Author: मेची आवाज डेक्स
डाक्टरलाई कोरोना संक्रमण देखिएपछि आम्दा मेची अस्पतालआजबाट सिल गरियो
मेचीनगर, २८ साउन । कार्यरत डाक्टरमा कोरोना पोजेटिभ भएपछि मेचीनगर–१० स्थित आम्दा मेची अस्पताल सिल गरिएको छ । अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरिएको नगरपालिकाले जनाएको छ । हाल ती चिकित्सकलाई व्यवस्थित रुपमा अस्पतालकै माथ्लो तलाको कोठामा आइसोलेसनमा राखिएको छ । नगरपालिकाले विगत १० दिन अघिदेखि आम्दा अस्पतालमा पुगेर उपचार गराउनेहरुको पहिचान गरी पीसीआर परीक्षणका […]
पूरा पढ्नुहोस्
अढाई सयमै गौरीगञ्जबासीको पीसीआर जाँचहुने
गौरीगञ्ज, २८ साउन । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि गौरीगञ्जको उद्योग वाणिज्य संघले गाउँपालिकाका सर्वसाधारणको सशुल्क कोरोना परीक्षण गर्ने भएको छ । संघले इच्छुक जोकोहीले परीक्षण गर्न चाहेमा गराइदिने जनाएको छ । संघका अध्यक्ष मखन महतोका अनुसार कोरोना परीक्षणका लागि सर्वसाधारणले अढाई सय रुपैयाँ र व्यापारीले पाँच सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ । संघले गाउँपालिकाभिका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आज राति १२ वजेदेखि भदौ ३ गतेसम्म लकडाउन
मेचीनगर,२८साउन । समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि मेचीनगरपालिकाले आज राति १२ बजेदेखि आगामी भदौ ३ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाले संक्रमण रोग ऐन २०२० को दफा २ अनुसार एकहप्तालाई लकडाउन गर्ने निर्णय गरिएको मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताए । भोलिदेखि दूध डेरी, सागसब्जी र खाद्यान्नका पसलहरु बिहान ८ देखि १० बजे […]
पूरा पढ्नुहोस्
मेचीनगरमा समुदायमा कोरोना संक्रमण बढ्दो आज चिकित्सकसहित थप चार जनामा संक्रमण पुष्टि
मेचीनगर,२८ साउन । मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिनक्रम बढ्न थालेपछि नगरवासी त्रसीत बनेका छन् । बुधवार मेचीनगरमा दोस्रोपटक समुदायमा कोरोना संक्रमण पुष्टि भएको छ । केहीदिन अघि मेचीनगर १० धुलावारी बजारका १५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसलगत्तै संक्रमित युवाका परिवारसहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकास्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका […]
पूरा पढ्नुहोस्
सुनको मूल्य एकैदिन ६हजार २सय घट्यो
झापा । सुनको मूल्यमा बुधबार भारी गिरावट आएको छ। मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ । […]
पूरा पढ्नुहोस्
रुसले प्रयोगमा ल्यायो कोरोनाको पहिलो खोप
झापा । रुसले कोभिड १९ को संक्रमण रोक्ने स्पुतनिक नाम दिइएको खोपलाई आम प्रयोगमा ल्याएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको नियामक निकायले कोरोनाभाइरस संक्रममणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरिएको बताएका छन् । उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो । पुटिनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध […]
पूरा पढ्नुहोस्
डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
डोटी,२८ साउन । डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं। को बस बुधवार बिहान करिब ५स्३० वजे दुर्घटना भएको हो । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए […]
पूरा पढ्नुहोस्
नेपालीहरुमा आपसी प्रेम र मैत्रीभावना जागृत होस राष्ट्रपति भण्डारी
काठमाडौं,२७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना दिएकी छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना पनि गरेकी छन् । विविध धर्म, संस्कृति, […]
पूरा पढ्नुहोस्
पत्रकार श्रेष्ठको निधन, रामघाटमा आज अन्त्येष्टि गरियो
मेचीनगर, २६ साउन । अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको आज धुलावारीको रामघाटमा श्रद्धाञ्जलि सभासहित अन्त्येष्टि भएको छ । श्रेष्ठको ६४ वर्षको उमेरमा हिजो साँझ पौने ६ बजे निजी निवास धुलावारीमा निधन भएको थियो । उनी लामो समयदेखि दुबै मिर्गौला फेलियर भएर उपचार गराइरहेका थिए । राससमा २९ वर्ष निरन्तर सेवा गरेका श्रेष्ठका पाँच वटा […]
पूरा पढ्नुहोस्