलन […]
पूरा पढ्नुहोस्
बुद्धशान्ति प्रेस क्लबले गरिदियो बुद्धशान्तिका सबै पत्रकारको दुर्घटना बीमा
बुद्धशान्ति, । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर पत्रकारीता गरिरहने सकृय पत्रकार तथा सञ्चारकर्मीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ । प्रेस क्लबले २० जना पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो । प्रेस क्लबको बार्षिक कार्यक्रम अनुसार हरेक बर्ष नविकरण हुनेगरी २० जनाको २० लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सनाले […]
पूरा पढ्नुहोस्
पूर्व प्रगती आमा समुहको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम
मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित पूर्व प्रगती आमा समुहको तेस्रो वार्षिक साधारण सभाको अवसर विविध कार्यक्रम भएको छ ।तेस्रो वार्षिक साधारण सभाको अवसरमा समुहले संस्थामा योगदान पु¥याउने आमाहरुलाई सम्मान समेत गरेको छ ।साधारण सभाका अवसरमा संस्थालाई योगदान गरेवापत संस्थाकी संस्थापक अध्यक्ष राधा सिलवाल,पूर्वअध्यक्ष भगवती अधिकारी, ईन्दिरा रायामाझी, विष्णुमायाँ अधिकारी र पुष्पाकुमारी राईलाई […]
पूरा पढ्नुहोस्
विद्या विकास एकेडेमीले कक्षा ११ सञ्चालन गर्ने
बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास एकेडेमीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को अध्यापन औपचारिक रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । प्रारम्भिक चरणमा एकेडेमीले व्यवस्थापन संकायमा अध्यापन गराउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । एकेडेमीले पत्रकार सम्मेलन गर्दै कक्षा ११ को औपचारिक सुरुवातको जानकारी गराएको हो । कार्यक्रममा मेचीनगर–४ का वडा अध्यक्ष […]
पूरा पढ्नुहोस्
कृषकलाई सुपारी खेती सम्बन्धी तालिम दिँदै मेचीनगर
मेचीनगर । सुपारी खेती प्रर्वद्धनका लागि मेचीनगरले कृषकहरुलाई धमाधम तालिम दिइरहेको छ । नगरपालिकाले मेचीनगर–१, ९ र १२ नम्बर वडाका किसानलाई भारतबाट कृषिका विज्ञ व्यक्ति बोलाएर सुपारी खेती प्रर्वद्धन सम्बन्धी तालिम दिइरहेको छ । भारत सिलीगुडी निवासी कृषि विज्ञ डा.शरणकुमार रिजालले तालिममा सहभागी किसानहरुलाई प्रशिक्षण दिइरहेका छन् । मेचीनगर–१ का ४५ जना किसानलाई यही […]
पूरा पढ्नुहोस्
महिलाहरुलाई सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिम
मेचीनगर । राष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रर्वद्धन कार्यक्रमका लागि मेचीनगरमा सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिम सुरु गरिएको छ । मेचीनगर नगरपालिकाले ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने नारासहित राष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रर्वद्धन कार्यक्रममा यहाँका महिलाहरुलाई सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिम दिएको हो । मेचीनगर–८ स्थित सीप विकास […]
पूरा पढ्नुहोस्
आगलागीका कारण घर विहिन बन्यो अधिकारी परिवार, समयमा दमकल नपुग्दा स्थानीय आक्रोशित
मेचीनगर, ६ जेठ । मेचीनगर वडा नं. ९ थोप्लेबिरानका स्वस्तिका अधिकारीको घर मंगलबार बिहान हेर्दा हेर्दै एकै छिनमा खरानी भयो । विहान साढे ८ बजेतिरआगलागी सुरु हुनासाथ स्थानीयबासीले दमकल गुहारे पनि समयमा दमकल नपुगेपछि अधिकारी परिवार घर विहिन बनेको छ । उनीहरुले सबैभन्दा पहिला मेचीनगर नगरपालिकाकै दमकल बोलाए । तर, दमकल घटनास्थलमा आइपुग्दा आगोको लप्काले […]
पूरा पढ्नुहोस्
मेचीनगर –३ वडा कार्यालयले बाढ्यो किसानलाई कृषि औजार
मेचीनगर । मेचीनगर–३ वडा कार्यालयले सोमबार किसानहरुलाई कृषि औजारहरु वितरण गरेको छ । वडाले ३१ वटा टोल विकास समिति अन्तरगतका किसानहरुलाई कृषि औजारहरु वितरण गरेको हो । वडा कार्यालय परिसरमा आयोजना कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले किसानहरुलाई विभिन्न प्रकारका कृषि औजारहरु वितरण गरेका थिए । कार्यक्रममा नगरप्रमुख बुढाथोकीले कृषि कर्मको […]
पूरा पढ्नुहोस्
‘लैङ्गिक हिंसा अन्त्यको लागि साझा प्रतिवद्धता आवश्यक छ’
मेचीनगर । लैङ्गिक हिंसा अन्त्यको लागि मेचीनगरमा मंगबारबाट दुई दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ । महिला तथा बालबालिका शाखाद्वारा आयोजित कार्यक्रममा सहभागिहरुले लैङ्गिक हिंसा अन्त्यको लागि महिला पुरुष दुबैको साझा प्रतिवद्धता आवश्यक रहेको बताएका छन् । पुरानो सोच र दृष्टिकोणलाई बदलेर नयाँ चेतनाको विकास गर्दै महिला पुरुष दुबैको साझा प्रतिवद्धताले हिंसा अन्त्य गर्न […]
पूरा पढ्नुहोस्
मेचीनगरमा बाढिँदै ‘सहिद वीरेन छात्रवृति’ रकम
काँकरभिट्टा । मेचीनगर नगरपालिकाकाले सहिद वीरेन राजबंशीको नाममा स्थापना गरेको छात्रवृति रकम सामुदायिक विद्यालय कक्षा–११ र १२ का विद्यार्थीहरुलाई वितरण गरिरहेको छ । सोमबार नगरपालिकाले काँकरभिट्टा माविका ३२ जना कक्षा–११ र १२ का विद्यार्थीहरुलाई जनही ८ हजारका दरले छात्रवृति रकम वितरण गरेको हो । ती विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उक्त रकम हस्तान्तरण […]
पूरा पढ्नुहोस्