Author: मेची आवाज डेक्स
मेचीनगर कोरोनाको ‘हटस्पट’ बन्दै
झापा, २७ वैशाख । मेचीनगर नयाँ भेरियन्ट संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ । पूर्वको मुख्य नाका काँकरभिट्टा कोरोना संक्रमणकै कारण तीन जनाको ज्यान गईसकेको छ । अरु वडाको तुलनामा मेचीनगर–६ नम्बर वडा धेरै जोखिममा छ । यो वडामा १५ जना संक्रमित छन् । गतवर्ष पनि कोभिड–१९ महामारीको संक्रमणले थला पारेको मेचीनगर । यसवर्ष पनि नगरमा […]
पूरा पढ्नुहोस्
हातपात पछि आम्दा अस्पतालको सेवा प्रभावित
धुलाबारी, वैशाख २६ ।मेचीनगर १० स्थित आम्दा मेची अस्पतालका चिकित्सक माथी हातपात भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन । चिकित्सकमाथी हातपात गर्ने ब्यक्तिमाथी कारबाही नगरे अस्पतालको इमरजेन्सी सेवा समेत ठप्प पार्ने चिकित्सकहरुले चेतावनीले दिएका छन । शनिबार बेलुका मेचीनगर ९ का एकै परिवारका ३ जनालाई फुड पोइजन भएर आम्दा मेची अस्पतालमा उपचारका लागि ल्याइएको […]
पूरा पढ्नुहोस्
झापामा थप १५२ जनामा संक्रमण पुष्टि , दुईको निधन
काँकरभिट्टा,२६ वैशाख । झापामा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार थपिएका संक्रमितमा हरूमा १ सय २० जना पिसिआर र ३२ जना एन्टिजेन विधिबाट परिक्षण गर्दा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भने दुई जना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारी अनुसार मेचीनगरमा […]
पूरा पढ्नुहोस्सामूहिक राजीनामा दिनु अपराध हो ःप्रधानमन्त्री ओली
काठमाडौं, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् । ‘के यस्ता क्रियाकलापमा सरिक […]
पूरा पढ्नुहोस्
नेपाल बहुउद्देश्यीय सहकारी संस्था र सानो हाटको सहकार्यमा अनलाईन सपिङ्ग सुरु
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि र बिर्तामोडमा रहेको साना हाट अनलाइन प्रालिले संयुक्त रुपमा झापामा अनलाईन सपिङ्गको सुरु गरेका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि। द्वारा सञ्चालित एनएमसी सहकारी पसल र बिर्तामोडमारहेको साना हाट अनलाइन प्रा।लि।बीच अनलाइन सपिङ गर्न आज दुई पक्षबीच संझौता गरिएको एनएमसी सहकारी पसलका प्रशासनिक प्रमुख नबिन भण्डारीले बताए […]
पूरा पढ्नुहोस्
काँकरभिट्टाका संक्रमित पुरुषको नोवेल अस्पतालमा मृत्यु
मेचीनगर, २६ वैशाख । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण काँकरभिट्टाका एकजना पुरुषको विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएको छ । मेचीनगर–६, काँकरभिट्टा स्थित भानु टोलका ६० वर्षीय पुरुषको शनिबार राति १० वजे नोवेलमा मृत्यु भएको हो ।ज्वरो आएपछि यहि वैशाख २४ गते उपचार लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल लगिएको थियो । सोहि अस्पतालमा उनको पीसीआर […]
पूरा पढ्नुहोस्
काठमाडौँका दीपक वीएण्डसीमा
मेचीनगर, २५ वैशाख । काठमाडौँ लगायत विभिन्न जिल्लाबाट कोरोना संक्रमितहरुलाई उपचारकोलागि झापा स्थित वीएण्डसी अस्पताल ल्याउने क्रमले निरन्तरता पाउन थालेको छ । आज पनि काठमाडौँदेखि कोरोना संक्रमितका विरामी उपचारका लागि एयर अल्टिच्युटको हेलिकप्टरबाट वीएण्डसी अस्पताल ल्याईएको छ । कोरोना संक्रमित काठमाडौँका ५२ वर्षीय दीपक आङ्देम्वेलाई उपचारका लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल ल्याईएको हो ।भेन्टिलेटरसहित आइसियुको […]
पूरा पढ्नुहोस्
झापामा आज १८९ जना संक्रमित, २ को मृत्यु
मेचीनगर, २५ वैशाख । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टका १८९ जना संक्रमित थपिएका छन् । भने संक्रमणबाट २ जनाको मृत्यु भएको छ । । मृत्यु हुनेमा दमक–८ का ८३ वर्षीया महिला र बिर्तामोड नगरपालिका–५ का ६२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । शनिबार ८४ महिलासहित १८९ जनामा कोरोना […]
पूरा पढ्नुहोस्
जंगली सागकोे तरकारी खाँदा मेचीनगरमा एकको मृत्यु
मेचीनगर,२५वैशाख ।जंगली सागकोे तरकारी खाँदा फुड पोइजन भएर मेचीनगरमा शनिबार एक पुरुषको निधन भएको छ । मृत्यु हुनेमा मेचीनगर वडा नम्बर ९ खुट्टिडाँगीका ८२ बर्षीय बृहस्पती सुवेदी रहेको इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।उनको उपचारको क्रममा धुलावारीस्थित आम्दा अस्पतालमा शनिबार अपराह्न्न निधन भएको बताइएको छ ।जंगलबाट टिपेर ल्याएको साग सँग […]
पूरा पढ्नुहोस्
झापामा सिलिन्डर खोज्न प्रहरी परिचालन
झापा, २५ वैशाख । लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न झापामा प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ । मेडिकल बाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले […]
पूरा पढ्नुहोस्