अर्थ

मेचीनगर ९को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

लक्ष्मी उप्रेती मेचीनगर,३० साउन ⁄ मेचीनगर नगरपालिकाको वडानम्बर ९ को नवनिर्मित भवनको शुक्रबार विधिवत उद््घाटन गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्र्रमुख मीना पोखरेल उप्रेती तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा एकतले पाच कोेठे पक्की भवनको रिविन काटेर उद्घाटन गर्नुभएकोे थियो । अब उप्रान्त वडाका प्रशासनिकलगायत सवै काम नयाँ भवनबाट सञ्चालन हुने वडाध्यक्ष […]

पूरा पढ्नुहोस्

सुनको मूल्य एकैदिन ६हजार २सय घट्यो

झापा । सुनको मूल्यमा बुधबार भारी गिरावट आएको छ। मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ । […]

पूरा पढ्नुहोस्

एनएमसीको पाँचौँ व्यवसाय चिया उद्योग, आगामी सिजनबाट उद्योग सञ्चालनमा आउने

डम्बर बराल सुरेन्द्रनगर,२६ साउन । नेपाल वहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पाँचौँ व्यवसायको रूपमा चियालाई रोजेको छ । बहुआयामिक व्यवसायमा होमिएको सहकारी संस्थाले यस आर्थिक वर्षबाट तयारी चिया बजारमा पठाउने भएको हो । मेचीनगर ५ स्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले नयाँ आयामको व्यवसाय सञ्चालनलाई […]

पूरा पढ्नुहोस्

कमल गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठि सम्पन्न

कमल । कमल गाउँपालिकाले आर्थिक वर्ष २०७६र०७७ मा सम्पन्न गरेका काम तथा खर्चको समिक्षा गोष्ठि सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको सभापतित्वमा सम्पन्न गोष्ठिमा वडा अध्यक्षले आ आफ्नो वडामा भए गरेका कार्यक्रमको समिक्षा गरीएको थियो । त्यसैगरीविषयगत शाखा प्रमुखले आफ्नो शाखाको तर्फ बाट प्रस्तुत गरिएको प्रतिवेदन माथि समिक्षा गरिएको थियो ।कार्यक्रममा कृषि शाखाको […]

पूरा पढ्नुहोस्

कृषि कर्ममा भविष्य खोज्दै मेचीनगरका दुई बेघा दाजुभाइ

डम्बर बराल धुलाबारी,२०साउन । मेचीनगर ९ मागुरमाडीका दुई बेघा दाजुभाइ यतिखेर धेरैका लागि उदाहरणीय बन्दै गएका छन् । कृषि पेशामा भविष्य छैन भनेर बिदेसिनेहरुका लागि उनीहरु दर्बिलो उदाहरण बन्ने गरेका छन् । आफूले अपनाएको बहुआयामिक कृषि पेशाबाट परिवारको सामान्य आवश्यकता पुरा हुने मात्र होइन उनीहरुले राम्रौसँग बचतसमेत गर्न भ्याएका छन् । दाजु बमबहादुर बेघा यसअघि […]

पूरा पढ्नुहोस्

सागरको उपचारमा चारलाख बढी रुपैयाँ संकलन,समितिले गर्यो हिसाव सार्वजनिक

लक्ष्मी उप्रेती मेचीनगर, १८ साउन ÷ ‘सागर खड्का उपचार सहयोग समिति मेचीनगर ’ ले आइतबार आय—व्याय सावजनिक गरेको छ । झापा मेचीनगर नगरपालिका—९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारमा आर्थिक सहयोग गरिदिन गठन भएको समितिले कुल चारलाख छब्बिस हजार चारसय नब्बे रुपैयाँँ बराबरको हिसाव पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । सागरको उपचारका लागि […]

पूरा पढ्नुहोस्

 सांसद बानियाँद्वारा पार्क उद्घाटन्

कचनकबल । धार्मिक ऐतिहासिक तथा पर्यटकिय क्षेत्र किच्चकवधमा निर्मण सम्पन्न भएको पार्क बिहीबार एक कार्यक्रमका बीच उद्घाटन् गरिएको छ ।८५ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको उक्त पार्कको उद्घाटन् झापा क्षेत्र न।३ का प्रदेश सभा सदस्य बसन्त बानियाँले गरेका हुन । पार्क उद्घाटन गर्दै प्रमुख अतिथि बानियाँले पार्क निर्माणले यस क्षेत्रको बिकासमा थप टेवा पुग्ने […]

पूरा पढ्नुहोस्

सहकारी विकास बोर्डको सदस्यमा उप्रेती

मेचीनगर–नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् सहकारी अभियान्ता रामचन्द्र उप्रेती राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सदस्यपदमा नियुक्त भएका छन् । उप्रेती २०७७ असार २२ को मन्त्रिस्तरीय निर्णयबाट आगामी दुई वर्षका लागि बोर्डको सदस्यमा नियुक्त नियुक्त भएका हुन । उप्रेतीलाई प्रदेश १ को प्रतिनिधित्व हुने गरी नियुक्त गरिएको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । […]

पूरा पढ्नुहोस्

भद्रपुर भन्सार कार्यालयले लक्षित राजस्व भेट्टाएन

लक्ष्मी उप्रेती काँकरभिट्टा, ७ साउन ÷ झण्डैडेढवर्षअघि छोटी भन्सारबाट प्रमुख भन्सार कार्यालयमा स्तरबृद्घि गरिएको भद्रपुर भन्सार कार्यालय वितेको आर्थिक वर्ष २०७६÷२०७७ मा लक्ष्यको अनुपातमा राजस्व असुलीमा असफल भएको छ । २०७५ भदौ १९ गते अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्नुभएको थियो । भन्सार अधिकृत फणिन्द्र खतिवडाले दिएको जानकारी अनुसार अर्थ मन्त्रालय भन्सार […]

पूरा पढ्नुहोस्

मुद्धा लिलामी प्रक्रियाबाट २ करोड रुपैयाँ बढी राजस्व संकलन

लक्ष्मी उप्रेती मेचीनगर, ७ साउन ÷ मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७६÷२०७७ मा दर्ता भएका चोरी पैठारी निकासीका मुद्धा लिलामी प्रक्रियाबाट २ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत भरतराज अधिकारीका अनुसार त्यो वर्ष कार्यालयमा चोरी पैठारी निकासीका ६ करोड १८ लाख ३६ हजार २ सय ८९ […]

पूरा पढ्नुहोस्