अर्थ

मेचीनगर साकोसको १३ औं वार्षिक साधारणसभा सम्पन्न

धुलाबारी, १९ पुस । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमल काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा असल बचतकर्ता र असल ऋणिसहित २० जनालाई सम्मान गरिएको थियो ।उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि डिल्ली दाहालले नगद, दोसला र सम्मान पत्रले सम्मान गरेका थिए । कार्यक्रममा असल बचतकर्ताको रुपमा फुलवा […]

पूरा पढ्नुहोस्

गृहलक्ष्मी साकोसको साधारण सभामा सम्मान

धुलाबारी । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट कर्मचारी, सल्लाहकार, उत्कृष्ट बचतकर्ता, ऋणि र बालबचतकर्तासहित नौजनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संस्थाका कानुनी सल्लाहकार पदम डाँगी, उत्कृष्ट बचतकर्ता मेचीनगर–१० की फुलमाया तामाङ, मेनपा–९ […]

पूरा पढ्नुहोस्

आधुनिक साकोसको नवौं वार्षिक साधारण सभा सम्पन्न

काँकरभिट्टा । मेचीनगर ६ स्थित आधुनिक बचत तथा ऋण सहकारी संस्था ९आबस० को नवौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।संस्थाको प्रधान कार्यालय काँकरभिट्टामा सम्पन्न साधारण सभाको उद्घाटन मेचीनगर प्रमुख बिमल आचार्यले गरेका थिए । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले सहकारीहरु अब समय सापेक्ष चल्न सक्नु पर्नेमा जोड दिए । आचार्यले विधि, प्रविधिमैत्री […]

पूरा पढ्नुहोस्

मरिच, सुपारी, केराउ र छोकडाको आयातमा रोक लगाएपछि पूर्वी नाकाबाट ती वस्तुको आयात शुन्य , मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित

लक्ष्मी उप्रेती काँकरभिट्टा, २४ मंसिर ÷ नेपाल सरकारले सरकारले मरिच, सुपारी, केराउ र छोकडाको आयातमा तत्कालका लागि रोक लगाएपछि पूर्वी काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्ष २०७७÷ ०७८ को पहिलो चौमासिक अवधिमा ती वस्तुको आयात शुन्य छ । जस्ले गर्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित भएको छ । समुद्रपारका मुलुकबाट नेपाल आयात […]

पूरा पढ्नुहोस्

अव ब्याजदरको अन्तर ५ प्रतिशत कायम हुने

काठमाडौं,१८ मंसिर । मुद्दति निक्षेप र बचत निक्षेपबीचको ब्याजदर अन्तर अव ५ प्रतिशत कायम हुने भएको छ । । चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले मुद्दति र बचतबीचको ब्याजदर अन्तर ५ प्रतिशत तोकेको हो ।पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम ९तरलता० पर्याप्त छ । अधिक तरलता भएपछि […]

पूरा पढ्नुहोस्

लकडाउनपछि काँकरभिट्टा नाका भएर ३२ लाख रुपैयाँबढीको फेस मास्क आयात ,निर्यात शुन्य

लक्ष्मी उप्रेती काँकरभिट्टा, १६ मंसिर ÷ नोवल कोरोना भाइरस कोभिड १९ को महामारीपछि मेची भन्सार कार्यालयले फेस मास्कको व्यपार देखिएकाले तथ्याङ्क राख्न शुरु गरेको छ । भन्सार अधिकारीका अनुसार कोभिड १९ पछि यसको तथ्याङ्क चाहिन्छ भनेरै यो वर्षदेखि छुट्टै एचएस कोड समेत राखिएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाको फेस मास्कको तथ्याङ्क अनुसार नेपालमा लकडाउन […]

पूरा पढ्नुहोस्

धनगढीका चौधरी परिवारलाई गुराँस लाईफ इन्स्योरेन्सले दियो , मृत्युदावी भुक्तानीको १० लाख रकम

झापा,१५ मंसिर । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमकोबीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । कम्पनीले धनगढीका चौधरी परिवारलाई १० लाख ७८ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको हो । २०७५ साल मा पाँच लाख रुपैयाँको जीवन बीमा गरेका ३५ बर्षिय जित बहादुर चौधरीको यसै वर्ष घरमा सरसफाईका लागि पानी मोटर चलाउने क्रममा करेन्ट […]

पूरा पढ्नुहोस्

एनएमसीको चिया किसानभेला सम्पन्न

मेचीनगर,१४ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले चिया किसानहरुको भेला आयोजना गरेको छ । सहकारी संस्थाले आगामी सिजनको सुरुबाटै चिया प्रशोधन सुरुगर्ने भएपछि हरियो चियाको बिषयमा छलफल गर्न किसान भेला आयोजना गरेको हो । एनएमसी चिया उद्योग समितिका संयोजक दिलिप सुब्बाको सभापतित्व तथा सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि […]

पूरा पढ्नुहोस्

नाका खुलाउन माग गदैं सडकमा उत्रिए मेचीनगरका व्यवसायीहरु , विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने उद्घोष

काँकरभिट्टा, १३ मंसिर ÷ पूर्वीनाकालाई सहज बनाउनुपर्ने तथा मेचीनगर —६ स्थित काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने माग गदैं शनिबार काँकरभिट्टामा मेचीनगरका व्यवसायीहरुल प्रदर्शन गरेका छन् । काँकरभिट्टा बसपार्कबाट दिउसो २ बजे विचौलियाहरु होशियार, व्यवसायी बन्दीमा, जनता मरे आर्थिक मन्दीमा, रोगले होइन भोकले मर्यौ, यात्रुहरुमा एकीकृत प्रणाली लागू गर, यात्रु आवगमनमा सहजीकरण गर, बन्द नाका […]

पूरा पढ्नुहोस्

‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा पत्रकार काफ्ले र गौतमले गरे आर्थिक सहयोग

बिर्तामोड ११ मंसीर । नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा झापाका दुई पत्रकारले सहयोग रकम प्रदान गरेका छन् । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहको अक्षयकोषमा साझा मञ्च अनलाईनका सम्पादक गोपाल काफ्ले र आयोमेली डटकमका झापा प्रतिनिधि राजेन्द्र गौतमले सहयोग रकम प्रदान गरेका हुन् । पत्रकार काफ्लेले पाँचहजार एकसय रुपैयाँ बराबरको चेक र […]

पूरा पढ्नुहोस्