Author: मेची आवाज डेक्स
गृहलक्ष्मी र पूर्वीद्वार सहकारीबीच एकीकरण, अध्यक्षमा भट्टराई
धुलाबारी, ७ फागुन । गृहलक्ष्मी र पूर्वीद्वार वचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भएको छ ।धुलाबारी स्थित टाउन हलमा आयोजित एकीकरण साधारण सभाको घोषणा एक नम्बर प्रदेश सभाका सांसद गोपालचन्द्र बुढाथोकीले गरेका थिए । प्रमुख अतिथि समेत रहेका सांसद बुढाथोकीले मुलुकमा सबै क्षेत्र विभाजन भइरहेका बेला पूर्वीद्वार र गृहलक्ष्मी सहकारी एकीकरण हुनुले समाजमा राम्रो […]
पूरा पढ्नुहोस्
अध्यक्ष पदमा भट्टराई र शिवाकोटीको मनोनयन दर्ता
बिर्तामोड ।बिर्तामोड उद्योग वाणिज्य संघको आगामी फागुन १६ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा सुवास भट्टराई र प्रकाश शिवाकोटीले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने र नारायणप्रसाद चिमरियाको उम्मेदवारी दर्ता भएको छ । उद्योग उपाध्यक्षमा सञ्जिव घिमिरे र प्रकाश घिमिरेको उम्मेदवारी परेको छ भने वाणिज्य उपाध्यक्षमा रामकृष्ण अधिकारी र राजकुमार घिमिरे […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ को वडा भवन शिलन्यास
मेचीनगर, ६ फागुन । मेचीनगर नगरपालिका ८ नम्वर वडा कार्यालयको भवन बिहीवार शिलन्यास गरिएको छ । भवनको शिलान्यास मेचीनगरपालिकाका नगर प्रमुख विमल आचार्यले गरेका थिए । करिव एक करोड २० लाख रुपियाँ लागतमा निर्माण हुन लागेको उक्त भवन ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष सिहित सुरु भएको हो । वडा कार्यालय भवनको शिलन्यास गर्दै नगरपालिका […]
पूरा पढ्नुहोस्
म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने सरकारको तयारी
काठमाडौं,५ फागुन। सरकारले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय विस्तारका लागि पुनः अनुमति दिने तयारी गरेको छ । यसअघि पनि यस्तो अनुमति दिने गरिएकोमा जिल्लाहरुमा ठगी बढेको र नियमनमा समस्या भएको भन्दै शाखा खोल्न रोकिएको थियो । अहिले २७ वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । अरुले पनि यस्तो अनुमति मागिरहेका छन् । तर, वैदेशिक […]
पूरा पढ्नुहोस्
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धन ,अध्यक्षमा भट्टराईको उम्मेद्वारी घोषणा
बिर्तामोड, ५ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनले उम्मेद्वार घोषणा गरेको छ ।बुधबार एक कार्यक्रमकाबीच सुवास भट्टराईको नेतृत्वमा उम्मेद्वार सार्वजनिक भएका हुन् । आगामी फागुन १६ गते हुने चुनावका लागि संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा युवा व्यवसायी भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्षमा रामकृष्ण अधिकारी, जनसम्पर्क […]
पूरा पढ्नुहोस्
बलात्कारीलाई कार्वाहीको माग गर्दै पूर्वी नाकामा प्रर्दशन
मेचीनगर,५ फागुन । बलात्कारीलाई कार्वाहीको माग गर्दै बुधबार पूर्वी नाका काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ । हाम्रो अभियान नामक सामाजिक संस्था र देवकोटा पार्कले पछिल्लोसमय बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्ट, निर्मला पन्तलगायतका अपराधीलाई कार्वाही माग गर्दै प्रदर्शन गरिएको हो । निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई सरकारले उन्मुक्ति दिएकोप्रति चर्को नारावाजी […]
पूरा पढ्नुहोस्
प्रहरीद्वारा भागरथी हत्या प्रकरणका आरोपित सार्वजनिक
काठमाडौं,५ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक […]
पूरा पढ्नुहोस्
मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु
मेचीनगर, ५ फागुन ÷ झापाको झापा गाउँपालिकामा मंगलबार साँझ सातबजेतिर मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार झापा गाउँपालिकामा—७ स्थित कानोमाई खोलाको पुलमा पश्चिमबाट पूर्व आउदैं गरेको को १३ प ९०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाईकल चालक झापा गाउँपालिकामा — ६ शरणामतिका २२ वर्षीय […]
पूरा पढ्नुहोस्
बौद्ध मोड इङलिस बोर्डिंग स्कुलमा सांस्कृतिक कार्यक्रम
बाहुनडाँगी । मेचीनगर २ स्थित बौद्ध मोड इङलिस बोर्डिंग स्कुलले मंगलबार सरस्ती पुजाको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । आफ्ना विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक सचिन निरौलाले बताए । पैसा कमाउने भन्दापनि समाज सेवाको उदेश्य राखेर आँफुले विद्यालय सञ्चालन गरेको बताउँदै उनले बौद्ध मोड क्षेत्रका विपन्न परिवारका छोराछोरीलाई निशुक […]
पूरा पढ्नुहोस्
बालकल्याण मावि द्वारा पूर्व शिक्षक तथा कर्मचारीलाई सम्मान
डम्बर बराल मेचीनगर,४ फागुन । मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले मंगलबार सरस्वती पुजाको अवसर पारेर ५ जना पूर्व शिक्षक र १ जना कर्मचारीलाई सम्मान तथा विदाई गरेको छ । विद्यालयले लामो समय सम्म शिक्षण पेशामा सक्रिय रहेर सेवा निवृत्त हुनुभएकी पूर्व साहयक प्रधानाध्यापक मञ्जु दाहाल , पूर्व प्रावि ईन्चार्ज कनक बहादुर कार्की , शिक्षक […]
पूरा पढ्नुहोस्